समाचार

निर्वाचनलाई उपयोग गर

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ जेठ १२ शुक्रबार | ०७:१६

- निमेष कर्ण

निर्वाचनलाई उपयोग गर
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेसले प्राप्त गरेको परिणाम सुखद भएको भन्दै जनकपुरका कांग्रेस नेता तथा कार्यकर्ताले मिठाई बाँडेर खुसियाली मनाए । उनीहरूको यो खुसियालीमा देखिएको सर्वसाधारणको चासोले दोस्रो चरणको निर्वाचनका लागि मधेसमा उत्सुकता रहेको प्रस्ट हुन्छ । 
 
तीनवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेपछि त्यसको राप र तापले तराई–मधेसका जिल्लामा पनि निर्वाचप्रतिको मोह बढ्दै गएको छ । संविधान संशोधनको माग राखी आन्दोलनमा होमिएका मधेसकेन्द्रित दलमध्ये संघीय समाजवादी फोरमको निर्वाचनमा सहभागिता, निर्वाचनले तीनवटा प्रदेशमा बनाएको उत्सवपूर्ण माहोल र लामो समयदेखि जनप्रतिनिधिविहीनताको अवस्थासँगै अशान्ति खेप्दै आएका मधेसका जनतामा निर्वाचनप्रति उत्सुकता बढ्नु स्वाभाविक पनि हो ।
 
तीनवटा प्रदेशका स्थानीय तहले आफ्ना जनप्रतिनिधि पाएर काम थाल्दै गर्दा बाँकी भाग जनप्रतिनिधिविहीन भएर बस्ने अवस्था कल्पना गर्न सकिन्न । लामो समयको आन्दोलन, आन्दोलनको बाइप्रोडक्टका रूपमा आएको बेथिति आदिले गर्दा पनि मधेसका जनता कसैगरी शान्त भइदिए आफ्नो आजीविकाका लागि ढुक्कले काम गर्न सकिन्थ्यो भन्ने अवस्थामा पुगेका छन् । यद्यपि मधेसकेन्द्रित दलले उठाइरहेका मुद्दामा उनीहरूले स्वामित्व लिन छोडिसकेको भन्नेचाहिँ कदापि होइन ।
 
सरकार र दलहरूसँग भइरहने सम्झौता र ती सम्झौतालाई कार्यान्वयन गराउन आन्दोलन गर्ने लामो शृंखला कहिलेसम्म जारी राख्ने भन्ने मुख्य प्रश्न हो । आन्दोलन गरिरहँदा लोकतन्त्रको मूलभूत पक्ष आवधिक निर्वाचनलाई चटक्कै बेवास्ता गर्न मिल्दैन । बरु निर्वाचनलाई नै आन्दोलनका रूपमा स्वीकार गरी ताजा जनादेशका लागि निर्वाचनलाई उपयोग गर्नु नै मधेसको हितमा छ । निर्वाचनबाट मधेसका मुद्दालाई जनताबाट अनुमोदन गराउने अवसरका रूपमा पनि आन्दोलनरत दलहरूले लिनुपर्छ ।
 
अहिलेसम्म भएका आन्दोलनले कुनै पनि उपलब्धि हासिल भएनन् भन्ने होइन । मधेसकै माग सम्बोधन गर्न भनेर संविधानमा एकपटक संशोधन भइसकेको अवस्था छ । समानुपातिक समावेशी सहभागिताको व्यवस्थाले गर्दा अबको १०–१५ वर्षपछिको राज्यको अनुहार अहिलेको भन्दा धेरै फरक भइसकेको हुनेछ । संघीयता पनि मुख्य रूपले मधेसकै माग र आन्दोलनको उपलब्धि हो । प्राप्त उपलब्धि जगेर्ना गर्न पनि अहिलेको संविधानलाई स्विकार्दै निर्वाचनमा सहभागी हुनु मधेसकेन्द्रित दल र मधेसका जनताका लागि हितकर हुनेछ ।
 
हो, राज्यले आन्दोलनरत मधेसी, आदिवासी–जनजाति, दलित, अल्पसंख्यक, मुस्लिम समुदायसँग पटपटक गरेका सम्झौता कार्यान्वयन गर्न नचाहँदा यो अन्योलको अवस्था सिर्जना भएको हो । ती सम्झौता संविधान जारी हुँदै गर्दा पनि बेवास्तामा परे । संसद्को गणितीय खेल र राजनीतिक दलहरूको आपसी खिचातानी र हठले गर्दा पनि सम्झौता कार्यान्वयनमा जहिले पनि अड्चन आइरह्यो । अब यी आन्दोलनलाई जारी राख्दै निर्वाचनमा जाने वा स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाइराखेर प्राप्त उपलब्धिलाई पनि जोखिममा हाल्ने भन्नेबारे दलहरूले विचार पुर्याउनैपर्छ ।
 
मधेसका जनताको सहभागिताविनै गरिएको स्थानीय तहको पुनर्संरचनामा परिवर्तन गरिनुपर्ने मधेसका जनताको मागलाई सम्बोधन गर्न भन्दै सरकारले २२ वटा स्थानीय तह थप गरेको छ । आवश्यकताअनुसार नभए पनि यसले केही सकारात्मक सन्देश भने दिएको छ । उसो त स्थानीय तहको पुनर्संरचनाका वेला औपचारिक सहभागिता नजनाए पनि मधेसकेन्द्रित दलहरूकै कतिपय नेताको सुझाबअनुसार स्थानीय तहको पुनर्संरचना भएको देखिएको छ र त्यसमा आफूअनुकूलको निर्वाचन क्षेत्र बनाउन खोज्दा भद्रगोल भएको अवस्था पनि छ ।
 
चार प्रदेशका ४१ जिल्लामा स्थानीय तहको निर्वाचनका लागि ३१ जेठको मिति तोकिएअनुसार सरकार र निर्वाचन आयोगले तयारीसमेत थालिसकेका छन् । विभिन्न समूहमा विभक्त मधेसकेन्द्रित दल एकीकरणपछि बनेको राष्ट्रिय जनता पार्टीले नेतामा एक प्रकारको आत्मविश्वास पनि बढाएको छ । पहिलो चरणको निर्वाचनमा नयाँ शक्तिसँग तालमेल गरेको संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनमा आफू राजपासित तालमेल गर्ने तयारीमा रहेको बताएका छन् । यादवले प्राप्त उपलब्धिलाई संस्थागत गर्न र थप उपलब्धि प्राप्त गर्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा निःसर्त भाग लिनुपर्ने बताएका छन् ।
 
मधेस आन्दोलनबाट प्राप्त उपलब्धि अझै संस्थागत भइनसकेको अवस्थामा फेरि निर्वाचन हुन नदिएर अन्योलको अवस्था बनाइरहँदा भएका उपलब्धि पनि गुमाउनुप¥यो भने त्यसको जिम्मा कसले लिने ? यसैले पनि मधेसकेन्द्रित दलले निर्वाचनलाई रोक्नु हुँदैन । आफैँले आन्दोलन गरी प्राप्त गरेका संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्वका उपलब्धिलाई संस्थागत गर्न निर्वाचन आवश्यक भइसकेको छ ।
 
धेरै आन्दोलन, दुइवटा मधेस विद्रोह र कैयन जातीय समुदायका आन्दोलनबाट प्राप्त लोकतन्त्र संस्थागत गर्न र मधेसका मुद्दालाई जनअनुमोदन गराउन पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुनु जरुरी छ । यदि मधेसकेन्द्रित दलले उठाएका माग जायज हुन् भन्ने लाग्यो भने मधेसका जनताले निर्वाचनमा मधेसकेन्द्रित दललाई नै विजयको माला लगाइदिनेछन् । मधेसकेन्द्रित दलले त्यहाँका बहुसंख्यक जनताको प्रतिनिधित्व गर्दैनन् भन्नेहरूलाई पनि स्थानीय तहको निर्वाचन बलियो जवाफ हुनेछ । बरु राजपा, लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरमले चुनावी तालमेल गरेर वा संयुक्त उम्मेदवारी दिएर निर्वाचनको परिणम आफ्नो पक्षमा ल्याउन सक्नुपर्छ।
 
संविधानमा गरिएको व्यवस्थाअनुसार अहिलेको स्थानीय तह पुरानो स्थानीय निकाय जस्तो होइन, यो आफैँमा एउटा सरकार नै हो । मधेसकेन्द्रित दलहरूले यसलाई मनन् गर्दै अधिकार सम्पन्न स्थानीय तहको नेतृत्व लिएर मधेसमा आफ्नो स्थानीय सरकार बनाउने अवसर सदुपयोग गर्नबाट चुक्नु हुँदैन । मधेसमा आन्दोलन मात्रै होइन, समृद्धि पनि चाहिएको छ, शान्ति र सुव्यवस्था पनि चाहिएको छ । स्थानीय तहको निर्वाचनलाई उपयोग गर्दै योग्य, क्षमतावान् र इमानदार व्यक्तिलाई स्थानीय नेतृत्वमा ल्याउन सकियो भने त्यो पनि मधेसको पक्षमा एउटा ठूलो जित हुनेछ ।
 
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले मधेसका जनता तथा मधेसी दलले स्थानीय तहको निर्वाचनलाई उत्सवको रूपमा स्विकार्नुपर्छ । परिणाम आफ्नो पक्षमा ल्याएर एकल वर्चस्ववादी दलहरूलाई निर्वाचनको परिणामले झापड दिनुपर्छ । स्थानीय तहको निर्वाचन प्रदेश र संघीय संसदको निर्वाचनका लागि पनि आधार हुनेछ । जसले गर्दा नयाँ जनादेश प्राप्तिसँगै मधेस केन्द्रित दलहरूको मनोबल, ‘बार्गेनिङ’ पावर, अन्तर्राष्ट्रि स्तरमै उनीहरूका मुद्दाको स्वीकृति पनि बढेर जानेछ ।
 
त्यसैले मधेसी दलहरूले निर्णय गर्न ढिलो गर्न हुँदैन । उचित समयमा उचित निर्णय गर्न नसक्ने हो भने पश्चात्ताप मात्रै बाँकी रहनेछ । (कर्ण सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय उपाध्यक्ष हुन्) #नयाँ_पत्रिकाबाट सभार 
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

काँग्रेसलाई नै मत किन ?

काँग्रेसलाई नै मत किन ?

गौतमवुद्ध पछि सबैभन्दा बढि अक्षरहरुद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दुरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली कांगे्रसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रता लगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरु निष्कर्षमा टुंगिएका छन् । नेपालको आधुनिक इतिहास ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...