समाचार

जाडोका कपडा पर्याप्त नआउँदा मूल्यमा व्यापारीको मनोमानी

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ कार्तिक १६ बिहिबार | १५:३४

जाडोका कपडा पर्याप्त नआउँदा मूल्यमा व्यापारीको मनोमानी
काठमाडौ १६  कात्तिक । महाबौद्धमा नयाँ ज्याकेट किन्न गएकी सीता सुवेदी गत सोमबार रित्तै घर फर्किन्। कारणः मनपर्दो ज्याकेट नपाएर होइन। १५ वर्षकी छोरीलाई पोहोर साल एक हजार ५ सय हालेर किनेको ज्याकेटलाई यसपालि ३ हजार ५ सय मूल्य दिँदा समेत पसलले नदिएपछि उनी फर्किन्।
 
बजारमा हाल सबैखाले जाडोका कपडाको मूल्य छोइ नसक्नु छ। गत वर्ष ३ सयमा पाइने सामान्य टोपीलाई ५ सयमा पनि पाइँदैन भने स्वेटरको दाम एक हजारबाट बढेर २ हजार ५ सयसम्म पुगेको छ। पर्याप्त आयात हुन नपाएकाले केही महँगो भएको व्यवसायीहरु स्वीकार्छन्।
 
नेपाली बजारमा चीनबाट सबैजसो कपडा आयात हुने गर्छ। नेपाल हिमालय सिमापार वाणिज्य संघका अनुसार करिब २ अर्ब बराबरको जाडोका कपडा हरेक वर्ष भित्रने गर्छ। यस वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन परेको हुँदा अन्य वर्षमाजस्तो समयमै आयात हुन नसकेको संघका वरिष्ठ उपाध्यक्ष वच्चु पौडेलले बताए। उनले भने ‘दसैंबाट आयात सुरु हुनुपर्ने कपडा आउन पाएको छैन, जसकारण व्यापारीले स्टकमा भएका थोरै कपडाको मूल्य बढाएर बेचेका हुन सक्छन्।’
 
यस वर्ष छिटै जाडो सुरु भएपनि थप कपडा आइ नसकेको उनले बताए। स्टकमा रहेका कपडाबाट बजार धान्नु परेको हुँदा कपडा केही महँगिन पुगेको व्यवसायीको भनाइ छ। महाबौद्धस्थित सुसिला इम्पेक्सका होलसेल व्यापारी रमेश घिमिरे भन्छन् ‘दसैँ लगत्तै कपडा भित्रिनुपर्नेमा नाकामा सहज आवतजावत नहुँदा सामान उतै अड्केर बसेको छ।’ जाडो सुरु भएपनि न्यानो कपडा अहिलेसम्म नआएको उनले बताए।
 
गत वर्षको स्टकमा थुप्रेको कपडालाई केही व्यापारीले महँगोमा बेचिरहेको उनी स्वीकार्छन्। त्यस्तालाई कारबाही हुनुपर्नेमा उनले जोड दिए। केही व्यापारीले केरुङको बाटोमा अवरोध सिर्जना भएपछि सुमुन्द्री बाटो कोलकत्ता बन्दरगाह हुँदै सामान ल्याइरहेका छन्। त्यो पर्याप्त मात्रामा नरहेको र आइपुग्न पनि ढिलो हुने गरेको उनले बताए।
 
घिमिरेका अनुसार केरुङबाट काठमाडौं  सामान आइपुग्न १५ दिन समय लाग्नेमा कोलकत्ताबाट भने डेढदेखि २ महिनासम्म लाग्ने गर्छ। संघका अनुसार लोड गरिएका दैनिक ३० वटा ट्रक आजबाट आउन थालेका छन्। संघका उपाध्यक्ष पौडेल सामान लोड गरिएका ट्रकहरु केरुङबाट आउन थालेकाले स्थिति केही दिनमै सहज हुने दाबी गर्छन्।
 
उनले भने ‘आजबाट ट्रकहरु आउन दिइएको छ। त्यसैले हप्ता दस दिनभित्रै बजार सहज हुन्छ।’ भूकम्प, नाकाबन्दी जस्ता विगतका घटनाबाट व्यापारीले स्टकमा पर्याप्त कपडा राखेकाले अभाव भने नहुने उनको दाबी छ।बजारमा कपडाको भाउ आकासिएको प्रति उनले भने, ‘केही व्यवसायीले कृत्रिम अभाव देखाएर भाउ बढाएका हुन् भने त्यो गलत हो। संघ त्यसप्रति निकै सचेत छ।’संघको तथ्यांक अनुसार केरुङ नाकामार्फत वार्षिक रुपमा करिब ९० अर्ब मूल्य बराबरका तयारी कपडा, विद्युतीय तथा कस्मेटिक लगायतका सामाग्री आयात हुने गरेको छ।

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

रेनोको वाउ अफर, ८.९९ प्रतिशत व्याजदरमा कार

रेनोको वाउ अफर, ८.९९ प्रतिशत व्याजदरमा कार

काठमाडौ २४ माघ । रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ ।   माघ २४ गतेबाट सुरु भएको योजनामा उपभोक्ताले रेनोका कारहरु किन्दा कम्पनीले ८।९९ प्रतिशत व्याजदरमा फाइनान्स ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...