समाचार

वामपन्थी एकता कम्युनिष्टहरुको लागि कलंकको टिका हो : सिपी गजुरेल

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ असोज १८ बुधबार | १०:५३

वामपन्थी एकता कम्युनिष्टहरुको लागि कलंकको टिका हो : सिपी गजुरेल
काठमाडौं, १८ असोज । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल वीच भएको तालमेल र एकता प्रयासलाई दक्षिणपन्थी र प्रतिक्रियावादी कदमको संज्ञा दिएका छन् । 
 
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष गजुरेलले एमाले र माओवादी केन्द्र वीचको एकतालाई दक्षिणपन्थी एकताको संज्ञा दिएका हुन् । उनले भने,‘यो वाम एकताको प्रयास नै गलत छ, हुन त यो गठबन्धनले केही प्रभाव पार्दैन्, र तीन पार्टीहरु अब दक्षिण पन्थी बाटो हुँदै प्रतिक्रिया करणको बाटोमा अघि बढेका छन्, त्यसैले उनीहरुको मोर्चा प्रतिक्रियाकरणको मोर्चा हो ।’
 
एमाले, माओवादी र नयाँशक्तिले कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउँछौं भनेर जनतालाई ढाँट्ने काम गरेको उनको आरोप थियो । उनले भने,‘यीनीहरुको यो वाम तालमेलबाट कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउने कुरा त परै जाओस्, एकीकृत कम्युनिष्ट पार्टी बन्नेवालापनि छैन् ।’
 
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमालेको सच्चा देशभक्तको खोल पनि अहिले आएर नाँगिएको बताए । उनले भने,‘एमालेको देश भक्तको मुकुण्डो उदागियो, कम्युनिष्टहरुको नाममा कलंकहो, यो त भ्रष्टाचारीहरुको अखडा हो ।’ यद्धपी उनले तीन पार्टीवीचको गठबन्धनले नेपाली राजनीतिमा नयाँ धुव्रिकरण भने ल्याउने विश्वास दिलाए । 
 
त्यस्तै उनले माओवादी केन्द्र जनयुद्धको असली उत्तराधिकारी नभएको समेत आरोप लगाए । उनले भने,‘हुन त माओवादी केन्द्रले हामी नै जनयुद्धको उत्तराधिकारी हो भनेर जनतामा भ्रम पारो, तर यो सब झुठको खेतीहो।’
 
उनले क्रान्तिकारी र देशझत्तहरु सचेत भएर मोर्चावन्दीमा जुट्नुपर्नेमा समेत जोड दिए । उनले भने,‘यो देशमा क्रान्तिकारीहरु शक्तिहरु छन्, त्यसैले अब एक भएर जुट्नुपर्छ ।’ एमाले र माओवादी केन्द्रको एकताको प्रयासले कांग्रेस भित्रपनि समस्या देखा परेको उल्लेख गर्दै कांग्रेसले छट्पटीमा पञ्चहरुलाई खोज्न थालेको उनको गुनासो थियो । 
 
नेता गजुरेलले एमाले र माओवादी केन्द्रको यो गठबन्धन जनता र राष्ट्रको लागि औचित्यहिन रहेको दाबी गरे । उनले भने,‘यो गठबन्धन भ्रष्टहरुको सञ्जालहो, यसले मुलुक र जनताको लागि केही पनि गर्न सक्दैन्, तपाई लेखेर राख्नुहोस्, यहाँ सच्चा कम्युनिष्टहरु छैनन् ।’ उनले नयाँशक्तिका संयोजक डा। बाबुराम भट्टराईले त धेरै पहिल्यैदेखि नै कम्युनिज्म त्यागेको घोषणा गरेकोले उनी पनि यही मोर्चामा आउनु उनको लागि पनि नाँगो भएको आरोप थियो । उनले माओवादी केन्द्रले त एमालेसँग एकता गरेको नभएर आत्मसर्मण गरेको आरोप लगाए । 
 
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

अर्थले रोके पनि जबरजस्ती १५ करोड बाँड्ने खेलमा शिक्षामन्त्री

अर्थले रोके पनि जबरजस्ती १५ करोड बाँड्ने खेलमा शिक्षामन्त्री

काठमाडौ २८ माघ । संविधानतः स्थानीय तहमा विद्यालयको अधिकार हस्तान्तरण भइसकेको अवस्थामा केन्द्रीय सरकारले हचुवाको भरमा बजेट उपलब्ध गराउन नहुने भन्दै अर्थ मन्त्रालयले फाइल फिर्ता गरे पनि उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आफू र आफ्ना ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...