समाचार

उपत्यकाका नदी र चक्रपथबाट ३६ मेट्रिक टन फोहर व्यवस्थापन

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ असोज ७ शनिबार | ०९:४४

उपत्यकाका नदी र चक्रपथबाट ३६ मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौँ, ७ असोज । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।  वाग्मती सफाइ महाअभियानको २२८ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघि सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिकालगायत संस्थाको सहभागिता थियो । 
 
सिजन मिडियाले आयोजना गरेको मिस टिन कलेज प्रतियोगिताका ३० जना सहभागी पनि सामाजिक उत्तरदायित्वको भावनाले आजको वाग्मती सफाइमा सहभागी भएका थिए । 
 
पशुपतिनाथ मन्दिर क्षेत्रको विशेष सफाइ गरिरहेको खेम्स क्लिनिङका खेम शर्मा, मुक्तिनाथ विकास बैंक, ब्लु क्रस अस्पताल एम्बुलेन्ससहित, जीवन विज्ञान नेपाललगायतका संस्थाले सफाइमा सक्रियता जनाएका थिए । 
 
सफाइपछि आयोजित कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल र खेम्स क्लिनिङका खेम शर्माले सांस्कृतिक धरोहरका रुपमा रहेका उपत्यकाका नदीनाला सफाइ अभियानमा निश्चित व्यक्ति र संस्था मात्र नभइ सबैको उत्तिकै सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । 
 
अर्को हप्ता शनिबार २२९ औँ हप्ताको वाग्मती सफाइ विजयादशमीका दिन परेकाले गुह्येश्वरी मन्दिर अघि गरिने सफाइ अभियन्ता नारायण श्रेष्ठले बताउनुभयो । शनिबार विजयादशमी परे पनि सफाइ अभियानलाई निरन्तरता दिइने वाग्मती सफाइ महाअभियानले जनाएको छ । 
 
गुह्येश्वरी माथिको वाग्मती सफाइको १८९ औँ हप्तामा आज गोकर्णेश्वर नगरपालिकाको गोठाटार पुल र हनुमान वाटिका क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाजलगायतका संस्थाको सहभागिता रहेको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । 
 
रुद्रमती सफाइको १८७ औँ हप्तामा आज रातोपुल–कालोपुल शहीद मार्ग हुँदै ज्ञानेश्वरसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायतको सक्रियता रहेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । 
 
सफाइपछि आयोजित दशैँको शुभकामना आदानप्रदानका कार्यक्रममा पूर्वमन्त्री थापाले उपत्यकामा चलेको सबै सफाइ अभियानको अभिभावकत्व लिएर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 
विष्णुमती सफाइको १५८ औँ हप्तामा नयाँ बसपार्कस्थित नदी किनारमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । नयाँ बसपार्कबाट घर फर्कने यात्रुलाई आ–आफ्नो गाउँपालिका र नगरपालिकामा सफाइ अभियान चलाउन प्रेरणा मिलोस् भनी जनचेतनामूलक अभियान पनि चलाइएको सफाइ अभियन्ता विजेन्द्र लामाले बताउनुभयो । 
 
चक्रपथ सफाइको २४ औँ हप्तामा आज बसुन्धरास्थित दियालो फुडल्याण्डदेखि नारायणगोपाल चोकसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । विगत हप्तामा चक्रपथको दायाँबाया सडक सीमा मिची बनेका टहरा भत्काउदा बाँकी रहेको फोहर सफाइ गरिएको हो । 
इन्द्रमती सफाइको चौँथो हप्तामा खड्कुले पुल क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता सदिक्षा कार्कीले जानकारी दिनुभयो । कलंकीबाट उपत्यका बाहिर जाने बसले इन्द्रमतीमा फोहर फाल्ने गरेकाले नदीको ३०० मिटर क्षेत्रबाट १६ मेट्रिक टन भन्दा बढी फोहर व्यवस्थापन गरिसकिएको उहाँले बताउनुभयो । 
 
खड्कुलेमा नदी २५ मिटरसम्म गहिरो हुनाले पनि बढी फोहर फालिएको छ । इन्द्रमती सफाइ अभियानले आइदबारदेखि कलंकी चोकको धुलो नियन्त्रण अभियान शुरु गर्ने भएको छ । दशैँमा घर जाने यात्रुले श्वास फेर्न सकुन् भन्ने उद्देश्यले धुलो नियन्त्रण अभियान शुरु गर्न लागिएको हो । 
 
मनोहरा नदी सफाइको २७ औँ हप्तामा कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित हरहर महादेव क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ४५० अभियानकर्मीको सहभागिता थियो । मानिसको दिमागमा जमेको फोहरले नदी प्रदूषित हुने गरेकाले नदीसँगै मानिसको दिमाग पनि सफाइ अभियान चलाइने अभियन्ता रुद्र पौडेलले बताउनुभयो । 
 
वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर आजैदेखि पनौती नगरपालिकाको पुण्यवती नदी सफाइ अभियान पनि शुरु भएको सफाइ अभियन्ता गोविन्द काफ्लेले बताउनुभयो । सफाइमा युरेशिया रेयुकाइ र स्थानीय सहकारीको सक्रियता थियो । सफाइका लागि आवश्यक सामग्री स्थानीय विन्ध्यवासिनी सहकारीले उपलब्ध गराएको थियो । 
 
यसैगरी वाग्मतीको तिलगंगा र आलोकनगर क्षेत्रमा पनि सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको वाग्मती सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गते शनिबार तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा वाग्मती सफाइ अभियान शुरु भएपछि देशभरका ३० भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भएको छ । 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने

पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने

चितवन, २३ माघ । पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ ।  देवघाट क्षेत्र विकास समितिको अगुवाइमा सो गृह निर्माण गर्न लागिएको हो । चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २४ ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...