समाचार

कृषिजन्य वस्तुको आयात निर्यातमा करिब ११ अर्बभन्दा बढीको व्यापार घाटा

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ असोज १२ बिहिबार | ११:३४

कृषिजन्य वस्तुको आयात निर्यातमा करिब  ११ अर्बभन्दा बढीको व्यापार घाटा
विराटनगर, १२ असोज ।  विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब रु ११ अर्बभन्दा बढीको व्यापार घाटा देखिएको छ । यो नाका भएर गत आवमा भारतबाट विभिन्न प्रकारका खाद्य सामग्री, फलपूmल र कृषिजन्य वस्तु रु १४ अर्ब ५६ करोड ५२ लाख ८० हजार भित्रिएको छ भने भारततर्फ रु तीन अर्ब २६ करोड १२ लाख २४ हजारका कृषिजन्य वस्तु निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।
 
सो अनुरुप भारतबाट आयात हुने कृषिजन्य वस्तुमा रु आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार मूल्यको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिक टन खाद्यान आयात भएको हो । साथै रु तीन अर्ब ५७ करोड ६५ लाख ४५ हजारका विभिन्न प्रकारका तरकारी, आलु, तेलहन पदार्थ लगायतका खाद्य सामग्री भित्रिएका छन् ।
 
सोमध्ये सबैभन्दा बढी रु एक अर्ब १० करोड १० लाख ७७ हजार मूल्यको ३७ हजार ९६८ मेट्रिक टन प्याज भित्रिएको हो । सोही अवधिमा रु एक अर्ब ६ करोड ९३ लाख ९७ हजार मूल्य बराबरको ५३ हजार ४७० मेट्रिक टन आलु र तेलहन पदार्थका रूपमा रु ५८ करोड ३८ लाख २५ हजार मूल्य बराबरको नौ हजार १२२ मेट्रिक टन सूर्यमुखी, रु २५ करोड ५९ लाख ८३ हजार मूल्य बराबरको पाँच हजार ३३३ मेट्रिक टन तोरी, रु १४ करोड २८ लाख ४६ हजार मूल्य बराबरको तीन हजार ३२२ मेट्रिक टन भटमास र रु ४३ लाख ३२ हजार मूल्य बराबरको १०८ मेट्रिक टन तील भित्रिएका छन् ।
 
सोही अनुरुप रु १५ करोड ३१ हजार ५१ हजार मूल्य बराबरको एक हजार ९२४ मेट्रिक टन लसुन, रु १३ करोड ९९ लाख २६ हजार मूल्य बराबरको १३ हजार ९९३ मेट्रिक टन विभिन्न प्रकारका तरकारी, रु ९७ लाख २० हजार मूल्य बराबरको ६४८ मेट्रिक टन अदुवा, रु सात करोड ८० हजार मूल्य बराबरको ३५४ मेट्रिक टन मरिच, रु दुई करोड २७ लाख ९८ हजार मूल्य बराबरको ४७५ मेट्रिक टन धनिया र रु एक करोड ८३ लाख ७० हजार मूल्य बराबरको विभिन्न प्रकारका मसाला भित्रिएका छन् ।
सोही अवधिमा रु एक अर्ब ९३ करोड २१ लाख ७७ हजार मूल्य बराबरको विभिन्न प्रकारका फलपूmल भित्रिएको छ । तीमध्ये रु ७५ करोड १८ लाख ७३ हजार मूल्य बराबरको स्याउ, रु ३३ करोड ७० लाख ३१ हजार मूल्य बराबरको अनार, रु २२ करोड ६७ लाख ८५ हजार मूल्य बराबरको अङ्गुर, रु सात करोड १० लाख २१ हजार मूल्य बराबरको कागती, रु आठ करोड ६१ लाख १० हजार मूल्य बराबरको आँप, रु ३९ करोड ७५ लाख ३२ हजार मूल्य बराबरको सुपारी, रु एक करोड ३३ लाख ८६ हजार मूल्य बराबरको तरबुज र रु एक करोड ८५ लाख ३५ हजार मूल्य बराबरका सुन्तला भित्रिएका छन् भने यसका साथै लिची, मौसमी लगायतका फलपूmल भित्रिएको सो कार्यालयले जनाएको छ । 
 
विराटनगर नाका भएर भारततर्फ रु तीन अर्बभन्दा बढी मूल्यको कृषिजन्य तथा जडीबुटी भारततर्फ निर्यात भएको छ । विराटनगर नाका भएर गत आवमा रु तीन अर्ब २६ करोड १२ लाख २४ हजार मूल्य बराबरका कृषिजन्य र जडीबुटी निर्यात भएको हो । सोमध्ये सबैभन्दा बढी रु दुई अर्ब ६६ करोड ९६ लाख ३२ हजार मूल्य बराबर तीन हजार ८१४ मेट्रिक टन अलैँची र सबैभन्दा कम रु ६ लाख ३३ हजार मूल्य बराबरको दुई मेट्रिक टन सुपाडी निर्यात भएको थियोे ।
 
त्यसैगरी, रु ४२ करोड ३४ लाख ११ हजार मूल्य बराबरको २३ हजार ५२३ मेट्रिक टन पिना, रु एक करोड ३३ लाख ४३ हजार मूल्य बराबरको बन्दाकाउली, रु ९६ लाख २० हजार मूल्य बराबरको ६४२ मेट्रिक टन फ्रेस अदुवा र रु दुई करोड ४२ लाख ९२ हजार मूल्य बराबरको एक हजार ६१९ मेट्रिक टन कुचो निर्यात भएको जनाएको छ ।
 
सोही अनुरुप, रु एक करोड ६ लाख ४८ हजार मूल्य बराबरको १९४ मेट्रिक टन लिनसिड, रु तीन करोड ६६ लाख ८९ हजार मूल्य बराबरको ६५५ मेट्रिक टन तेजपात र रु पाँच करोड ८७ लाख ३९ हजार मूल्य बराबरको ३२५ मेट्रिक टन चिया निर्यात भएको सो कार्यालयले जनाएको छ ।
 
त्यस्तै, रु ८८ लाख १८ हजार मूल्य बराबरको ५८८ मेट्रिक टन रुद्राक्ष, रु ४७ लाख ३७ हजार मूल्य बराबरको ३३ मेट्रिक टन चिराइतो र रु ६४ लाख ७० हजार मूल्य बराबरको १९ मेट्रिक टन मजिठो निर्यात भएको छ । साथै नेपालबाट भारततर्फ जटामासी, टिम्बुर, सताबरी, काइयोफुल, वनलसुन लगायतका जडीबुटी निर्यात भएका छन् । 
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

विद्युत् उत्पादनमा प्राधिकरण र निजी क्षेत्र समान हैसियतमा

विद्युत् उत्पादनमा प्राधिकरण र निजी क्षेत्र समान हैसियतमा

काठमाडौँ, २५ मंसिर । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाको उत्पादन बराबरी हैसियतमा पुगेको छ ।  निजी क्षेत्रले व्यावसायिक उत्पादन शुरु गरेको थापा खोला र सर्दी खोला जोडिएपछि प्राधिकरण र निजी क्षेत्रको विद्युत् ...

जानकारी

ट्वीटर

English News

CPN-MC Chair Dahal wins in Chitwan-3

CPN-MC Chair Dahal wins in Chitwan-3

Chitwan, Dec 11 . CPN-Maoist Centre Chairperson Pusha Kamal Dahal 'Prachanda' has been elected as a member of the House of Representatives from Chitwan constituency-3.  Dahal secured 48,273 votes against his nearest contender Bikram Pandey of ...

Victory is both mandate and challenge: Chairman Dahal

Victory is both mandate and challenge: Chairman Dahal

Chitwan, Dec 12 : Chairman of the CPN (Maoist Centre) Pushpa Kamal Dahal has said the nationwide victory of the leftist alliance was both the people's mandate and challenge.  Talking to journalists here this morning, the ...

New govt utilizes science and technology for country's development: Chair Oli

New govt utilizes science and technology for country's development: Chair Oli

Bhadrapur, Dec 11  . CPN (UML) Chairman KP Sharma Oli has said the new government would utilize the science and technology for the development and prosperity of the country.  Chairman Oli, who has been elected as ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

भक्तपुरका विजयी नेतालाई बधाई दिदै ओलीले भने “सरकारले केही गरेन, अब त्रिपाल खोज्नु पर्ने भो”

भक्तपुरका विजयी नेतालाई बधाई दिदै ओलीले भने “सरकारले केही गरेन, अब त्रिपाल खोज्नु पर्ने भो”

भक्तपुर, २५ मंसिर । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही काम गर्न नसकेको बताउँदै प्रदेश सभा बोलाउन त्रिपाल खोज्नु पर्ने अबस्था आएको बताउनु भएको छ । आज बालकोट स्थित ओली निवासमा ...

डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी

डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी

डोटी, २५ मंसिर । प्रतिनिधिसभाका लागि एक सिट मात्रै रहेको डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी हुनुभएको छ ।  आले मगर निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई एक हजार ६३२ ...

समानुपातिक मतमा माओवादीको अग्रता

समानुपातिक मतमा माओवादीको अग्रता

जुम्ला, २५ मंसिर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ ।  शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न ...

बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

बर्दिवास, २५ मंसिर । महोत्तरी जिल्लामा तीनवटा प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको छ ।  आइतबार अबेर राति महोत्तरी–१ को क, महोत्तरी–२ को क र महोत्तरी ४ को क प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको ...

तेह्रथुममा वाम गठबन्धनको एकलौटी जित

तेह्रथुममा वाम गठबन्धनको एकलौटी जित

तेह्रथुम, २५ मंसिर । तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले जित हासिल गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा (एमाले)का उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ एमालेका भवानीप्रसाद ...