समाचार

लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणको तालमेलमा सकस

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ कार्तिक ७ मंगलबार | ०४:२३

लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणको तालमेलमा सकस
काठमाडौ ७ कार्तिक । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणमा चुनावी तालमेल मिलाउनै सकस परेको छ। निर्वाचन क्षेत्र बाँडफाँटको विषय पेचिलो बनेपछि दोस्रो चरणको चुनावी तालमेल हुने कि नहुने भन्नेमै अन्योल खडा भएको कांग्रेसका एक नेताले बताए। यो खबर कुलचन्द्र न्यौपानेले आजको कान्तिपुरमा लेखेका छन्।
 
पहिलो चरणअन्तर्गत ३२ जिल्लामा राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच चुनावी तालमेल भए पनि दोस्रो चरणअन्तर्गतका मधेसका निर्वाचन क्षेत्रमा चुनावी तालमेल कठिन देखिएको हो।
 
पहिलो चरणको तालमेलमा पनि सहमतिअनुसार कार्यान्वयन नभएको भन्दै कांग्रेस नेताहरू गठबन्धनमा आबद्ध दलसँग असन्तुष्ट छन्। कांग्रेसले नयाँ शक्तिलाई प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ सिट दिएको थियो। त्यस्तै राप्रपा (प्रजातान्त्रिक) लाई प्रतिनिधिसभामा १, राप्रपालाई प्रदेशसभामा २ र संघीय समाजवादी फोरमलाई प्रदेशसभामा १ सिट छाडेको थियो। यीबाहेक तालमेलमा सामेल सबै दलले कांग्रेस उम्मेदवारलाई सघाउने सहमति भएको थियो। त्यसविपरीत राप्रपा, राप्रपा (प्रजातान्त्रिक) संघीय समाजवादी फोरम र नयाँ शक्तिबाटै उम्मदेवार परेपछि कांग्रेस झस्केको छ।
 
कांग्रेस नेता विमलेन्द्र निधिले कांग्रेसले छाडेका बाहेकका निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलबाट उम्मेदवारी नदिने सहमति भएको बताए।
 
‘सहमतिविपरीत केही ठाउँमा उम्मेदवारी परेका छन्, त्यसलाई सम्बन्धित दलका शीर्ष नेताले फिर्ता गराउने भन्नुभएको छ,’ निधिले भने, ‘दोस्रो चरणमा पनि लोकतान्त्रिक गठबन्धनमा रहेका सबै दलबीच तालमेल हुन्छ।’
 
कांग्रेसको मुख्य जनाधार क्षेत्र मधेस हो। त्यही मधेसमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले कांग्रेसले भन्दा आफूहरूले बढी सिट पाउनुपर्ने माग गर्दै आएका छन्। खासगरी प्रदेश २ को सिट बाँडफाँट नै तालमेलका लागि जटिल बनेको छ। राजपा र फोरमले मधेसबाटै प्रतिनिधिसभामा ५५ सिट र प्रदेशसभामा १ सय ३१ सिट पाउनुपर्ने माग गरेका छन् जसमा प्रदेश २ को ३२ निर्वाचन क्षेत्रमा मात्रै २४ सिट प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४८ सिट माग गरेका छन्।
 
सिट बाँडफाँटका लागि गठबन्धनमा आबद्ध दलबीच कार्यदलसमेत गठन गरेको थियो। उक्त कार्यदलका संयोजकसमेत रहेका कांग्रेस नेता निधिले तालमेलमा कुनै सकस नभएको दाबी गरे। ‘कुन दललाई कति सिट भन्दा पनि कुन क्षेत्रमा कुन दलको प्रभाव कस्तो छ, त्यसका आधारमा तालमेल हुन्छ,’ उनले भने, ‘भोलिदेखि (मंगलबार) नै तालमेलका लागि छलफल अघि बढ्छ।’
 
राजपा र फोरमले चुनावी तालेमल गरिसकेका छन्। दुई दलबीच २ नम्बर प्रदेशमा सिट बाँडफाँटसमेत मिलाइएको छ। फोरमले १७ प्रतिनिधिसभा र ३३ प्रदेशको सिट लिने भएको छ भने राजपाले १५ प्रतिनिधिसभा र ३१ प्रदेशसभा लिने सहमति भएको छ। कांग्रेससँग तालमेल गर्दा संयुक्त रूपमा गर्ने उनीहरूको निर्णय छ। राजपा र फोरमले २० सिटभन्दा तल झर्न नसकिने संयुक्त अडान राख्दै आएका छन्। सिट बाँडफाँट मिलाउन कांग्रेस, राजपा र फोरमबीच तिहारका बेला अनौपचारिक छलफलसमेत भएको थियो। त्यस बैठकमा कांग्रेसले प्रतिनिधिसभामा १८ सिट आफूहरूलाई दिन माग गरेको थियो। ‘हामी पचास/पचास प्रतिशत बाँडफाँट गरेर जान तयार छौं, तर कांग्रेसले बढी सिट खोजिरहेकाले सहमति हुन सकेको छैन,’ फोरमका एक नेताले भने, ‘तालमेलको सम्भावना अझै छ। सोमबारै हामी छलफलमा जुट्छौं।’
 
तालमेलमा सहमति नजुटेमा कांग्रेस, राजपा र फोरमबीच शीर्ष नेतृत्वको क्षेत्रमा मात्रै तालमेल गर्ने विकल्पसमेत अघि बढाएका छन्। ‘सहमति जुटेन भने हाम्रा अध्यक्ष मण्डलका नेताहरूका ठाउँमा कांग्रेसले उम्मेदवारी नदिने र हामीले पनि कांग्रेसका सिनियर नेताहरूका ठाउँमा उम्मेदवार नदिने विकल्प पनि आएको छ,’ स्रोतले भन्यो।
 
राजपा महासचिव केशव झाले भने कांग्रेससँग सकारात्मक ढंगले नै वार्ता भइरहेको बताए। ‘तालमेलको सम्भावना अझै छ। पहिलो चरणमा हाम्रो र फोरमबीच तालमेल टुंगिएपछि कांग्रेसँगको तालमेललाई अघि बढाउँछौं,’ उनले भने, ‘सम्भवत: सोमबारदेखि नै कांग्रेससँग छलफल सुरु हुन्छ।’

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

मधेश आन्दोलनमा शहीद भएका लाई ५० लाख दिने राजपाको घोषणा

मधेश आन्दोलनमा शहीद भएका लाई ५० लाख दिने राजपाको घोषणा

मंसीर ८ जलेश्वर । राष्ट्रिय जनता पार्टी नेपालले मधेश आन्दोलनमा शहादत दिएका परिवारलाई ५०–५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । महोत्तरीको जलेश्वरमा पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा राजपाले मधेश आन्दोलनक सम्पूर्ण शहिदलाई प्रति परिवार ५०–५० ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...