समाचार

लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ असोज १७ मंगलबार | १०:४२

लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो
लस भेगस, १७ असोज ।  अमेरिकी सहर लस भेगसमा आइतबार राति भएको भिषण आक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ५९ पुगेको छ । अरु ५२७ जना घाइते छन् । घाइतेहरु अस्पताल भर्ना भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृत्यु हुने व्यक्तिको संख्या अझै बढ्नसक्ने चिकित्सकहरुले बताएका छन् । 
 
उपचाररत चिकित्सकहरुका अनुसार सो आक्रमण एकै व्यक्तिले गर्न असम्भव रहेको, निकै आधुुनिक हतियारले सो हमला गरिएको र घाइतेहरुमा शरीरभरि गोलीका दाग र घाउहरु रहेका छन् । 
 
किन भयो आक्रमण रु 
 
अमेरिकी प्रहरीले बन्दुकधारीले लस भेगसमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयास जारी राखेको छ । उसले भनेको छ– के कति कारणले सो आक्रमण भएको हो र त्यस आक्रमणकारीको सम्बन्ध कोसँग छ भन्ने बारेमा अनुसन्धान जारी छ । 
 
अमेरिकी इतिहासमा नै यो सबैभन्दा खराब तथा डरलाग्दो नरसंहार भएको प्रहरीको भनाई छ । यसले लस भेगसमात्र नभई अमेरिका नै स्तब्ध भएको बताइएको छ ।  उक्त गोलीकाण्डमा घाइते भएका ५२७ जनाको अवस्था हेर्दा आक्रमण कस्तो खालको थियो र त्यति धेरै नरसंहार कसरी भयो भन्ने बारेमा पनि प्रहरी अनुसन्धान जारी छ । 
 
आक्रमणमा प्रारम्भिक रुपमा ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकको प्रत्यक्ष संलग्नताको पुष्टी भएको छ ।  तर सो लस भेगस गोलीकाण्डका आक्रमणकारी के कस्तो प्रकृति र स्वभावका थिए र किने आक्रमण गरेका हुन् भन्ने बारेमा प्रहरीले अहिलेसम्म केही भन्न सकेको छैन । 
 
प्रहरीले भनेको छ– हामीले अनुसन्धान जारी राखेका छौँ, तर प्याडकलले आक्रमण गर्नुको उद्देश्यबारेमा भने अहिलेसम्म पनि थाहा हुन सकेको छैन । 
 
आइएसद्वारा आफ्नो संलग्नताको दाबी 
 
यसैबीच अन्तर्राष्ट्रिय आतंककारी संगठन आइएसले भने आइतबार रातिको सो घटना आफ्नो संगठनमा आबद्ध प्याडकले गरेका र जिहादिस्टको चाहनाबमोजिम नै सो आक्रमण भएको जनाएको छ । उक्त संगठनको प्रतिक्रिया भन्दै दिइएका समाचारहरुमा उक्त संगठनको समन्वय र आग्रहबमोजिम नै उक्त घटना भएको हो भनी आइएसको भनाईलाई राखिएको छ । 
 
तर यो दाबीको प्रहरीले भने सुरुदेखि नै अस्वीकार गर्दै आएको छ । प्रहरीले उक्त दाबी झुठ भएको र प्याडकको उक्त संगठनसँग कुनै संलग्नता रहेको बारेमा केही प्रमाण नभेटिएको प्रहरीको दाबी छ । 
 
अनुसन्धानमा संलग्न अमेरिकी प्रहरीले भनेका छन्– अहिलेसम्मको अनुसन्धाबाट आइएससँग आक्रमणकारी प्याडकको संलग्नताको कुनै प्रमाण भेटिएको छैन । तर पछिल्लो एक समाचारमा उनी बसेको सोही होटलको कोठाबाट २३ वटा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । 
 
यसका साथै प्रहरीका अनुसार प्याडकको नेभाडा राज्यस्थित आफ्नो घरबाट पनि केही हातहतियार र गोलीगट्ठा बरामद गरिएको छ । यी दुई घटनापछि भने प्रहरीले प्याडकको अन्तर्राष्ट्रिय संगठनसँगको सम्बन्धको बारेमा आशङ्का बढेको जनाएको छ । तर प्रत्यक्ष संलग्नताको प्रमाण भने जुटिसेको छैन । 
 
प्रहरीले अहिलेसम्म नै बन्दुकधारी र अन्तर्राष्ट्रिय लडाकू समूह आइएसबीच कुनै पनि खालको सम्बन्धको कुनै प्रमाण नभेटिएको बताइरहेको छ । प्रहरीले ती व्यक्तिका आफन्त, साथीभाईहरुसँग उनको खानपिन, आनिबानी तथा अन्य स्वभाव र व्यहोराका साथै प्याडक विगतमा कुनै आपराधिक क्रियाकलापमा संलग्न रहे नरहेको बारेमा थप खोजी जारी राखेको छ ।  

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

अफगान सेनाको कारबाहीमा १९ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १९ तालिबान मारिए

अफगानिस्तान, १ मङसिर । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १९ जना तालिवान सम्बद्ध सशस्त्र लडाकूहरु मारिएको समाचार छ । प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बार सो जानकारी दिनुभएको ...

जानकारी

ट्वीटर

English News

We will bring prosperity and good governance-Chair Oli

We will bring prosperity and good governance-Chair Oli

Baglung, Nov 16 : CPN-UML Chairperson KP Sharma Oli has said the left alliance was inevitable for national independence.  Addressing an election gathering organized by the left alliance at Galkot of the district, he said ...

Next destination is economic development and prosperity : Chair Dahal

Next destination is economic development and prosperity : Chair Dahal

Buiwal, Nov 16 : CPN (Maoist Centre) Chairperson Pushpa Kamal Dahal has said the next destination of the country is economic development and prosperity following the attainment of Constitution through the Constituent Assembly.  Dahal, also the ...

Left alliance for prosperity, development: Leader Nepal

Left alliance for prosperity, development: Leader Nepal

Kathmandu, Nov 16 : CPN (UML) leader Madhav Kumar Nepal has said that left alliance should be made victorious for the country's economic development and prosperity.  At a programme organized by Professional District Committee of CPN ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकपुरधाम, ५ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँगे्रसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।  उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ ...

फिचर

पाल्पा निर्वाचन क्षेत्र नं २ मा : पूर्व सांसदबीच कडा प्रतिस्पर्धा

पाल्पा निर्वाचन क्षेत्र नं २ मा : पूर्व सांसदबीच कडा प्रतिस्पर्धा

पाल्पा, ६ मंसिर । पाल्पा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई पूर्व सांसदबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र नेकपा (एमाल)ेका सोमप्रसाद पाण्डेयबीच कडा ...

वाम एकता धर्तीको कुनै पनि ताकतले रोक्न सक्दैन : खनाल

वाम एकता धर्तीको कुनै पनि ताकतले रोक्न सक्दैन  :  खनाल

इलाम, ६ मंसिर । पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम शक्तिबीच एकता अब धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ ।  इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा मंगलबार भएको कार्यक्रममा उहाँले ...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर, ६ मंसिर । भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ ।  वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका यहाँका बासिन्दालाई सहज खानेपानी वितरण गर्ने उद्देश्यले गुठी नामक संस्थाको सहयोगमा केन्द्र ...

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा विवाह महोत्सवको रौनक

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा विवाह महोत्सवको रौनक

जनकपुरधाम, ६ मंसिर । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो ...

निर्वाचन गराउन कर्मचारी मतदान केन्द्रतर्फ लागे

निर्वाचन गराउन कर्मचारी मतदान केन्द्रतर्फ लागे

नुवाकोट, ६ मंसिर । मंसिर १० गते हुने निर्वाचनका लागि जिल्लाको सबै मतदान केन्द्रमा कर्मचारी परिचालन भएका छन् ।  मतदान अधिकृत र सहायक मतदान अधिकृतले नियुक्तपत्र लिएर निर्वाचन गराउन सुरक्षाकर्मीको साथमा निर्वाचन सामग्रीसहित मंगलबारदेखि नै ...