समाचार

समस्याको निकास जरूरी

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७३ फाल्गुण १९ बिहिबार | १०:०७

- नगेन्द्रकुमार कर्ण

 समस्याको निकास जरूरी
देश अहिले जटिल मोडको घुम्तीमा उभिएको छ । एकातर्फ संविधान कार्यान्वयन गर्नुपर्ने चुनौती छ भने अर्कोतर्फ संविधान संशोधन गरी देशलाई निकास दिनुपर्ने अवस्था छ । संविधान कार्यान्वयनका लागि संविधान संशोधन गरी चुनाव गराउनु अपरिहार्य छ तर अवस्था हेर्दा सरकारका लागि सजिलो भने देखिएको छैन । ‘गर र मर’को अवस्थालाई सरकारले गम्भीर ढंगले मनन नगरी अगाडी बढ्ने हो भने देश झन् जटिल मोडमा पुगि नचिताएको कुरा नहोला भन्न सकिन्न । 
 
संविधान संशोधन गरी मधेशको माग पुरा गर्ने सहमतिमा यो सरकार बनेको सबैलाई थाहै भएको विषय हो । तर, यो विषयलाई जति सहज रूपमा स्वीकार गरेर माओवादी केन्द्रले सत्तारोहन गर्यो त्यो उनको लागि निल्नु न ओकल्नु बनेको छ । संविधान संशोधन गरेर समस्याको निकास दिन न त स्वयं सरकारलाई सहज भइरहेको छ न त संविधान संशोधन भई चुनावमा जान मधेशवादी दलहरूको आत्माले स्वीकार गरिरहेको छ । 
 
त्यस्तै, पूर्वप्रधानमन्त्री केपी ओलीको वक्तव्य र एमालेको हालको अडानले गर्दा पनि समस्याको निकासमा समय लाग्ने देखिएको छ । यस्तो जटिल मोडमा साँच्चिकै संविधान कार्यान्वयन होला भन्ने शंका राख्नु कुनै पनि अर्थमा गलत होइन । २०७४ माघ मसान्तसम्ममा संघ, प्रदेश र स्थानीय तह गरी तीनटै तहको निर्वाचन गर्नुपर्ने वैधानिक अडचन एकातर्फ सरकारलाई छ भने अर्कोतर्फ विपक्षीको रूपमा रहेको नेकपा एमालेलाई पनि सहमतिमा लिन सरकारलाई गाह्रो भइरहेको छ । 
 
निर्वाचन आयोगले पनि समयमै कानुन बनाएर नदिने हो भने आफूहरूलाई निर्वाचन गराउन झनै मुस्किल हुने बताइरहेको परिप्रेक्ष्यमा जसरी पनि सहमति गरेर जानु सबै दलहरूलाई दबाब परिरहेको छ । संविधान संशोधन र निर्वाचन दुवै कुरा देशको वर्तमान स्थितिमा अनिवार्य देखिएको छ ।
 
एउटा पुरा नभई अर्को गर्नु वा गराउनुको कुनै तुक देखिन्न । यसले झन समस्याको निकास नदिई समस्या बल्झाउने देखिन्छ । तर, विडम्बना भन्नुपर्छ दलहरूमा पहिला संविधान संशोधन कि निर्वाचनको घोषणा भन्ने विषयमा नै सहमति हुन सकेको छैन । जसले दिनप्रतिदिन समस्या निराकरणका लागि अवस्था असहज बन्दै गएको देखिएको छ ।
 
अहिलेको वर्तमान परिस्थितिमा सरकार, विपक्षी र मधेशवादी दलको लडाईमा जसको हार भएपनि नेपाली आमाको हार हुनेमा कुनै दुईमत छैन । तर ती दलहरूबीच मध्यस्थता गर्ने नेपाली काँग्रेसका नेताहरू भने अझैसम्म दोधारे चरित्र देखाउँदै आएका छन् । केही दिन अगाडी मात्रै महोत्तरीको सदरमुकाम जलेश्वर आउनुभएका नेपाल सरकारका गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले मधेशको माग पनि पुरा हुने र निर्वाचन पनि हुने दावी गर्नुभएको थियो । 
 
स्वयं प्रधानमन्त्रीले पनि विभिन्न दलहरूसँग निरन्तर सम्पर्क र छलफल गरिरहनुभएको छ तर त्यो दाबी फगत पानीको फोका देखिएको छ । मात्रै कुराकानीमा सीमित देखिएको छ । बोलाइ र गराईमा भिन्नता देखिएको छ । अहिलेसम्म सरकारले कुनै पनि आशा जगाउने खालको गृहकार्य गरेको देखिएको छैन । सरकार संविधान जारी गरेपछि देशमा लगाएको आगोलाई फेरि चुनाव मात्रै गराउने दाउमा घ्यू हाल्न आतुर देखिएको छ । अहिले पनि सरकार र विपक्षीहरूको मुख्य एजेण्डा संविधान संशोधन बनेको देखिन्न । 
 
पहिलो संशोधनबाटै मधेश, मधेशी, जनजाति, आदिवासी आदिको माग पूरा गराउने दिएको आश्वासन पूरा गर्न नसकेका यी दलहरूले फेरि दोस्रो संशोधन गरी माग पूरा गर्ला भन्ने विश्वास पनि रत्तिभर नभएको अवस्था विद्यमान छ । यद्यपी, मधेशवादी दलहरूले लामो आन्दोलनबाट पनि केही नपाए मधेश र मधेशीले आफूहरूलाई नछाड्ने र शहिदको पनि अपमान हुने सम्झेर आफ्नो अडानबाट टसमस नभएको देखिएको छ । सरकार, विपक्षी, मधेशवादी दलहरू तथा अन्य साना दलहरूको रस्साकस्सीको कारणले अहिलेसम्म समस्याको समाधान नदेखिएको हो ।
 
अँध्यारो रातमा जुनकिरीको उपस्थितिले नै सानो रूपमा भएपनि उज्यालोको आभाष हुने भएकोले पनि पूर्णतः निराशाको अवस्था छैन । आशा र विश्वासमै यो संसार टिकेको छ । यदि यस्तो नभएको भए यो संसार नै सबैका लागि कोलाहलयुक्त र निरास हुन्थ्यो । तर, संसार भने यस्तो छैन । यहाँ सुख पनि छ, दुःख पनि छ । राम्रो पनि छ र नराम्रो पनि छ । 
 
हालै सरकारले स्थानीय तहको निर्वाचन पुरानो संरचनाअनुसार गर्ने कि नयाँ संरचना अनुसार गर्ने विवाद र बहसलाई टुँगो लगाएको छ । नेपाली काँग्रेसले स्थानीय निकायको (पुरानो संरचना) निर्वाचन गर्नुपर्ने भनिरहेको सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनको प्रमाणीकरण गर्नुभई स्थानीय तह (नयाँ संरचना) को निर्वाचन हुने पक्कापक्की भएको छ । यद्यपी स्थानीय निकायको विवाद अहिले पनि साम्य नभएको अवस्थामा यसमा केही व्यवधानहरू आउने पक्का छ । 
 
निर्वाचन आयोगले पनि पटक पटक निर्वाचनको सबै कानुन बनिसकेपछि पनि कम्तीमा निर्वाचनका लागि तीन महिनाको समय आवश्यक पर्ने बताइरहेको छ । तर पनि अहिलेसम्म निर्वाचनसम्म कानुनहरू पूर्णतः बनिसकेको छैन भने सीमांकनको समस्यालाई मधेशवादी दलहरूले पनि स्वीकार नगरेको अवस्था छ । यसले पनि समस्यालाई अझ बल्झाएको छ । विवादको चुरो अहिले मुख्य रूपमा पहिला संविधान संशोधन कि निर्वाचनको मिति घोषणामा अल्झेको छ ।
 
मधेशवादी दलहरू पहिला संविधान संशोधन गरौं अनि त्यसपछि निर्वाचनको मिति घोषणा गराउने पक्षमा छन् भने एमाले पहिला निर्वाचनको मिति घोषणा गर्ने पक्षमा । यसले झन् सहमतिलाई धकेल्दै लगेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई यदि संविधान संशोधन नै नगरी निर्वाचनको मिति घोषणा गरिए आफूहरूसँग सम्बन्ध विच्छेद हुने धम्की समेत दिइसकेकोमा पनि सरकार के गर्ने नगर्ने दोधारमा छन् भने एमालेले यो सरकारलाई फिर्ता गर्नुपर्ने अडान राखेको छ । जुँगाको लडाई मात्रै छ । गोरूको जुधाई बाच्छाको मिचाईमा सरकार परेको छ । संविधान संशोधन गरौं मुख्य विपक्षी एमाले मान्दैनन् । पहिला निर्वाचन मिति तोकौं मधेशवादी दलहरू फेरि आन्दोलन गर्लान् भन्ने डर सरकारलाई छ । त्यसैले पनि अहिलेसम्म समस्याको गाँठो खुल्न सकेको छैन । 
 
संविधान संशोधनसहित मधेशी, आदिवासी, जनजाति लगायतका समस्या समाधानको मुख्य एजेण्डासहित प्रचण्ड नेतृत्वको सरकारको निर्माण भएको हो । यसभन्दा पछाडी जान सक्ने अवस्था सरकारको छैन । एमालेको सहयोग र समर्थन विना संविधान संशोधन हुन नसक्ने अवस्था छ । त्यसैले पनि सबैको साथ र सहयोगको अपेक्षा सरकारले गरिरहेको छ । तर अवस्थालाई हेर्दा भने यति चाँडै समाधान होला भन्न सकिने अवस्था छैन । जसरी अन्तरिम संविधानले पनि ६ महिना भित्रै निर्वाचन गराउनुपर्ने बाध्यता गरेको थियो तर दुईपल्ट समय बढाएर दुई वर्षमा निर्वाचन गरियो यसरी नै यसपालि नहोला भन्ने शंका गर्ने ठाउँ छ र यस्तो भन्नु अलि हतार नै होला । 
 
यद्यपी त्यस्तो गरियो भने यो संविधानको औचित्य माथि नै प्रश्न उठ्ने छ र यसको जवाफ दिन पनि सहज हुने छैन । त्यसैले पनि सरकारले सबैको सहमतिमा सम्भव छ भने एकैदिनमा संविधान संशोधनको प्रस्ताव र निर्वाचन मितिको प्रस्ताव लाने हो भने दलहरूबीच मिलनविन्दु बन्न सक्छ । तर, जे जस्तो अवस्था भएपनि तीनवटा निर्वाचन गर्नुपर्ने बाध्यता रहेकोले सरकारले समयमै समस्याको निकास दिन जरूरी छ । (मधेश दर्पण फिचर सेवा)
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

काँग्रेसलाई नै मत किन ?

काँग्रेसलाई नै मत किन ?

गौतमवुद्ध पछि सबैभन्दा बढि अक्षरहरुद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दुरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली कांगे्रसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रता लगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरु निष्कर्षमा टुंगिएका छन् । नेपालको आधुनिक इतिहास ...

जानकारी

ट्वीटर

English News

CPN-MC Chair Dahal wins in Chitwan-3

CPN-MC Chair Dahal wins in Chitwan-3

Chitwan, Dec 11 . CPN-Maoist Centre Chairperson Pusha Kamal Dahal 'Prachanda' has been elected as a member of the House of Representatives from Chitwan constituency-3.  Dahal secured 48,273 votes against his nearest contender Bikram Pandey of ...

Victory is both mandate and challenge: Chairman Dahal

Victory is both mandate and challenge: Chairman Dahal

Chitwan, Dec 12 : Chairman of the CPN (Maoist Centre) Pushpa Kamal Dahal has said the nationwide victory of the leftist alliance was both the people's mandate and challenge.  Talking to journalists here this morning, the ...

New govt utilizes science and technology for country's development: Chair Oli

New govt utilizes science and technology for country's development: Chair Oli

Bhadrapur, Dec 11  . CPN (UML) Chairman KP Sharma Oli has said the new government would utilize the science and technology for the development and prosperity of the country.  Chairman Oli, who has been elected as ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

भक्तपुरका विजयी नेतालाई बधाई दिदै ओलीले भने “सरकारले केही गरेन, अब त्रिपाल खोज्नु पर्ने भो”

भक्तपुरका विजयी नेतालाई बधाई दिदै ओलीले भने “सरकारले केही गरेन, अब त्रिपाल खोज्नु पर्ने भो”

भक्तपुर, २५ मंसिर । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही काम गर्न नसकेको बताउँदै प्रदेश सभा बोलाउन त्रिपाल खोज्नु पर्ने अबस्था आएको बताउनु भएको छ । आज बालकोट स्थित ओली निवासमा ...

डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी

डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी

डोटी, २५ मंसिर । प्रतिनिधिसभाका लागि एक सिट मात्रै रहेको डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी हुनुभएको छ ।  आले मगर निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई एक हजार ६३२ ...

समानुपातिक मतमा माओवादीको अग्रता

समानुपातिक मतमा माओवादीको अग्रता

जुम्ला, २५ मंसिर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ ।  शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न ...

बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

बर्दिवास, २५ मंसिर । महोत्तरी जिल्लामा तीनवटा प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको छ ।  आइतबार अबेर राति महोत्तरी–१ को क, महोत्तरी–२ को क र महोत्तरी ४ को क प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको ...

तेह्रथुममा वाम गठबन्धनको एकलौटी जित

तेह्रथुममा वाम गठबन्धनको एकलौटी जित

तेह्रथुम, २५ मंसिर । तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले जित हासिल गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा (एमाले)का उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ एमालेका भवानीप्रसाद ...