समाचार

वाम र लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारको चुनौती

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ कार्तिक ७ मंगलबार | ०४:२८

वाम र लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारको चुनौती
काठमाडौ ७ कार्तिक ।   प्रमुख राजनीतिक दललाई आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा बागी उम्मेदवारीले सताउन थालेको छ। यसैबीच दलहरूले बागी उम्मेद्वार दिएकालाई कारबाहीको तयारी थालेका छन्। प्रमुख दलले आन्तरिक रूपमा बागी उम्मेदवारलाई सम्झाउने तथा फकाएर उम्मेदवारी फिर्ता गराउने प्रयत्न पनि असफल भए कारबाही गर्नेगरी मातहतका कमिटीलाई निर्देशनसमेत दिएका छन्।
 
धेरै जिल्लामा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारविरूद्ध बागी उम्मेद्वार विषयमा आजको नयाँ पत्रिकाले यसरी खबर छापेको छ।
 
रामेछाप : वाम गठबन्धनविरुद्ध माओवादीकै बागी उम्मेदवार
 
वाम गठबन्धनलाई सबैभन्दा ठूलो झड्का रामेछापमा लागेको छ। प्रतिनिधिसभा र प्रदेश सभाका दुईवटै क्षेत्रमा माओवादी केन्द्रका तर्फबाट बागी उम्मेदवार खडा भएका छन्। गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा माओवादीका श्यामकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनको विरुद्धमा माओवादीकै पूर्वसभासद् लक्ष्मी गुरुङले उम्मेदवारी दिएकी छिन्। त्यस्तै, प्रदेश सभाका दुईवटा क्षेत्र एमालेको भागमा परेको छ। क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल र २ बाट कैलाश ढुंगेल उम्मेदवार बनेका छन्।
 
उनीहरूको विरुद्ध पनि माओवादी नेताहरू बागी उम्मेदवार बनेका छन्। क्षेत्र नं. १ मा हेमन्त पौडेल र क्षेत्र नं. २ मा मयनकुमार मोक्तानले उम्मेदवारी दिएका छन्। स्रोतका अनुसार उनीहरूलाई माओवादी केन्द्रकै नेता युवराज चौलागाईं, पेमा लामा, रामकुमार लामा, यशु चौलागाईं, नेत्र लामा, खड्ग घिसिङ, रेम थापा, धनदेवी श्रेष्ठलगायतको पनि समर्थन छ।
 
मनाङ : पहिले भर गरिएका मनाङेबाट नै एमालेलाई डर
 
प्रदेश सभा क्षेत्र नं. २ का लागि एमाले मनाङले दीपक मनाङेको नाम सिफारिस गरेको थियो। नेतृत्वबाट पनि मनाङेले टिकटको आश्वासन पाएका थिए। तर, अन्तिम समयमा एमालेले खाण्ड लामा गुरुङलाई उम्मेदवार बनायो। त्यसका विरुद्ध मनाङेले बागी उम्मेदवारी दिएका छन्। पाँच हजार आठ सय ८० मतदाता रहेको मनाङमा मनाङेले थोरै प्रभाव पार्दा पनि नतिजा तलमाथि हुने डर एमालेलाई छ।
 
ओखलढुंगा : आधिकारिक उम्मेदवार विरुद्ध कांग्रेसकै बागी उम्मेदवार
 
प्रदेश सभाको क्षेत्र नं. २ मा कांग्रेसले जिल्ला सभापति प्रदीपकुमार सुनुवारलाई उम्मेदवार बनाएको छ। तर, टिकट वितरण गर्दा नेतृत्वले गलत निर्णय गरेको भन्दै तरुण दलका जिल्ला सभापति ज्ञानेन्द्र रुम्दालीले पनि उम्मेदवारी दर्ता गरेका छन्। सुनुवारलाई टिकट दिएको विरोधमा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसहितका जिल्लाका ३१ नेता÷कार्यकर्ताले विज्ञप्ति निकालेका छन्।
 
दोलखा : पशुपति चौलागाईंविरुद्ध पुराना एमाले नेता लालकुमार विद्रोही
 
प्रदेश सभाको क्षेत्र नं. २ मा वाम गठबन्धनका तर्फबाट एमाले नेता पशुपति चौलागाईं उम्मेदवार छन्। उनका विरुद्ध एमालेकै पुराना नेता लालकुमार केसीले उम्मेदवारी दिएका छन्। एमालेले टिकट नदिएपछि केसी मालेबाट उम्मेदवार बनेका हुन्। उनी ०५४ मा जिल्ला विकास समितिको सभापति थिए।
 
पूर्वरुकुम : माओवादीकै केन्द्रीय नेता विद्रोही उम्मेदवार
 
वाम गठबन्धनका तर्फबाट पूर्वीरुकुममा प्रतिनिधिसभाका लागि माओवादी केन्द्रकी कमला रोक्का र प्रदेश सभाको क्षेत्र नं. १ बाट माओवादीकै तेजबहादुर ओली उम्मेदवार बनेका छन्। उनीहरू दुवैविरुद्ध माओवादीकै नेताहरू विद्रोही उम्मेदवार बनेका छन्। रोक्काको क्षेत्रमा माओवादीको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तेजेन्द्र खाममगर र ओलीको क्षेत्रमा पुणीराज घर्तीले उम्मेदवारी दिएका छन्। नेतृत्वले पिछडिएको क्षेत्रलाई उपेक्षा गरेर टिकट वितरण गरेको भन्दै स्थानीय केही माओवादी नेताहरूले पनि विद्रोही उम्मेदवारलाई नै साथ दिएका छन्।
 
नुवाकोट : जगदीश्वरनरसिंहविरुद्ध कांग्रेसकै बागी उम्मेदवार
 
कांग्रेसले नुवाकोटको प्रदेश सभा क्षेत्र नं. १ मा जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाएको छ। उनका विरुद्ध कांग्रेसकै बद्री त्रिपाठीले बागी उम्मेदवारी दिएका छन्। कांग्रेस कार्यकर्तामाझ लोकप्रिय रहेका उनी साबिकको मदानपुर गाउँ कमिटीका पूर्वसभापति हुन्। स्थानीय तह निर्वाचनमा त्रिपाठी बेल्कोटगढी नगरपालिकाको मेयरका दाबेदार थिए।
 
लमजुङ : दिलबहादुर घर्तीविरुद्ध द्वारिकाप्रसाद मिश्रको उम्मेदवारी
 
प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका कांग्रेस नेता दिलबहादुर घर्तीविरुद्ध पनि बागी उम्मेदवारी परेको छ। स्थानीय तह निर्वाचनमा समेत बागी उम्मेदवार बनेका द्वारिकाप्रसाद मिश्रले घर्तीविरुद्ध पनि उम्मेदवारी दिएका छन्। कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।
 
जाजरकोट र मुगु : दुई जिल्लाका ६ वटै क्षेत्रमा वाम गठबन्धनका बागी
 
वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतविरुद्ध एमालेका गोविन्दविक्रम शाहले उम्मेदवारी दिएका छन्। शाहको बागी उम्मेदवारी परेपछि एमालेको भागमा परेको प्रदेश सभामा माओवादीले र माओवादीको भाग परेको क्षेत्रमा एमालेले पनि उम्मेदवारी दिएको छ। त्यस्तै, मुगुमा प्रतिनिधिसभा र प्रदेशका सबै सिट एमालेलाई दिएको भन्दै तीनै क्षेत्रमा माओवादीले उम्मेदवारी दिएको छ।
 
संखुवासभा : वाम र लोकतान्त्रिक दुवै गठबन्धनका बागी उम्मेदवार
 
वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका राजेन्द्र गौतम र कांग्रेसका तर्फबाट दीपक खड्का उम्मेदवार छन्। उनीहरू दुवैविरुद्ध स्थानीय कांग्रेस नेता बालकुमार राई र एमालेका डा. गुप्तबहादुर श्रेष्ठ बागी उम्मेदवार छन्। त्यस्तै, प्रदेश सभाका दुवै क्षेत्रमा पनि कांग्रेसका बागी उम्मेदवार खडा भएका छन्।

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

मधेश आन्दोलनमा शहीद भएका लाई ५० लाख दिने राजपाको घोषणा

मधेश आन्दोलनमा शहीद भएका लाई ५० लाख दिने राजपाको घोषणा

मंसीर ८ जलेश्वर । राष्ट्रिय जनता पार्टी नेपालले मधेश आन्दोलनमा शहादत दिएका परिवारलाई ५०–५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । महोत्तरीको जलेश्वरमा पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा राजपाले मधेश आन्दोलनक सम्पूर्ण शहिदलाई प्रति परिवार ५०–५० ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...