समाचार

मधेशवादीका अवसर तथा चुनौती

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ बैशाख ९ शनिबार | १४:१२

एकीकरणले मधेशमा नयाँ उत्साह, उमंग र उर्जा प्रवाहित

- नित्यानन्द मण्डल

मधेशवादीका अवसर तथा चुनौती
सधैभरि फुट्ने, जुट्ने फेरी टुट्ने अनि जुट्ने आरोप खेप्दै आएका ६ वटा मधेश केन्द्रित दल गएको विहिबार पार्टी एकीकरणको घोषणा गरेलगत्तै राजनीति वृत्तमा नयाँ हलचल मच्चियो । एकीकृत पार्टीको न्वारन पनि गरियो — राष्ट्रिय जनता पार्टी । जन्मसंगै विवादित हुन पुग्यो उक्त नाम । यिनै प्रसंग र सन्दर्भलाई लिएर यतिखेर सामाजिक सञ्जालदेखि लिएर मधेशका गाउ सहरसम्म सर्वत्र चर्चा परिचर्चा चलिरहेको छ । यससंगै पहाड केन्द्रित साना दलहरु पनि एक अर्कामा विलय हुने गरेको पाइएको छ । यसैवीच पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम वीच पनि एकीकरण हुन लागेको खबरले राजनीतिक सरगर्मी झनै बढेको पाइन्छ । मन्हथ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी,राजेन्द्र महतो नेतृत्वको सदभावना पाटीर्, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र राय अध्यक्ष रहेको तराई मधेश सदभावना पार्टी, राजकिशोर यादव अध्यक्ष रहेको मधेश जनअधिकार फोरम (गणतान्त्रिक), अनिल कुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी  मिलेर नयाँ पार्टी गठन गरिएको हो । यस एकीकरणले मधेशमा नयाँ उत्साह, उमंग र उर्जा प्रवाहित भएको छ । 
 
संविधान कार्यान्वयन नहुनु,ु अनि १९ वर्ष पछि हुन लागेको स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा भएको पार्टी एकीकरण, मुल पार्टीबाट कार्यकर्ताको परित्याग, मिडियाकर्मीद्वारा पार्टी निर्माण लगायतका प्रसंगले अनेकन् सवाल पनि एकैसाथ जन्माएका छन् । मधेशवादी दलहरु एकैसाथ चुनाव लडेको भए गएको संविधान सभाको निर्वाचनमा परिणाम फलदायी हुने थियो र एकीकरणको विकल्प नभएको आम मधेशीजनको चाहना बुझेर नै यी पार्टीहरुको एकीकरण गरिएको हो त ? थ्रेसहोल्डको व्यवस्थाले गर्दा उनीहरुलाई एकीकृत हुन बाध्य तुल्याएको हो की ?  
पहिचानवादी मधेश केन्द्रित अधिकारकर्मीहरुको समन्वयकारी भूमिकाले यो एकीकरण भएको हो की ? लगायतका सवालहरुको सहज जवाफ खोज्नु पक्कै पनि सहज छैन । यद्दपि, यसै सेरोफेरोमा रहेर एकीकरण गरिएको हो भने ठम्यार्ई अनुचित भन्न सकिन्न । 
 
नेपालकै समग्र राजनीति परिदृश्यलाई नियाल्ने हो भने यी तथ्यहरु स्वतः सिद्ध भईहाल्छ । र , यस घनचक्करबाट मधेशकेन्द्रित दलहरु पनि अछुतो रहन सकेन । बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि धेरै दलहरु खुले, प्रतिबन्धित दलहरु माथिको प्रतिबन्ध हट्यो, त्यति हो । स्वच्छ, उन्मुक्तिको यस वातावरणमा बहुदलीय गणतन्त्रको नाम सुन्ने वित्तिकै पुत्र शोक मनाउने नेताहरु दल खोल्न तछाड मछाड गर्न थाले । सार्वभौम सत्ता, जनताको समग्र अधिकार, मानवअधिकार, कार्यकारिणी अधिकार सबै राजामा जानु पर्छ भन्ने कुराको वकालत गर्ने मात्र गर्ने होइन् आफ्नो ज्यानको पनि आहुति दिने बुद्धिजीवि तथा नेताहरु अधिकारको प्रयोग गरेर मानवअधिकार विरोधी कलंकित छविलाई पखाल्न प्रयास पनि गरे । कतिले पार्टी खोले त कति अरु पार्टीमा आवद्ध भए । यसरी पार्टी एकीकरण र पार्टी पृथकीकरणको सिलशिला सुरु भयो । धेरै कम्यूनिष्ट समूहहरु मिलेर नेकपा एमाले बन्यो । जेठा पञ्चहरुले राप्रपा खोले, माईला पञ्चहरु कांग्रेसमा प्रवेश गरे, काँईला कान्छाहरु अन्य कम्यूनिष्ट समूहमा गए, अन्तरे जन्तरेहरु स्वतन्त्र भए ।
 
मनले कांग्रेस हुन नसक्ने, वर्गले कम्यूनिष्ट हुन मन नपराउने र बदनामीको डरले राप्रपा हुन नचाहने मधेशका केहि मधेश भक्त बुद्धिजीवि, राजनीतिककर्मीहरु, उत्पिडित र अपहेलित कर्मचारीहरु एकजुट भएर मधेशका विकास र मधेशी पहिचानका लागि सदभावना पार्टी खोले । पहिलो आम निर्वाचन पछि संसदमा कांग्रेस, एमाले, जनमोर्चा, सदभावना, चन्द्र र थापाको राप्रपा, नेमकिपा र केहि स्वतन्त्रहरुको प्रवेश भयो । तर दूर्भाग्य दोस्रो आम निर्वाचन आउँदा नआउँदैँ पार्टी भित्र अन्तर प्रजातन्त्र र एकीकरणको भावना तथा प्रक्रिया बढ्नुको सट्टा हैकम र पृथकीकरण सुरु भयो । जुटेको राप्रपा फुट्यो । फुट्नुमा शक्ति खोज्ने माले एमालेबाट  फुट्यो । तेस्रो आम निर्वाचन पछि त फुटको गर्भ बोकेको कांग्रेस पनि फुट्यो । नेसपा पनि दुई चिरामा विभक्त नभई छाडेन ।
 
फुट्नेहरु किन फुटे भन्ने पक्षमा लामो समयसम्म आफ्नो तर्क र औचित्यलाई उनीहरुले बढाउनु सकेन । केहि दिन जनतालाई दिक्याए । कार्यकर्तालाई अल्मलाए, बुद्धिजीविलाई हँसाए र आफु रमाए । आफैँभित्र नवचेतनाको अवतरण कार्यकर्ताहरुको दवाव र जनताबाट पाएका उपहासले गर्दा पार्टी एकीकरण पट्टी लागे । यि नै फेहरिस्तसँगै मधेश केन्द्रित दलहरुको कित्ता विभाजन, गुट उपगुट, असन्तुष्टि र आक्रोश पनि पृथक छैन् । आखिर मधेश केन्द्रित दलहरु पनि स्वभावतः नेपाली राजनीतिको एक अह्म महत्वपूर्ण हिस्सा भएकाले फुट्ने, टुट्न् अनि जुट्ने क्रम जारी नै रह्र्रयो । जनआन्दोलन दुई, मधेश आन्दोलन एक र दुईको जगमा मधेशवादी दलहरु गणतन्त्र स्थापना भएसंगै खोलिएका हुन् । दुईवटा संविधानसभाको चुनाव, साना ठुला तीन वटा आन्दोलन पनि थालेका मधेशवादी दलहरु एक ढिक्का भएपछि सहमतिको संस्कार नेपाली राजनीतिमा विकसित भएको भान हुन्छ । 
 
पहिलो संविधान सभामा राम्रै हैसियतमा रहेका मधेशवादी दलहरुको स्थिति दोस्रो संविधानसभामा नाजुक देखियो । यतिखेर ६ वटा मधेश केन्द्रित दलहरु एक जुट भएपछि दलको सांसद संख्या २५ पुगेको छ । कांग्रेसबाट अलग भएर महन्थ ठाकुरले तमलोपा खोले भने विजय गच्छेदार, जेपी गुप्ताहरु तत्कालिन उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा सामेल भएका भएका थिए । त्यतिबेलादेखि नै केहि वर्षमै पार्टी फुट्ने क्रम सुरु भयो । तत्कालिन समयमा गिरिजा प्रसाद कोइरालाले नै काँग्रेसका प्रभावशाली मधेशी नेताहरुलाई मधेश केन्द्रित दलमा पठाएको अथ्र्याउनेहरुको पनि यहाँ कमि छैन् । मधेशमा  एउटा भनाई सघन रुप लिदै गए — फौरम् अर्थात् मधेश केन्द्रित नेताहरु पार्टी फुटाउने कार्य मात्र गर्दछन् भन्ने उपाहासका पात्र बने । सद्भावना त ९ चिरामै विभक्त भए । यति हुँदाहँुदै उपेन्द्र यादवले पहाडका पनि उत्पिडित जातजाति, आदिवासी तथा जनजातिलाई समेट्दै  एमालेबाट अलग भएका अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीलाई संमायोजन गर्दै संघीय समाजवादी फोरम नेपाल हुँदै अहिले आएर माओवादीबाट अलग भएका डा. भट्टराई नेतृत्वको नयाँ शक्तिसंग पनि मिल्ने छाँटकाटको पनि व्यापक प्रसार छ ।
 
एकीकृत भएका मधेश केन्द्रित दलको काँधमा अवसर र चुनौति दुवै एकसाथ थपिदै गएको छ । मधेशमा एउटा कथन ज्यादैँ नै लोकप्रिय छ, “मन न रंगाए, रंगाए जोगी कपडा” मधेशवादी दलहरुको एकीकरण साच्चिकै सैद्धान्तिक, वैज्ञानिक राजनीतिक अवधारणाको आवरणमा भएको हो की थ्रेस होल्ड, भारतीय ईसारा, आफ्नो हैसिएतको अवगत, जनताको दवाव र कार्यकर्ताको प्रभावले भएको हो भन्ने सवालहरुको समुचित समाधान खोज्दै अघि बढ्न सक्नु नै मधेशवादी दलको प्रारम्भिक चुनौति हुन सक्दछ भन्ने जिल्ला र सदरमुकामका प्रमुख चौक तथा अनि सामाजिक सञ्जालमा मात्र मधेशका डिस्कोर्सलाई केन्द्रित नगरी जिल्ला तथा गाउँका वडासम्म आफ्नो संगठनको विस्तार गर्नु अर्को चुनौति हुन सक्दछ  । कार्यकर्ताको स्वाभिमान, योग्यता, क्षमता तथा प्रभावको आधारमा उचित व्यवस्थापन, पदभार वितरण तथा हरेक क्षेत्रका पिँध सम्म पार्टीको निर्णय कार्यान्वयन गराउनु अर्को एक महत्वपूर्ण चुनौति हो, नेतृत्वलाई ।यस्तै जातिय माईजनहरुको पार्टी भएको आरोप खेप्दै आएका ती दलहरुले नेतृत्व भित्र सन्तुलन गर्नु सक्नु पनि अर्काे चुनौति नै हो । 
 
वस्तुतः वर्तमानमा देशमा संकटका ऐतिहासिक कारणहरु धेरै होलान् । तर तत्काल सवभन्दा प्रज्वलित समस्या मधेशवादीले उठाउँदै आएका संविधान संशोधन, यिनीहरुसंग पूर्ववर्ती सरकारहरुले गरेको सम्झौता र सहमतिको कार्यान्वयन, माओवादीको राजनीतिक सैद्धान्तिक सवाल लगायतका समसामयिक मुद्दाहरुको सामाधान खोज्नु नै उनीहरुका लागि श्रेयस्कर हुनेछ ।
 
एकीकृत भएका पार्टीका आफ्ना अल्पकालिन, दिर्घकालिन स्वच्छ नीतिहरु, सरकारमा जान र बस्न नेताहरुको कुत्सित मनोवृत्तिहरु, एकल पार्टीको एकमाना सरकार चलाउन नसक्ने कांग्रेसी अहंकार र चरित्र यथावत रहेकै अवस्थामा तीन खुट्टे सरकारमा वरियता क्रमको विवादले राजनीति झनै पेचिलो बन्दै गएको बेला ती दलहरु एकीकृत भएका हुन् । मन्त्री कर्मचारीको भ्रष्टाचार, सडक र सिचाईसंग जोडिएका समस्या, विकास निर्माणका समस्या, दलित जनजाति आदिवासी महिला र मधेशसंग जोडिएका समस्या, अन्तर्राष्ट्रिय सन्तुलित सम्बन्ध, नागरिकता लगायतका विषयहरुलाई यी दलहरुले साझा सवालको रुपमा लिनुपर्ने हो ।
 
वैशाख ३१ गते हुन लागेको निर्वाचनमा ती पार्टीहरुको सहभागिता, टिकट बाँडफाँड, जीतको सुनिश्चितता आदि सामयिक मुद्दाहरुमा पनि उनीहरुले गम्भिरतापूर्वक सोच्नुपर्ने बेला भएको छ । किनभने कांग्रेस र एमालेले अहिलेपनि स्थानीय तहमा पाका पुराना पञ्च, मुखिया, सालसिमानका पञ्चैती गर्ने मृत्यूलाई पर्खि बसेकाहरुलाई चुनावी मैदानमा उतार्ने कसरत गरिरहेकाले समयानूकुल संविधान प्रदत्त अधिकारको सही उपयोग गर्ने राजनैतिक सामाजिक, तथा आर्थिक विषयमा नयाँ चेत पलाएका उम्मेदवारहरुलाई मधेशवादी दलहरुले टिकट दिनु पार्टीको हितमा मात्रै होइन, समग्र मधेशकै भविष्य निर्धारण गर्नेछ । होइन भने सरकारमा नहुदाँ सडकमा देखिने, पार्टी कार्यालय पनि खोल्न नसक्ने तितो यथार्थलाई अस्वीकार्य गर्न सकिँदैन् । व्यक्तिगत टकराव र गुटगत अस्तित्वलाई विगतमा झैँ अहिले पनि कायमै राख्ने हो भने लैनचौरको पोल्टामा नवगठित पार्टीलाई पुर्याउन बेर लाग्ने छैन भन्ने पनि बुझ्न उत्तिकै जरुरी छ । त्यसैले कार्यकर्ताको मूल्याङ्न आत्म समिक्षा गर्दै जनता, गणतन्त्र, समावेशिता, संघीयताको लागि के परिणाम ल्याउँने हो भने तथ्य तर्फ पनि अग्रसर हुनु जरुरी देखिएको छ । 
 
यसरी विभिन्न पार्टीबाट चोइटिएर एक ढिक्का भएको पार्टी कति दिनसम्म टिक्ला भन्ने प्रश्न मधेशको चिया पसलहरुमा बहसको विषय बनेको छ । लोकतन्त्रमा पार्टी बन्नु र पार्टी विलिन हुनु अप्राकृतिक, अराजनीतिक, अस्वाभाविक, अप्रजातान्त्रिक पक्कै पनि होइन । दर्शन सिद्धान्त, उद्देश्य, राजनीतिक दिशा, रणनीतिक कार्यनीति, कार्यक्रम, कार्यशैली आदिको आधारमा पार्टी निर्माण हुन्छ र यिनमा गम्भिर मतभेद भए पार्टी फुट्छ । त्यति मात्र होइन, कार्यान्वयन पक्ष, त्यसको परिणाम, परिणामको अनुभुति, पार्टी भित्र विधान निर्माण, विधानको कार्यान्वयन, दण्ड र पुरस्कारको व्यवस्था, क्षमता अनुसारको पदोन्नती, अवनती र अवकाश, अस्वस्थ प्रतिष्पर्धा, व्यक्तित्वको टकराहट आदि घटना र मनोवृत्तिहरु पार्टी निर्माण र लोप हुनमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । राष्ट्रिय षड्यन्त्र, अन्तर्राष्ट्रिय दवाव, स्वार्थ र छलप्रपञ्च पार्टी फुटाउन र निर्माण गर्नमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । समय सापेक्ष सही नीति लिन सक्ने सवल सक्षम निर्भिक नेतृत्व, त्यस्तो नीतिलाई आफुले बुझेर जनतालाई बुझाउन सक्ने कार्यकर्ताको ठुलो पंक्ति र त्यसरी प्रक्षेपित सही नीतिलाई जनताले गरेको समर्थन सहयोग ग्रहण र अनुमोदनको आधारमा पार्टी दिर्घायू हुन्छ, र व्यापक हुन्छ । त्यस्तो भएन भने पार्टी र नेतापनि साउने झरीको भ्यागूते हुन्छ । 
 
सिद्धान्त र व्यवहारमा, नीति र निर्माणमा, भाषण र कृयाकलापमा ठुलो अन्तर देखा पर्यो भने नेतृत्व कमजोर हँुदँै जान्छ । पछि पार्टी पनि कमजोर हुन थाल्दछ । पार्टी भित्र देखा परेको अन्तरविरोधलाई सही ढंगले संचालन गर्न सकेन भने पार्टी विवादित बन्दै विभाजित हुन्छ । त्यसैले यीसबै कुराहरुलाई ध्यानमा राख्दै पार्टी विरोधी तत्वहरुसँग परहेज राख्नु मधेशवादीको लागि अपरिहार्य भएको छ । 
 
पार्टी एकीकरणको प्रारम्भिक चरणलाई हेर्ने हो भने हतारमा गरिएको निर्णय भन्दा अतिसयोक्ति नहोला किनभने घोषणासभाको पुछारमा अनिल झाले पौदान समाते । ३ महिने अध्यक्षीय चक्रिय प्रणालीलाई अवलम्बन गरेकोले समस्या अहिलेपनि स्थायी नै छ । उनीहरु भित्रको अह्म अहिले पनि सेलाएको छैन् । यसको ज्वलन्त उदाहरण हेर्ने हो भने नेतृत्वको बाडफाडको लागि एकीकृत भएको राप्रपाको केहि दिनमै प्रकाशचन्द्र लोहनीले पार्टी परित्यागको घोषणा गरे । त्यसैले केन्द्रदेखि स्थानीय तहसम्ममा नेतृत्व चयनमा निकै नै जटिलता र झनै चर्को विवाद नआउला भन्न सकिन्न । 
 
यस एकीकरणको अर्को प्रभाव भने दक्षीणपन्थी र वामपन्थी उपर पनि अवश्य नै पर्ने छ । किनभने मुलुकमा विचारले यी दुई विचारधारा वीच जुहारी चल्दै आएको छ । मधेशमा ओलीले गर्दा एमाले प्रति आक्रोश त छँदैँछ । त्यसमा पनि कांग्रेसबाट नै यस दलका मुख्य नेताहरु अल्लग्गिएकाले कांग्रेसमा पनि यसको थोरबहुत प्रभाव भने अवश्य नै पर्नेछ । फलस्वरुप प्रादेशिक र क्षेत्रिय राजनीतिमा पनि यसको प्रभाव कति सम्म रहला त्यो भने चुनावी परिणामले नै देखाउने छ ।
 

 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

नेपालमा गरीबीको बहस

नेपालमा गरीबीको बहस

  नेपालको संविधान २०७२ ले कुनै पनि नेपाली जनता आर्थिक, सामाजिक, राजनीतिक तथा भौगोलिक कारणले विभेद, शोषण तथा अपहेलनामा नपरुन् भन्ने मर्मलाई आत्मसात गरेको छ । लोकतान्त्रिक प्रणाली र पद्दति सहितको समतामूलक, शान्त र समृद्ध समाज ...

जानकारी

ट्वीटर

English News

Change in government size will not affect election: CEC Yadav

Change in government size will not affect election: CEC Yadav

Dhulikhel, Oct 16 . Chief Election Commissioner (CEC) Dr Ayodhee Prasad Yadav has said the recent expansion of the Cabinet would not cause any impact on the elections going to be held late this year.    Talking ...

None can escape from responsibility of election, says Maoist Centre chair

None can escape from responsibility of election, says Maoist Centre chair

Kathmandu, Oct 16 . CPN (Maoist Centre) Chair Pushpa Kamal Dahal 'Prachanda' has asserted that no one can escape from the responsibility of holding the elections.  The Nepali Congress (NC) and the Maoist Centre had signed ...

Forum Nepal will not stay in Democratic Alliance, says Chair Yadav

Forum Nepal will not stay in Democratic Alliance, says Chair Yadav

Biratnagar, Oct 16 .Chairman of the Federal Socialist Forum Nepal, Upendra Yadav, has said that his party does not want to remain in the Nepali Congress-led Democratic Alliance.  Talking to media persons at Biratnagar Airport today, ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकपुरधाम, ५ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँगे्रसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।  उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ ...

फिचर

छठ पर्वको चटारो : वीरगञ्जका पोखरी सजाइयो

छठ पर्वको चटारो : वीरगञ्जका पोखरी सजाइयो

वीरगञ्ज, ३० असोज । लोक आस्थाको पर्वका रुपमा रहेको छठको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरुपमा सिङ्गार्ने काम भइरहेको छ ।  कतिपय पोखरी घाटहरुमा सरसफाइसमेत गरिएको छ । तराईमा ...

लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको : अध्यक्ष यादव

लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको :  अध्यक्ष यादव

विराटनगर, ३० असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै सो गठबन्धनसँग सिटको तालमेल हुने सम्भावना ...

वाम एकताले भौगोलिक ध्रुवीकरणको खतरा : डा खड्का

वाम एकताले भौगोलिक ध्रुवीकरणको खतरा  :  डा खड्का

उदयपुर, ३० असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व शहरी विकास मन्त्री डा नारायण खड्काले पछिल्लो समय नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच भएको वाम गठबन्धनले भौगोलिक ध्रुवीकरण बढ्न सक्ने खतरा भएको बताउनुभएको ...

महिला, पिछडिएका वर्गको उत्थानका लागि नवीकरणीय ऊर्जाको उपयोगमा जोड

महिला, पिछडिएका वर्गको उत्थानका लागि नवीकरणीय ऊर्जाको उपयोगमा जोड

काठमाडौँ, ३० असोज । महिला तथा पिछडिएका वर्गलगायत विपन्न समुदायलाई नवीकरणीय ऊर्जाका प्रविधिमा पहुँच पु¥याउन नसकेसम्म सबैका लागि ऊर्जा तथा दिगो विकास लक्ष्य हासिल गर्न नसकिने यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमका सहभागी वक्ताले बताए ।    नेपाल नवीकरणीय ...

छब्बीस हजार चालकले बिना लाइसेन्स सवारी चलाउँछन्

छब्बीस हजार चालकले बिना लाइसेन्स सवारी चलाउँछन्

काठमाडौँ, ३० असोज । काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको ...