समाचार

आयल निगमको जग्गा खरिद अख्तियारकै निर्देशनमा

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ असोज १ आइतबार | ०१:५८

आयल निगमको जग्गा खरिद अख्तियारकै निर्देशनमा
काठमाडौ १ असोज ।    नेपाल आयल निगमले आठ वर्षअघि थानकोट डिपो विस्तार गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन निर्देशनबमोजिम सार्वजनिक खरिद ऐनअनुसार नै करिब ७० रोपनी जग्गा खरिद गरेको पाइएको छ। निगमले त्यसबेला जग्गा प्राप्ति ऐन २०३४ को दफा २७ बमोजिम वार्ताको माध्यमद्वारा जग्गा खरिद गर्न खोज्दा आयोगले खरिद प्रक्रियामा अनियमितता हुन सक्ने भन्दै त्यसमा अंकुश लगाई सार्वजनिक खरिद ऐनबमोजिम जग्गा खरिद गर्न निर्देशन दिएको थियो। अख्तियारको निर्देशनबमोजिम तत्कालीन निगम सञ्चालक समितिले सार्वजनिक खरिद ऐनबमोजिम जग्गा खरिद गरेको थियो। यो खबर विकास थापा र राजेश बर्माले आजको अन्नपूर्णमा लेखेका छन्।
 
२०४८ सालमा एसियाली विकास बैंकको सहयोगमा निर्माण भएको थानकोट डिपो निर्माण गर्न पनि सार्वजनिक खरिद ऐनअनुसार टेन्डरमार्फत ५५ रोपनी जग्गा खरिद भएको थियो। इन्धनको माग बढ्दै जाँदा थानकोट डिपो विस्तार गर्नुपर्ने आवश्यकता आएपछि निगमले ०६६ सालमा तत्कालीन सञ्चालक समितिको बैठकले जग्गा प्राप्ति ऐनलाई आधार मानी ४१ करोड रुपैयाँ डिपो विस्तारका लागि रकम छुट्ट्याएको थियो। डिपो विस्तारका लागि डिपोसँगै पूर्वीभागमा रहेको उपयुक्त जग्गा अधिग्रहण गर्नुपर्ने बाध्यता निगमसामु आइपरेको थियो।
 
तत्कालीन समयमा डिपो विस्तार गर्न निगमले जग्गा प्राप्ति ऐन २०३४ अनुसार सरकारको निर्णयवेगर आफैं जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको थियो। स्रोतअनुसार जग्गा प्राप्ति ऐनअनुसार निगमले तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारीमार्फत डिपोसँगै रहेको पूर्वीक्षेत्रको जग्गाको मूल्यांकन गरी अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको थियो।
 
तर, उक्त जग्गाको मूल्यांकन निकै बढी भएको र गाविस सचिवको मिलेमतोमा उच्च मूल्य कायम गरिएको भन्दै तत्कालीन समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।आयोगले छानबिन गरी ०६६ साउन १९ गते दुई प्रकारको निर्णय गरी निगमलाई निर्देशन दिएको थियो।
 
आयोगका अनुसन्धान अधिकृत रामकुमार आचार्यले निगमलाई पत्राचार गर्दै थानकोट डिपो विस्तार गर्न आवश्यक रहेको डिपोसँगैको जग्गा खरिद नगरी नहुने अवस्थामा जग्गा प्राप्ति ऐनअनुसार जग्गा प्राप्त गर्न सरकारसमक्ष अनुरोध गर्ने र सरकारबाट आउने निर्णयअनुसार गर्ने भनेर निगमको हकमा आयोगबाट एकप्रकारको निर्णयसहितको निर्देशन आएको थियो।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमलाई २०६६ सालमा पठाएको पत्रमा भनिएको छ, ‘थानकोट डिपो विस्तार गर्न डिपोसँग जोडिएको पूर्र्वतर्फको ५० देखि ७० रोपनी जग्गा खरिद नगरी नहुने अवस्था रहेको हो भने जग्गा प्राप्ति ऐन २०३४ को व्यवस्थाबमोजिम जग्गा प्राप्त गर्न सरकारसँग अनुरोध गरी भै आएको निर्णय बमोजिम निर्णय गर्न वा निगमको प्रयोजनका लागि अन्य ठाउँमा पनि जग्गा खरिद गरी उद्देश्य पूरा हुन सक्ने भए प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमबमोजिम प्रक्रिया अपनाई जग्गा खरिद गर्नका लागि नेपाल आयल निगमलाई निर्देशन दिने।’
 
आयोगले सोही मितिमा दोस्रो निर्णयको रूपमा निगमको प्रयोजनका लागि अन्य स्थानमा पनि थप जग्गा खरिद गरी उद्देश्य पूरा हुन सक्ने भए प्रचलित ‘सार्वजनिक खरिद ऐन तथा नियमबमोजिम’ प्रक्रिया अपनाई जग्गा खरिद गर्न निगमको सञ्चालक समितिलाई निर्देशन दिएको थियो।
 
उक्त निर्देशनपछि निगम सञ्चालक समितिले तत्कालीन समयमा थानकोट डिपोसँगै पूर्वपट्टिको ३५ रोपनी जग्गा जग्गा प्राप्ति ऐनअन्तर्गत अधिग्रहण गरी खरिद गरेको थियो।
 
स्रोतका अनुसार आयोगको उक्त निर्णयपछि निगमले सार्वजनिक खरिद ऐनअन्तर्गत चन्द्रगढी, सुर्खेत र सर्लाहीमा जग्गा खरिद गर्न तत्कालीन समयमा टेन्डर आह्वान गरेको थियो। जसमध्ये झापाको चन्द्रगढी विमानस्थलमा हवाई इन्धन भण्डारगृह निर्माण गर्न टेन्डरमार्फत करिब १८ कठ्ठा जग्गा खरिद भएको थियो। त्यसपछि निगम निरन्तर रूपमा घाटैघाटामा गएको निगमले भण्डारण क्षमता विस्तार र जग्गा खरिद प्रक्रिया अघि बढाउन सकेको थिएन।
 
नाकाबन्दीको समयमा उपभोक्ताले व्यहोरेको इन्धनको चरम अभाव समस्याबाट पाठ सिकेर सरकारले प्रादेशिक संरचनाअनुसार कम्तीमा ९० दिन ९३ महिना० को माग धान्ने गरी भण्डारण क्षमता विस्तार गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार निगमले झापा, सर्लाही, रुपन्देही र चितवनमा जग्गा खरिद गरी भण्डारगृह निर्माण गर्ने प्रक्रिया सुरु गरेको थियो। तर, जग्गा खरिदका क्रममा विधिसम्मत नभएको र अनियमितता भएको आरोप लागेपछि उक्त प्रक्रिया रोकिएको छ।
 
आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले भण्डारणका लागि खरिद गरेको जग्गासमेत विधिसम्मत र तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आदेशबमोजिम नै भएको दाबी गर्दै आएका छन्।

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

मधेश आन्दोलनमा शहीद भएका लाई ५० लाख दिने राजपाको घोषणा

मधेश आन्दोलनमा शहीद भएका लाई ५० लाख दिने राजपाको घोषणा

मंसीर ८ जलेश्वर । राष्ट्रिय जनता पार्टी नेपालले मधेश आन्दोलनमा शहादत दिएका परिवारलाई ५०–५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । महोत्तरीको जलेश्वरमा पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा राजपाले मधेश आन्दोलनक सम्पूर्ण शहिदलाई प्रति परिवार ५०–५० ...

जानकारी

ट्वीटर

English News

CPN-MC Chair Dahal wins in Chitwan-3

CPN-MC Chair Dahal wins in Chitwan-3

Chitwan, Dec 11 . CPN-Maoist Centre Chairperson Pusha Kamal Dahal 'Prachanda' has been elected as a member of the House of Representatives from Chitwan constituency-3.  Dahal secured 48,273 votes against his nearest contender Bikram Pandey of ...

Victory is both mandate and challenge: Chairman Dahal

Victory is both mandate and challenge: Chairman Dahal

Chitwan, Dec 12 : Chairman of the CPN (Maoist Centre) Pushpa Kamal Dahal has said the nationwide victory of the leftist alliance was both the people's mandate and challenge.  Talking to journalists here this morning, the ...

New govt utilizes science and technology for country's development: Chair Oli

New govt utilizes science and technology for country's development: Chair Oli

Bhadrapur, Dec 11  . CPN (UML) Chairman KP Sharma Oli has said the new government would utilize the science and technology for the development and prosperity of the country.  Chairman Oli, who has been elected as ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

भक्तपुरका विजयी नेतालाई बधाई दिदै ओलीले भने “सरकारले केही गरेन, अब त्रिपाल खोज्नु पर्ने भो”

भक्तपुरका विजयी नेतालाई बधाई दिदै ओलीले भने “सरकारले केही गरेन, अब त्रिपाल खोज्नु पर्ने भो”

भक्तपुर, २५ मंसिर । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही काम गर्न नसकेको बताउँदै प्रदेश सभा बोलाउन त्रिपाल खोज्नु पर्ने अबस्था आएको बताउनु भएको छ । आज बालकोट स्थित ओली निवासमा ...

डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी

डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी

डोटी, २५ मंसिर । प्रतिनिधिसभाका लागि एक सिट मात्रै रहेको डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी हुनुभएको छ ।  आले मगर निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई एक हजार ६३२ ...

समानुपातिक मतमा माओवादीको अग्रता

समानुपातिक मतमा माओवादीको अग्रता

जुम्ला, २५ मंसिर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ ।  शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न ...

बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

बर्दिवास, २५ मंसिर । महोत्तरी जिल्लामा तीनवटा प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको छ ।  आइतबार अबेर राति महोत्तरी–१ को क, महोत्तरी–२ को क र महोत्तरी ४ को क प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको ...

तेह्रथुममा वाम गठबन्धनको एकलौटी जित

तेह्रथुममा वाम गठबन्धनको एकलौटी जित

तेह्रथुम, २५ मंसिर । तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले जित हासिल गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा (एमाले)का उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ एमालेका भवानीप्रसाद ...