समाचार

तराई–मधेशमा कृषि अभियान आवश्यक

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ बैशाख ६ बुधबार | ११:५२

- श्रीभगवान ठाकुर

तराई–मधेशमा कृषि अभियान आवश्यक
नेपालको दुई तिहाई जति जनसंख्या रोजगारी तथा जीविकाका लागि कृषि क्षेत्रमा निर्भर रहेको भनिए तापनि कूल ग्रार्हस्थ उत्पादनमा कृषिक्षेत्रको योगदान करिब एक तिहाई मात्र रहेको छ । नेपालको २३ प्रतिशत क्षेत्रफल रहेको तराई–मधेशको भूभागमा आधीभन्दा बढी जनसंख्या रहेका बसोबास जहाँ कृषि, पशुपन्छी, मत्स्यपालन लगायत अपार सम्भावना रहेको छ । तथापि देशमा लाखौंको संख्यामा युवाहरू विदेशिने, खाद्य संकट, कुपोषण, गरिबी, खाद्यान्नमा रकम विदेशिने जस्ता जटिल समस्याहरू गुज्रिरहको अवस्था रहेको छ ।
 
तराई–मधेशको समतल भूभाग, अधिकांश भूमि उर्वर, जमीनमा माटो गहिराई, धेरै नदीनाला, भूमिगत जल तथा जलाशय भएको, सजिलै सिंचाई गर्न सकिने, मौसममा विविधता भएको, ठूलो परिमाणमा उत्पादन गर्न सकिने, ठुल्ठूला मसिन उपकरण एवं प्रविधि प्रयोग, सजिलो यातायातले ओसार पसार, प्रशोधन, भण्डारण गर्न सकिनुका साथै प्रशस्त जनशक्तिको परिचालन गरी वर्षैभरि विभिन्न थरीका वस्तु कम लागतमा उत्पादन लिन सकिने जस्ता विषेशता हुन् । यति ठूलो संभावनाका वावजुद देशमा तराई मधेशप्रति समय समयमा भएको विभेदपूर्ण नीतिगत, संस्थागत तथा प्रक्रियागत व्यवस्थाबाट कृषि, पशुपन्छी, मत्स्य आदि अपेक्षित रूपमा प्रतिफल हासिल गर्न सकेको छैन । फलस्वरूप देशमा चरम गरिबी, बेरोजगारी, खाद्य संकट, उत्पादनशील युवाहरू विदेश पलायन, शहरमूखी बसाईसराइ, स्थानीय द्वन्द्वका साथै सामाजिक सदभाव पनि खलबलिएको छ ।
 
खाद्यान्न उत्पादनमा कुल क्षेत्रफलको ७० प्रतिशत धानबाट ७१ प्रतिशत उत्पादन र ५८ प्रतिशत गहुँबाट ६५ प्रतिशत उत्पादन भएको २०७१÷७२ को तथ्याँकबाट देखिन्छ । त्यस्तै दलहन बालीमा नेपालको मसुरोको ९५ प्रतिशत क्षेत्रफलबाट ९५ प्रतिशत नै उत्पादन हुन्छ भने चनाको ७३ प्रतिशत क्षेत्रफलबाट ७८ प्रतिशत नै उत्पादन र अरहरको पनि ९७ प्रतिशत क्षेत्रफलबाट ९७ प्रतिशत नै उत्पादन हुने गर्दछ ।
 
बदलिँदो परिस्थितिमा सामाजिक न्याय तथा समानताको सिद्धान्तमा मौलिक तथा संवैधानिक हकसमेतमा प्रत्याभूत हुने गरी आर्थिक समृद्धिको प्रमूख अव्यवको रूपमा कृषिलाई अंगिकार गर्नु तराई–मधेशको विकासको मूलमन्त्र हुन सक्दछ । विभिन्न प्राकृतिक तथा अन्य अवरोधका बावजुद उत्पादनमा आत्मनिर्भर बनाउन कृषिलाई व्यापक व्यवसायीकरण तथा आधुनिकीकरण गर्न आवश्यक देखिन्छ । तराई मधेशको हरेक संभावनालाई दृष्टिगत गरी अन्नबालीमा धान, गहुँ र मकै, दलहनमा मसुर, अरहर, चना, केराउ, मूग र मास, तेलहनमा तोरी, सूर्यमूखी, बदाम, तिल र कुसुम, विभिन्न नगदे तरकारी बालीमा आलु, प्याज, लसुन, टमाटर, खुर्सानी, उँखु, सूर्ती, कपास, जुट आदिका साथै र फलफूलमा आँप, लिची, कटहर, केरा, अम्बा, मेवा, सोहजन, अनार तथा विभिन्न किसिमका फूलहरूको उत्पादनमा जोड दिनु आवश्यक देखिन्छ । त्यस्तै तराई मधेशको अति उत्पादनशील मत्स्यपालन, पशुपन्छी पालनमा गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा, परेवा, हाँस पालनलाई महत्वका साथ दूध, अंडा तथा मासु उत्पादनमा प्रवद्र्धन गर्नु पर्ने हुन्छ । विभिन्न नदीको बगर, नहर, सार्वजनिक जग्गा तथा जंगलमा नगदे बाली तथा जडीबुटी उत्पादन, कृषिमा आधारित उद्योग धन्दा एवं कृषि पर्यटन समेतको प्रर्वद्धन गर्न सकिन्छ ।
 
कृषिलाई मर्यादित, नाफामूखी, यूवा तथा महिलामैत्री बनाउन कृषकहरूको समूह, सहकारी, संगठन तथा निजि क्षेत्रको माध्यमबाट माटो परीक्षण, चक्लाबन्दी, माटो सुहाँदो बाली छनौट, समुचित सिंचाई, स्थानीय बीउ वा नश्लको संरक्षण, उन्नत बीउ वा नश्लको प्रयोग, उन्नत प्रविधि तथा औजार उपकरणको प्रयोग, जैविक मल तथा उन्नत मल तथा बाली संरक्षणका प्रयोगको व्यवस्थाको लागि आवश्यक पहल गरिने छ । साथै सहुलियत बैंक कर्जा, सरल बंैकिग, कृषि तथा पशु पन्छी विमा, वृहत भंडारण, कृषकमुखी बजार व्यवस्था, बजार सूचना, मूल्य श्रृंख्ला पद्धति, आधुनिक सूचना तथा प्रविधि, कृषकको प्रोत्साहन, कृषि निवृतिभरण, कृषक परिचयपत्र, सहुलियत कृषि कर प्रणाली, भूमि बैंक, खाद्यान्न बैंक, बीउ बैंक, श्रोत केन्द्र, शुन्य बाँझो जग्गा, स्थानीय परम्परागत शीप कौशलको जर्गेना, जैविक उत्पादन, संघीय उत्पादन साटासाट, संघीय प्राकृतिक श्रोत साधनहरूको समुचित साटासाट, उत्पादन तथा उपभोग विविधिकरण, कृषि शिक्षा, अनुसंधान तथा विकास, कृषि पशुपन्छी तथा मत्स्य महाविद्यालय, औपचारिक अनौपचारिक तालिम, कृषि जनशक्ति उत्पादन, विकास तथा आपूर्ति, घर गाउँ प्राविधिक सेवा, उद्योगधन्दा, व्यवसाय आदिको माध्ययमबाट कृषिमा व्यवसायीकरण तथा आधुनिकिकरण गरी तराई–मधेशमा फडको मार्न दिगो कृषि विकासको अवधारणालाई सरकारलाई नीति, योजना तथा कार्यक्रममा समावेश एवं बजेट विनियोजन गर्न सहकार्य, समन्वय, वकालत, राय सुझाव तथा कार्यान्वयनमा जोड दिइने छ ।  
 
अतः यी सबै कुरालाई मनन गरी राजनीतिक विराम पछि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक वर्ग, कृषक तथा कृषिसँग आवद्ध युवा, समुदाय, समूह सहकारी, अगुवा, व्यापारी, उद्योगी, संचार जगत, आदिले तराई मधेश बनाउने अभियानमा लाग्यो भने तराई मधेश गरिबी, पछौटेपन र विपन्नताबाट समृद्धि तर्फ लाग्ने विश्वास लागेको छ । अरूले भन्ने गरेका तराई मधेशको खर्चको आर्थिक भार तराई मधेशले धान्नै सक्दैन र कुनै सन्दर्भमा भनिएका तराई मधेशका प्रदेशहरू जानकी मन्दिरको भेटीबाट चल्दैन भन्ने तथ्यहरू अर्थहीन सावित हुने छ । आशा गरौं नयाँ वर्ष २०७४ संगै देशको राजनीतिक विवाद समाधान भई नयाँ नेपालको दिशातिर उन्मुख भई विश्वको दिगो विकास लक्ष्य प्राप्ति समेतमा समृृद्धिको बाटोमा लाग्ने समेत अपेक्षा गरिन्छ । (लेखकले कृषिमा पीएचडी गरेका छन् ।) (मधेश दर्पण फिचर सेवा)
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

नेपालमा गरीबीको बहस

नेपालमा गरीबीको बहस

  नेपालको संविधान २०७२ ले कुनै पनि नेपाली जनता आर्थिक, सामाजिक, राजनीतिक तथा भौगोलिक कारणले विभेद, शोषण तथा अपहेलनामा नपरुन् भन्ने मर्मलाई आत्मसात गरेको छ । लोकतान्त्रिक प्रणाली र पद्दति सहितको समतामूलक, शान्त र समृद्ध समाज ...

जानकारी

ट्वीटर

English News

Change in government size will not affect election: CEC Yadav

Change in government size will not affect election: CEC Yadav

Dhulikhel, Oct 16 . Chief Election Commissioner (CEC) Dr Ayodhee Prasad Yadav has said the recent expansion of the Cabinet would not cause any impact on the elections going to be held late this year.    Talking ...

None can escape from responsibility of election, says Maoist Centre chair

None can escape from responsibility of election, says Maoist Centre chair

Kathmandu, Oct 16 . CPN (Maoist Centre) Chair Pushpa Kamal Dahal 'Prachanda' has asserted that no one can escape from the responsibility of holding the elections.  The Nepali Congress (NC) and the Maoist Centre had signed ...

Forum Nepal will not stay in Democratic Alliance, says Chair Yadav

Forum Nepal will not stay in Democratic Alliance, says Chair Yadav

Biratnagar, Oct 16 .Chairman of the Federal Socialist Forum Nepal, Upendra Yadav, has said that his party does not want to remain in the Nepali Congress-led Democratic Alliance.  Talking to media persons at Biratnagar Airport today, ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकपुरधाम, ५ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँगे्रसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।  उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ ...

फिचर

ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

कञ्चनपुर, ३ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा लामबद्ध भएर लाइनमा बस्नु नपर्ने भएको छ । ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलाले पाएका सास्तीलाई मध्यनजर गर्दै नगरपालिकाले वडामा नै बैंकका ...

सीमावर्ती भारतीय शहरमा चितवनको प्रचारप्रसार गरिने

सीमावर्ती भारतीय शहरमा चितवनको प्रचारप्रसार गरिने

चितवन, ३ कात्तिक । मुलुकको तेस्रो ठूलो पर्यटकीय गन्तव्य सौराहाका व्यवसायीले मित्रराष्ट्र भारतसँग सीमा जोडिएका शहरमा यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्ने भएका छन् । भूकम्प, नाकाबन्दी हँुदै नारायणगढ–मुग्लिन सडकका कारण पर्यटन व्यवसाय खस्किएपछि सीमा ...

निर्वाचनका लागि चुनावी अभियानमा जुटे बैतडीका राजनीतिक दल

 निर्वाचनका लागि चुनावी अभियानमा जुटे बैतडीका राजनीतिक दल

बैतडी, ३ कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीका राजनीतिक दल उम्मेदवार सिफारिशसँगै चुनावी प्रचारप्रसारमा जुटेका छन् ।  बैतडीमा प्रमुख चार दलले उम्मेदवार सिफारिश गरेसँगै चुनावी अभियानलाई पनि जारी राखेका ...

मोरङको बेलबारी नगरपालिकामा मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु

मोरङको बेलबारी नगरपालिकामा मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु

उर्लाबारी, मोरङ, ३ कात्तिक । मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको स ४ प ८२२१ नंको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ८२ वषीय लक्ष्मण ...

जंगली हात्तीको बथानले कञ्चनपुरको बेलडाँडी गाउँपालिका मा घर भत्कायो

जंगली हात्तीको बथानले  कञ्चनपुरको बेलडाँडी गाउँपालिका मा घर भत्कायो

कञ्चनपुर, ३ कात्तिक । जंगली हात्तीको बथानले बुधबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको घर भत्काउनुका साथै घरभित्र ...