समाचार

वाम तालमेलपछि सरकारको भविष्य: यस्तो छ अड्कलबाजी

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ असोज १८ बुधबार | ०५:३६

वाम तालमेलपछि सरकारको भविष्य: यस्तो छ अड्कलबाजी
काठमाडौ १८ असोज ।    सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् ।
 
तर, अहिलेको संसद्को आयु एक महिनाभन्दा कम भएको, केन्द्र र प्रदेश सभा निर्वाचनका लागि समय थोरै भएको तथा संसद्मा बहुमत पुर्‍याउन पनि एमाले, माओवादीलाई सहज नभएकाले तत्काल सरकार फेरिने सम्भावना भने कम देखिन्छ ।
 
मंगलबार आयोजित निर्वाचन तालमेल घोषणा कार्यक्रममा पनि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले आफूहरूको प्रयास कांग्रेसलक्षित नभएको भन्दै सरकार फेरबदलमा नलाग्ने संकेत गरेका छन् ।, यो खबर आजकोनयाँ पत्रिकामा छ । 
 
 
‘हाम्रो तालमेल कांग्रेसविरुद्ध छैन,’ कार्यक्रममा प्रचण्डले भने, ‘म प्रस्ट पार्छु यो जनता र राष्ट्रको पक्षमा छ ।’ एमाले अध्यक्ष केपी ओलीले पनि तीनदलीय सहमति कसैका विरुद्ध नभएको टिप्पणी गरे । ‘हाम्रो सहमति कसैका विरुद्ध छैन, यो जनताको चाहना हो,’ ओलीले भने, ‘देश बनाउने कुराबाट कोही पनि नझस्के हुन्छ ।’
 
सरकार नफेरिने प्रचण्डको आश्वासन
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार बिहान र दिउँसो गरी दुईपटक प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे । तर, दुवै भेटमा प्रचण्डले आफूहरूले चुनावी तालमेल गरे पनि सरकार फेरबदलतिर नलागेको भन्दै आश्वस्त बनाउन खोजेका थिए । ‘प्रचण्डजीले प्रधानमन्त्रीसँग हाम्रो असन्तुष्टि सरकारसँग होइन, हामीले वापमन्थीबीच मात्र तालमेल गर्न लागेका हौँ भन्नुभएको छ,’ कांग्रेस नेता डा। प्रकाशशरण महतले भने, ‘प्रचण्डजीले अहिलेकै सरकारले निर्वाचन गराउँछ, सरकार फेरबदलको कुरा छैन भन्नुभएको छ ।’
 
बहुमत पुर्‍याउन समस्या, समयको चाप
आगामी १० र २१ मंसिरको प्रदेश र संघको निर्वाचनअघि सरकार फेरिने सम्भावना न्यून छ । २९ असोजमा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउनुपर्ने र ५ कात्तिकमा उम्मेदवारको मनोनयन हुने अघिल्लो दिनबाटै यो संसद्को कार्यकाल सकिने भएकाले नयाँ सरकार गठनको गृहकार्य त्यति सहज छैन ।
 
एमाले र माओवादी केन्द्र मिले पनि सरकार गठन गर्न बहुमत पुग्दैन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, कमल थापा नेतृत्वको राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपासहितका साना दलबाट पनि समर्थन आवश्यक पर्छ ।
 
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रदेश र संघको निर्वाचनको मुखमा सरकार फेर्ने पक्षमा आफ्नो पार्टी नभएको बताइन् । ‘संविधान कार्यान्वयनका निम्ति चुनाव हो, यसकारण यो सरकारलाई हाम्रो समर्थन भइरहन्छ,’ भुसालले भनिन्, ‘हामी निर्वाचनसम्म सरकारमा सहभागी हुन्छौँ ।’
 
एमालेको जोडबल सरकार फेर्नेसम्म १
एमालेले भने तत्काल सरकार फेर्नेसम्मको विकल्पमा जान माओवादीलाई प्रस्ताव गरेको चर्चा कांग्रेसभित्र भएको छ । सकेसम्म केपी ओली नेतृत्वको सरकार बनाए जसरी फेरि पनि निर्वाचनअघि नै सरकार फेरेर जान सकिने प्रस्ताव एमालेबाट आएको विषयमा मंगलबार कांग्रेस बैठकमा चर्चा भएको थियो । तर, समयको चाप र निर्वाचनको तयारीमा व्यस्त रहनुपर्ने, निर्वाचनको मुखमा सरकार फेर्दा गलत सन्देश जाने भएकाले यही सरकारलाई निर्वाचन गराउन दिने समझदारीमा पुगेको बताइन्छ ।
 
‘एमालेको जोडबल सरकार फेरिहालौँ भन्ने आसय आएको देखिन्छ, तर उनीहरूसँग तत्काल बहुमत पुर्‍याउन सक्ने अवस्था छैन । उपेन्द्र यादव र कमल थापासहितका साना दलको समर्थन आवश्यक देखिन्छ,’ कांग्रेस नेता महतले भने, ‘यसकारण उनीहरू तत्काल हच्किएको बुझेका छौँ ।’
 
कांग्रेस नेता महेश आचार्यले निर्वाचन गरेर संविधान कार्यान्वयन गर्ने दायित्वबाट नभागी कांग्रेस नेतृत्वको सरकार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गराउन केन्द्रित भएर लाग्ने निर्णय बैठकले गरेको जानकारी दिए ।
 
कांग्रेस अब के गर्छ रु 
कांग्रेसले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको नयाँ तालमेललाई अस्वाभाविक भनेको छ । आफूसँग लगातार दुईपटकसम्म सत्तागठबन्धन र स्थानीय तहको निर्वाचनमा केही ठाउँमा चुनावी तालमेल गरे पनि दसैँको माहोलमा रातारात माओवादी र एमालेबीच भएको सहमतिलाई कांग्रेसले अस्वाभाविक भएको निष्कर्ष निकालेको हो ।
 
कांग्रेस पनि तालमेलको प्रयासमा
एमाले र माओवादी केन्द्रको नयाँ चुनावी गठबन्धन बनेपछि कांग्रेसले पनि लोकतान्त्रिक शक्तिसँग तालमेलको प्रयास गर्ने संकेत गरेको छ । मंगलबार सभापति देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, डा। प्रकाशरण महतसहितका नेताबीच यस विषयमा अनौपचारिक कुराकानी भएको थियो । बुधबारको कार्यसम्पादन समिति बैठकले विकसित राजनीतिक घटनाक्रमबारे थप छलफल गर्ने भएको छ । ‘हामी पनि अब पार्टीलाई थप एकताबद्ध गर्दै निर्वाचनमा होमिन्छौँ,’ महतले भने, ‘लोकतान्त्रिक शक्तिबीचको एकतालाई जोड दिन्छौँ । यस्ता शक्तिबीच तालमेलको प्रयास गर्छौं ।’

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिए : अध्यक्ष दाहाल

जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिए :  अध्यक्ष दाहाल

चितवन, २५ मंसिर ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताउनुभएको छ ।  आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती ...

जानकारी

ट्वीटर

English News

CPN-MC Chair Dahal wins in Chitwan-3

CPN-MC Chair Dahal wins in Chitwan-3

Chitwan, Dec 11 . CPN-Maoist Centre Chairperson Pusha Kamal Dahal 'Prachanda' has been elected as a member of the House of Representatives from Chitwan constituency-3.  Dahal secured 48,273 votes against his nearest contender Bikram Pandey of ...

Victory is both mandate and challenge: Chairman Dahal

Victory is both mandate and challenge: Chairman Dahal

Chitwan, Dec 12 : Chairman of the CPN (Maoist Centre) Pushpa Kamal Dahal has said the nationwide victory of the leftist alliance was both the people's mandate and challenge.  Talking to journalists here this morning, the ...

New govt utilizes science and technology for country's development: Chair Oli

New govt utilizes science and technology for country's development: Chair Oli

Bhadrapur, Dec 11  . CPN (UML) Chairman KP Sharma Oli has said the new government would utilize the science and technology for the development and prosperity of the country.  Chairman Oli, who has been elected as ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

भक्तपुरका विजयी नेतालाई बधाई दिदै ओलीले भने “सरकारले केही गरेन, अब त्रिपाल खोज्नु पर्ने भो”

भक्तपुरका विजयी नेतालाई बधाई दिदै ओलीले भने “सरकारले केही गरेन, अब त्रिपाल खोज्नु पर्ने भो”

भक्तपुर, २५ मंसिर । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही काम गर्न नसकेको बताउँदै प्रदेश सभा बोलाउन त्रिपाल खोज्नु पर्ने अबस्था आएको बताउनु भएको छ । आज बालकोट स्थित ओली निवासमा ...

डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी

डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी

डोटी, २५ मंसिर । प्रतिनिधिसभाका लागि एक सिट मात्रै रहेको डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी हुनुभएको छ ।  आले मगर निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई एक हजार ६३२ ...

समानुपातिक मतमा माओवादीको अग्रता

समानुपातिक मतमा माओवादीको अग्रता

जुम्ला, २५ मंसिर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ ।  शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न ...

बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

बर्दिवास, २५ मंसिर । महोत्तरी जिल्लामा तीनवटा प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको छ ।  आइतबार अबेर राति महोत्तरी–१ को क, महोत्तरी–२ को क र महोत्तरी ४ को क प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको ...

तेह्रथुममा वाम गठबन्धनको एकलौटी जित

तेह्रथुममा वाम गठबन्धनको एकलौटी जित

तेह्रथुम, २५ मंसिर । तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले जित हासिल गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा (एमाले)का उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ एमालेका भवानीप्रसाद ...