समाचार

कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम : काँग्रेस

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ असोज १७ मंगलबार | १५:३१

कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम :  काँग्रेस
काठमाडौँ, १७ असोज  ।  सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्तिबीच आज भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट काँग्रेसले आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेसका शीर्ष तथा प्रभावशाली केन्द्रीय सदस्यहरूको आज बसेको बैठकले कम्युनिस्ट पार्टीहरूबीच आज भएको एकताको कदमलाई अस्वभाविकरुपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।
 
कम्युनिस्ट पार्टीहरूबीचको एकताले निर्वाचनलाई असर पर्न सक्ने आशंका व्यक्त गर्दै उहाँले भन्नुभयो, “निर्वाचन यही सरकारले गराउँछ ।” सत्तामा रहेको माओवादी केन्द्रले लिएको कदमलाई नेता निधिले गम्भीर एतिहासिक राजनीतिक भुल भएको बताउनुभयो । यस कदमले माओवादीलाई राजनीतिकरुपमा ठूलो क्षति हुने उहाँको भनाइ छ ।आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री देउवाले सरकारमा सँगै छौँ, चुनावमा तालमेल गर्न पनि तयार छौँ भन्नुभएको नेता निधिले जानकारी दिनुभयो । 
 
यसैबीच आजै दिउँसो ३ बजे पनि अध्यक्ष दाहालले पुनः प्रधानमन्त्री देउवालाई भेट्नुभएको थियो । सो भेटमा अध्यक्ष दाहालले एमालेसँग चुनावी तालमेल गर्ने, आफ्नौ चुनाव चिन्हमा चुनाव लड्ने, कम्युनिस्ट पार्टीबीचको एकतालाई पहल गर्ने र निर्वाचनसम्म यही सरकारमा रहने आफ्नो पार्टीको निर्णय सुनाएर बाहिरिनुभएको थियो ।
 
प्रचण्डको सो निर्णय सुनेपछि प्रधानमन्त्री देउवालगायत शीर्ष नेताहरूले सरकारमा सँगै रहने, तर चुनावमा अरु दलसँग चुनावी तालमेल गर्ने निर्णयलाई अस्वभाविक भएको टिप्पणी गर्नुभएको थियो ।बैठकमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, पूर्णबहादुर खडका, रामशरण महत, नेता निधि, डा मिनेन्द्र रिजाल, महेश आचार्य, ज्ञानेन्द्र बहादुर कार्की, डा प्रकाशरण महतलगायत उपस्थित हुनुहुन्थ्यो ।
 
पछिल्लो राजनीतिक परिस्थितिका बारेमा प्रधानमन्त्री देउवाले आजै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, नेपाल लोकतान्त्रिक फोरमकाका अध्यक्ष विजयकुमार गच्छदारसँग परिवर्तित विषयमा छलफल गर्नुभएको छ भने भोलि बिहान राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलगायतसँग परामर्श गर्नुहुनेछ ।
 
“आज भएको बाम चुनावी तालमेलले नेपालको लोकतन्त्र र राष्ट्रवादी शक्तिहरूलाई एकातिर गम्भीर चुनौती थपिएको छ भने अर्कोतिर एक ठाउँमा उभिने अवसर पनि मिलेको छ” नेता निधिले भन्नुभयो ।  काँग्रेसले परिवर्तित राजनीतिक विषयमा छलफल गर्न भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ । 
 
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

निर्वाचन बिथोल्न खोज्ने समूह जनताबाट बहिष्कृत : एमालेका अध्यक्ष ओली

निर्वाचन बिथोल्न खोज्ने समूह जनताबाट बहिष्कृत : एमालेका अध्यक्ष ओली

भद्रपुर, २५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नं ५ का नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले झापाली जनता देशले चाहेको परिवर्तनलाई आत्मसात् गरी देखाएको अभिमतप्रति धन्यवाद दिनुभएको छ ।   झापा जिल्ला ...

जानकारी

ट्वीटर

English News

CPN-MC Chair Dahal wins in Chitwan-3

CPN-MC Chair Dahal wins in Chitwan-3

Chitwan, Dec 11 . CPN-Maoist Centre Chairperson Pusha Kamal Dahal 'Prachanda' has been elected as a member of the House of Representatives from Chitwan constituency-3.  Dahal secured 48,273 votes against his nearest contender Bikram Pandey of ...

Victory is both mandate and challenge: Chairman Dahal

Victory is both mandate and challenge: Chairman Dahal

Chitwan, Dec 12 : Chairman of the CPN (Maoist Centre) Pushpa Kamal Dahal has said the nationwide victory of the leftist alliance was both the people's mandate and challenge.  Talking to journalists here this morning, the ...

New govt utilizes science and technology for country's development: Chair Oli

New govt utilizes science and technology for country's development: Chair Oli

Bhadrapur, Dec 11  . CPN (UML) Chairman KP Sharma Oli has said the new government would utilize the science and technology for the development and prosperity of the country.  Chairman Oli, who has been elected as ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

भक्तपुरका विजयी नेतालाई बधाई दिदै ओलीले भने “सरकारले केही गरेन, अब त्रिपाल खोज्नु पर्ने भो”

भक्तपुरका विजयी नेतालाई बधाई दिदै ओलीले भने “सरकारले केही गरेन, अब त्रिपाल खोज्नु पर्ने भो”

भक्तपुर, २५ मंसिर । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही काम गर्न नसकेको बताउँदै प्रदेश सभा बोलाउन त्रिपाल खोज्नु पर्ने अबस्था आएको बताउनु भएको छ । आज बालकोट स्थित ओली निवासमा ...

डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी

डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी

डोटी, २५ मंसिर । प्रतिनिधिसभाका लागि एक सिट मात्रै रहेको डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी हुनुभएको छ ।  आले मगर निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई एक हजार ६३२ ...

समानुपातिक मतमा माओवादीको अग्रता

समानुपातिक मतमा माओवादीको अग्रता

जुम्ला, २५ मंसिर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ ।  शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न ...

बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

बर्दिवास, २५ मंसिर । महोत्तरी जिल्लामा तीनवटा प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको छ ।  आइतबार अबेर राति महोत्तरी–१ को क, महोत्तरी–२ को क र महोत्तरी ४ को क प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको ...

तेह्रथुममा वाम गठबन्धनको एकलौटी जित

तेह्रथुममा वाम गठबन्धनको एकलौटी जित

तेह्रथुम, २५ मंसिर । तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले जित हासिल गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा (एमाले)का उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ एमालेका भवानीप्रसाद ...