समाचार

राष्ट्रियतामा छोपिएको नेपालको नीति

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ भदौ १९ सोमबार | १६:२२

मनोज कुमार कर्ण

राष्ट्रियतामा छोपिएको नेपालको नीति
सन् १९५५ को बाङ्डुङ्ग भन्ने ठाउँमा खासगरि एसिया र अफ्रिकाका धेरै अधिकांश देशका प्रमुखहरूले भर्खरै समाप्त भएको दोस्रो विश्वयुद्ध तथा अझै जारी तीव्र कोल्डवार वा शीतयुद्धको चपेटामा परिकन देशको विकासलाई अवरूद्ध पारेर बस्नुभन्दा आफ्ना छुट्टै पहिचानसहित शक्ति देशहरूको लहैलहैमा नलाग्ने नीति अन्तर्गत (क) एकले अर्को मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अण्डताको सम्मान गर्ने, (ख) अर्काको आन्तरीक मामिलामा हस्तक्षेप नगर्ने, (ग) समानता र पारस्परिक हित कायम गर्ने, (घ) अनाक्रमण (एकले अर्को मुलुकविरूद्ध आक्रमण नगर्ने) र (ङ) शान्तिपूर्ण सह–अस्तित्वको भावनालाई स्वीकार गर्नेलाई पञ्चशीलको सिद्धान्त वा असंलग्न परराष्ट्रनीति भनिन्छ । शक्ति विपन्न, हतियारको दौडमा नलागेको, आर्थिकरूपले अति गरिब, विकासप्रेमी, मित्रताको प्रतिक आदि विशेषताले भरेका देशहरूका लागि यो नीति संसारमा अस्तित्व जोगाउनको लागि रामवाण सावित भएको छ । 
 
संविधान घोषणा
संवत् २०७२ असोज ३ गते पछिल्लो संविधान नेपालमा घोषणा हुने क्रममा मधेशी फुटाउन पहाडीहरूद्वारा मिसनमा पठाईएको थारूहरूको केवल पार्टी फोरम लोकतान्त्रिकसहित नेपालको पहाडी बर्चस्व पुराना तथा ठूला राजनीतिक दलहरूले मधेशीलाई माइनस गरि विश्वको मिडियाको जमाना र वर्तमानमा लोकतन्त्र तथा अधिकारको तकाजालाई माथ गर्दै षड्यन्त्रमूलक तरिकाले संविधान घोषणा गर्न लाग्दा यी काँग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक तथा सरकारमा एक–एक मन्त्री खाएको एकसिटे सांसद भएका केही फ्रिन्ज पार्टीका मतियारहरूले भारतलाई फँसाउन खोजे । प्रधानमन्त्री नरेन्द्रभाई मोदीलाई नेपालको समग्र विकास तथा सबै क्षेत्रका जनता र भूमीप्रति समान सद्भाव प्रकट गर्न उनको मुक्तिनाथ, जनकपुर र लुम्बिनी जस्ता नितान्त धार्मिक भ्रमणलाई तत्कालीन सुशील कोइरालाको गृहमन्त्री भारतविरोधी वामदेव गौतमको शकुनीनीतिमा रोकियो । तर प्रम मोदीलाई नेपाल भ्रमणको दुई राउण्डसम्म नेपालको संविधानलाई सर्वस्विकार बनाउन के गर्नुपर्छ भनेर नेपाल सरकार, पार्टी तथा जनताका स्त्तरमा सोधियो र नेपालको संविधानलाई मान्यतादिन आग्रह गरियो । स्वाभाविकरूपले धार्मिकभ्रमण गर्न नपाएका, २०७२ वैशाख १२ शनिवारको महाभूकम्पबाट नेपाललाई राहतलगायतका कार्यमा भारतले पु¥याएको योगदानको ठाउँमा भारत र प्रम मोदीलाई संविधान सर्वस्विकार गराउन मागेको सुझाव र सहयोगमा स्वयं प्रम मोदीले दिएका सुझावलाई बेवास्ता गरेकामा सघाउने जो कसैको कुरो आउँदैन । यहाँ ध्यान दिने कुरो के छ भन्ने प्रम मोदीको विश्वमा नेताको रूपमा उदीयमान क्षवीलाई नेपालले पहडीया षड्यन्त्रतहत्त प्रयोग गरेर मधेशीको अधिकार कुल्चेर उनै प्रम मोदीद्वारा विश्वबाट नै नेपालको (कि पहाडको ?) संविधान २०७२ लाई अनुमोदन गराउन चाहन्थ्यो । मोदीजी ‘नेपालको नेता’ नपर्नुभएकोले अलोकतान्त्रिक संविधानलाई मान्यता दिनुभएन । 
 
भारत÷नेपाल बीचमा मधेशीको चाहना अनुसार नाकाबन्दी भयो । चाहना भारत सरकारकोपनि थियोे किनकि प्रम मोदीले अति आदर र असल छिमेकीको नाताले नेपालको संसदमै आएर त्यति सहयोग र विकासको फर्को मार्न निःस्वार्थ मद्दतको घोषणा गरेका थिए र तुरून्तै नेपालको तर्फबाट चीनको षड्यन्त्रमा लाभ भारतबाट लिएर भारतलाई बेवास्ता गर्ने नमकहरामी गरिएको थियो । तसर्थ, नाकाबन्दीको कार्यान्वयन नेपालको मधेशीद्वारा संविधानको मामिलामा अधिकार र मधेशीलाई नेपाल सरकारले मार्ने गरेकामा विश्वको ध्यानाकर्षण गराउन घँुडा टेकाउन र पहडीया नेता, सेना, प्रहरी वंशानुगतरूपमा जिनोसाइडमा माहिर रहेको देखाउन भएको थियो । सो बेला नेपाली सुरक्षाकर्मीले जागरूक मधेशी तथा आन्दोलनमा सशक्त प्रस्तुत हुनेको घरमा पसेर मार्ने, तर्साउने, बलात्कार गर्ने घट्नाहरू बाहिर आइरहेको थियो जस अनुसार बाध्यभएर उनीहरू भारततिर पसेर बोर्डरमा चन्दा उठाएर खाना पकाएर खाने गरेका थिए जसलाई नेपालले आपूmमाथि भारतले जनता उरालेको र मेस चलाएर आन्दोलन गर्न सघाएर हस्तक्षेपको आरोप लगायो । तर स्वयं नेपाल सरकारले प्रम मोदीलाई संविधानमा सल्लाह मागेको, लागूगर्न र विश्वमा अनुमोदन गराउन गुहार मागेको बिर्सयो । 
 
भारतको गोरखाल्याण्डको आन्दोलन
 
केही साता अघि वर्तमानमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बंगालको हाइस्कूलभरी बंगाली भाषा अनिवार्य पढ्ने विधेयक लागू गरेर जानीजानी ठूलो भारतीय पहाडी मासलाई बीजेपी सरकारविरूद्ध उचाल्न लाग्दा त्यहाँ हालसम्म अलग गोरखा राज्य हुनुपर्ने भनी पछिल्लोपटक आन्दोलन जारी छ । यस गोरखाल्याण्ड आन्दोलनलाई दबाउन बंगालको राज्य सरकार र निरपेक्षभएर बसेको बीजेपीको केन्द्र सरकारलाई नेपालका कम्युनिष्टहरूले सशरीर उपस्थित भएर नै सघाउने गरिएको पाइएको छ । यस अघि बंगाल राज्यको सरकारले आन्दोलनलाई लक्षित गरेर नाकाबन्दी गर्दा नेपालको पशुपतिनगरलगायतका क्षेत्रहरूबाट रसद, पानीलगायत सबै थोक गोरखाल्याण्डको आन्दोलनमा फ्यूअ‍ेलिङ्ग गर्न पठाइएको थियो । यसरी नेपालले पार्टी, पहाडी जनता र गोप्यरूपमा सरकारी तवरकै व्यक्तिहरूबाट नेपालको संविधानको बेला भारतमा मेस चलाइएको भनिएको आरोपको बदलामा गोरखाल्याण्ड आन्दोलनमा संलग्न गराईयो र नेपालमा यसपाली मेस चलाईयो । यस अघि भारतमा नक्सली अर्थात् रातो आतंकलाई हतियार, तालिम दिएको भनी नेपालका कम्युनिष्टहरू तथा माओवादी बादल, विप्लवहरूको नाम पहिलापनि आइसकेको हो । तर नेपालले कसैलाई सम्झाउने वा कार्वाही गर्ने वा यस मामिलामा भारतसित ठोस वार्तालाप गरेको पाईंदैन । त्यसैले नेपाल यहाँपनि निरपेक्ष छैन र नेपालको असंलग्न परराष्ट्रनीति धर्मराएको देखिन्छ ।
 
उत्तर कोरिया÷चीन बनाम् अमेरिका÷भारत
यता भारत÷चीनबीच दिनहँु तनाव आइरहेको बेला उत्तर कोरियाले दिनहँु चीनको मतियारमा अमेरिकालाई युद्धको लागि अनावश्यक धम्क्याइरहेको छ । उ.कोरियालाई खाना, लुगा, रोजगार, औषधी, जनताको शासन वा लोकतन्त्र केही छैन तर कन्टिनेन्टल ब्यालिस्टिक मिसाइलहरू भने दिनहँु परिक्षण र भण्डार गर्ने क्षमता छ ! यो चीनले पाकिस्तानलाई भारतविरूद्ध सैन्य सहयोग दिएझैं उ.कोरियालाई अमेरिकाविरूद्ध सहयोग नगरे कसले गरेको हो ? पहिल्लो पटक यस्तै मिसाइल उ.कोरियाले अमेरिकामाथि हान्ने भनेपछि अमेरिकी सैन्य अपरेसन मन्त्रीले उ.कोरियालाई ‘अब धेरै भयो, कार्वाही भोग चाँडै’ भन्दा चीनले ‘उ.कोरियामाथि अमेरिकाले कार्वाही थाल्दा चीनले पनि छोड्दैन अमेरिकालाई’ भनेकोमा स्वयँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘तिमिलाई पनि यसैमा हेरिहाल्छु’ भन्दै जापानलाई चीनमाथि मिसाइल र बम्ब तेर्साउ, द.कोरियालगायत अमेरिकी र सबै अमेरिकी अलायन्सलाई अपरेसनको लागि तयार भएर बस भन्नु अब युद्ध नरोकिने अवस्थामा लगभग गईसकेको बुझ्न सकिन्छ । यहाँबाट ब्याक हुन उ.कोरियाले मिसाइल परिक्षणहरू बन्द, चीनको ब्याकअप पाकिस्तान र उ.कोरियालाई बन्द, चीनको ओवरलगायत कम्युनिज्म तथा उसको साम्राज्यवादको विश्व निर्यात्, भारतमा पाकिस्तानी जेहादीहरूको इन्फिल्ट्रेसन, दोक्लाममा चीनीयाँ बाटो निर्माण स्थगन जस्ता कुराहरू पाकिस्तान, उ.कोरिया र यिनीहरूका आका चीनले दिनैपर्छ । र, संयुक्त राष्ट्रसंघले यी कुराको आश्वासन लिखित्तम पाएर डेमोक्रेटिक अलायन्सलाई दिन सक्यो भने मात्र युद्ध रोक्ने काँटछाँट छ, जुन ५०÷५० प्रतिशतमा सम्भव छ ।
 
नेपालको भूमिका
नेपाल हाल संघीय लोकतान्त्रि गणतन्त्रको संविधान २०७२ को कार्यान्वयनको संघारमा छ । यसमा पनि राष्ट्रिय परिचयपत्रमा संघीय, लोकतान्त्रि र गणतन्त्र शब्दहरू राख्दा एमालेहरूलाई आपत्ति आएको समाचारहरू पढेकाबाट उ कतै चीनको एकतन्त्री कम्युनिष्टिकरणमार्फत् पूर्वराजा ज्ञानेन्द्रलाई बोकेको त छैन भन्ने प्रश्न मुखरित हुन थालेको छ । यदि यस्तो हो भने ज्ञानेन्द्रको पूर्वज, वर्तमान नाताकुटुम्ब को र कहाँका हुन् अनि मधेशीलाई विदेश भनेर निजका बाह्र पुस्ताले किन हेपेर राज्य संरचनामा पस्न नदिएको र उनको वर्तमान मधेशीबारे धारणा के हो, त्यो टँुडीखेलमा गएर विश्व मिडियाको सामुमा पोजिटिभरूपमा मधेशीलाई मूलधारमा ल्याउने जिम्मा लिए भने अधिकांश मधेशी उनको फर्काइमा निरपेक्ष÷चुप्कि साँध्ने अर्थात् मौन समर्थन दिन सक्छन् नत्र चीनको कम्युनिज्म नेपालमा बलियो बनाउने र मधेशीलाई उल्लू बनाउने सोचमा राजसंस्था फर्काउने दिवास्वप्न देखे भने सपना देख्न कसले रोकेको हो र ?
 
हामी नबिर्सौं, भारत÷चीनको धक्कम–धुक्का भनेको वा उ.कोरियाको उक्साहट भनेको चीनको दादागिरी हो संसारमा उ मात्रै एक नम्बरको देश सैन्य, विश्व व्यापार, चीनीयाँ साम्रान्य, कम्युनिज्म बाँड्ने बन्ने हो । यो सम्भावित लडाईं विश्वस्त्तरमै लाल आतंक तथा कट्टर इस्लाम आतंकवादविरूद्धको अलायन्समा भारत, अमेरिकाहरूले गर्न लागेको हो । के नेपालका काँग्रेस, मधेशवादी दलहरू कम्युनिस्ट र इस्लाम आतंकवाद वा तीनका सपोर्टर हुन् ? होइन भने नेपालको पञ्चशीलको परराष्ट्रनीतिमा हमला गर्ने अधिकार प्रचण्डलाई, गोरखाल्याण्डमा सघाउने नेपालका कम्युनिष्टहरूको के अधिकार छ ? वा उनीहरूको राष्ट्रियता बोर्डरलेस हो वा नेपालको बारेमा केही विशेषपनि हो ? यदि काँग्रेसपनि धर्म हरायो भने मधेशीले चीनतिर पहाडी ढल्काउको विरोध गर्नैपर्छ किनकि नेपाल जोगाउनु छ र नेपालमा मधेशीमात्र देशभक्त रहेको आजसम्म नेपालको इतिहासले विभिन्न संधिसम्झौतामा संलग्न नरहेको तथा बोर्डरलाई सुरक्षा गरेको भनी देखाएको छ । (लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुन्)(मधेश दर्पण फिचर सेवा)
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

कांग्रेस पराजय पछि को भूमिका के हुने ?

कांग्रेस पराजय पछि को भूमिका के हुने ?

नेपाली कांग्रेसले ईतिहासमा पञ्चायतको कालो छायांमा भन्दा कहिल्यै यस्तो पराजय कोहीपनि सभापतिको कार्यकालमा नभोगेको ईतिहास छ जबकि वर्तमान सभापति नै सबै कुराको जिम्मेवार छैनन् । एकातिर अधिकार खोज्ने समूह मधेशी, आदिवासी, जनजाती, महिलाहरूले कांग्रेससमेतबाट उपेक्षित ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...