समाचार

एप्पल ‘आइओएस ११’ कुन-कुन मोडलमा अपडेट हुन्छ? के छ नयाँ सुविधा?

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ असोज ६ शुक्रबार | ०७:५९

एप्पल ‘आइओएस ११’ कुन-कुन मोडलमा अपडेट हुन्छ? के छ नयाँ सुविधा?
काठमाडौँ, ६ असोज ।   एप्पलले आफ्ना प्रयोगकर्ताका लागि अपरेटिङ सिस्टमको पछिल्लो संस्करण आइओइएस ११ जारी गरेको छ। सेप्टेम्बर १९ तारिखमा आधिकारीकरुपमा सार्वजनिक गरिएको आइओएस ११ नेपाली प्रयोगकर्तालाई पनि उपलब्ध भइसकेको छ।
आइओएस ११ सन् २०१३ देखिका आइफोन, आइप्याड र आइप्याड टचमा अपडेट हुन्छ।
 
कुन कुन मोडलमा हुन्छ अपडेट?
 
आइफोनः
आइफोन ७
 
आइफोन ७ प्लस
 
आइफोन ६ एस
 
आइफोन ६ एस प्लस
 
आइफोन ६ प्लस
 
आइफोन एसइ
 
आइफोन ५ एस
 
आइप्याडः
१२.९ इन्च आइप्याड प्रो (२०१६)
 
१२.९ इन्च आइप्याड प्रो (२०१७)
 
९.७ इन्च आइप्याड प्रो
 
१०.५ इन्च आइप्याड प्रो
 
आइप्याड (पाँचौं पुस्ता)
 
आइप्याड एयर २
 
आइप्याड एयर
 
आइप्याड मिनी ४
 
आइप्याड मिनी ३
 
आइप्याड मिनी २
 
आइपड टच (छैठौं पुस्ता)
 
कसरी गर्ने अपडेट? के आवश्यक छ?
आइओएस ११ इन्स्टल गर्न सबैभन्दा पहिले तपाईंको आइफोन वा आइप्याडमा २ जिबी मेमोरी खाली हुनपर्छ।
 
त्यसपछि आफ्ना फोटा, म्यासेज र आवश्यक डकुमेन्टको ब्याकअप राख्ने। ताकी कुनै कारणवश यी सबै नहटून्। यसका निम्ति सेटिङबाट आइक्लाउडमा गएर ब्याकअपमा जाने।
 
आइओएस अपडेट गर्न राम्रो वाइफाइ कनेक्सन आवश्यक छ।
 
यी सबै कुरा भएपछि माथि उपलब्ध मोडलका सेटिङमा जाने। त्यहाँ जनरलमा क्लिक गर्ने जहाँ सफ्टवेयर अपडेटको विकल्प देखा पर्छ। यसमा क्लिक गरेपछि आइओएस ११ डाउनलोड सुरु हुन्छ।
 
डाउनलोड भएपछि आइओएस ११ का नियम तथा शर्त स्वीकार गर्ने। यसपछि तपाईंको आइफोन वा आइप्याड रिस्टार्ट हुन्छ।
 
के के छन् नयाँ सुविधा?
 
कन्ट्रोल सेन्टरः
यो सबै अब एकै पेजमा देखिनेछ। आइफोन माथितिर स्वाइप गरेपछि थ्रीडी कन्ट्रोल सेन्टर देखिनेछ। यसबाट म्युजिक, ब्लुटुथ, एयरप्लेन मोड, वाइफाइ, नाइट मोड, स्क्रिन मनिटरिङ, क्यालकुलेटर, क्यामरा, टर्च लाइट, भोल्युम कन्ट्रोल, ब्राइटनेस कन्ट्रोल, टाइमर (अर्लाम, वल्र्ड क्लक, स्टपवाच), सेलुलर डाटा र पोट्रोट ओरेन्टसनको पहुँच हुन्छ।
 
यसको टर्चमा विशेष सुविधा थपिएको छ। यसमा स्टेप–स्टप गरेर प्रकाश घटी–बढी गर्न सकिन्छ।
 
फाइल्स एपः
यसमा नयाँ एप थपिएको छ। फाइल्स एपमार्फत् प्रयोगकर्ताले आइक्लाउड ड्राइभलगायत अन्य ठाउँमा भएका सबै आफ्ना डकुमेन्टहरु एकै ठाउँमा राख्न सक्नेछन्। यो एप स्टोरमा उपलब्ध हुनेछ।
 
क्यामरा अपडेटः
क्यामरामा निकै विस्तार गरिएको छ। यसमा नयाँ फिल्टरहरु थपिएका छन्। त्यसबाहेक फोटो खिच्दा यसको फोकसमा पनि परिवर्तन छ। त्यस्तै फोटो एल्बम भ्यु पनि परिवर्तन भएको छ।
 
म्यासेन्जर एपः
 
यसमा जीआइएफ, स्टिकर र इमोजीहरुको सहज पहुँच हुने गरी अपडेट गरिएको छ।
 
 
 
सिरीः आइओएस ११ मा सिरीको नयाँ आवाज छ। अमेरिकन पुरुष र महिला दुवैको स्वर भएको सिरी आगामी दिनमा अरु भाषामा पनि उपलब्ध हुनेछ।
 
एप स्टोरः
 
आइओएस ११ मा एप स्टोर पूर्णरुपमा पुनर्डिजाइन गरिएको छ। ‘टुडे’ नामक नयाँ ट्याबमा दैनिकरुपमा आएका एप र एप डेभ्लपरबारे जानकारी दिनेछ। त्यस्तै ‘गेम्स’ ट्याबले गेमहरुमा के भइरहेको छ भन्नेबारे जानकारी गराउनेछ।
 
यीबाहेक म्याप अपडेट, डु नट डिस्टर्ब ह्वाइल ड्राइभिङ मोड लगायतका अन्य थुप्रै फिचर यसमा उपलब्ध छन्।

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने

मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने

काठमाडौँ, २३ मंसिर । मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० ...

जानकारी

ट्वीटर

English News

CPN-MC Chair Dahal wins in Chitwan-3

CPN-MC Chair Dahal wins in Chitwan-3

Chitwan, Dec 11 . CPN-Maoist Centre Chairperson Pusha Kamal Dahal 'Prachanda' has been elected as a member of the House of Representatives from Chitwan constituency-3.  Dahal secured 48,273 votes against his nearest contender Bikram Pandey of ...

Victory is both mandate and challenge: Chairman Dahal

Victory is both mandate and challenge: Chairman Dahal

Chitwan, Dec 12 : Chairman of the CPN (Maoist Centre) Pushpa Kamal Dahal has said the nationwide victory of the leftist alliance was both the people's mandate and challenge.  Talking to journalists here this morning, the ...

New govt utilizes science and technology for country's development: Chair Oli

New govt utilizes science and technology for country's development: Chair Oli

Bhadrapur, Dec 11  . CPN (UML) Chairman KP Sharma Oli has said the new government would utilize the science and technology for the development and prosperity of the country.  Chairman Oli, who has been elected as ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

भक्तपुरका विजयी नेतालाई बधाई दिदै ओलीले भने “सरकारले केही गरेन, अब त्रिपाल खोज्नु पर्ने भो”

भक्तपुरका विजयी नेतालाई बधाई दिदै ओलीले भने “सरकारले केही गरेन, अब त्रिपाल खोज्नु पर्ने भो”

भक्तपुर, २५ मंसिर । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही काम गर्न नसकेको बताउँदै प्रदेश सभा बोलाउन त्रिपाल खोज्नु पर्ने अबस्था आएको बताउनु भएको छ । आज बालकोट स्थित ओली निवासमा ...

डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी

डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी

डोटी, २५ मंसिर । प्रतिनिधिसभाका लागि एक सिट मात्रै रहेको डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी हुनुभएको छ ।  आले मगर निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई एक हजार ६३२ ...

समानुपातिक मतमा माओवादीको अग्रता

समानुपातिक मतमा माओवादीको अग्रता

जुम्ला, २५ मंसिर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ ।  शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न ...

बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

बर्दिवास, २५ मंसिर । महोत्तरी जिल्लामा तीनवटा प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको छ ।  आइतबार अबेर राति महोत्तरी–१ को क, महोत्तरी–२ को क र महोत्तरी ४ को क प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको ...

तेह्रथुममा वाम गठबन्धनको एकलौटी जित

तेह्रथुममा वाम गठबन्धनको एकलौटी जित

तेह्रथुम, २५ मंसिर । तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले जित हासिल गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा (एमाले)का उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ एमालेका भवानीप्रसाद ...