समाचार

‘हाई प्रोफाइल’लाई बागीको चिन्ता, बिजुक्छेको ‘ब्रेक’

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ कार्तिक १७ शुक्रबार | ०९:१२

‘हाई प्रोफाइल’लाई बागीको चिन्ता, बिजुक्छेको ‘ब्रेक’
काठमाडौ १७ कात्तिक ।    नयाँ संविधान बनेपछिको पहिलो प्रतिनिधिसभा तथा प्रदेश संरचनामा हुन लागेको पहिलो प्रदेशसभा चुनावमा शीर्ष नेताबीचको भिडन्त समेत भइरहेको छ, शीर्ष नेतालाई बागीको चुनौती समेत छ।  यस चुनावमा देखिएका पाँच रोचक पक्षलाई आजको गोरखापत्रमा खबर छापिएको छ।
 
‘हाई प्रोफाइललाई बागीको चिन्ता’
 
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलविरुद्ध पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गरेका छन्। तनहुँ १ बाट टिकटको दाबी गरेका जोशीलाई संसदीय बोर्डले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गरेका हुन्।  राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध पनि महोत्तरी ३ मा बागी उम्मेदवारी दर्ता भएको छ। दोस्रो संविधानसभामा काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिई विजयी चन्द्रेश्वर झाले ठाकुरविरुद्ध उम्मेदवारी दर्ता गरेका हुन्। स्थानीय चुनावअघि झा राजपा नेपालमा प्रवेश गरेका थिए।
 
फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध पनि राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएका थिए। राजपाकै सहयोगमा सप्तरी २ मा यादव उम्मेदवार बनेका हुन्। सङ्घीय समाजवादी फोरमले टिकट नदिएपछि बबन सिंह रौतहट १ मा बागी उम्मेदवार बनेका छन्। २०६४ को संविधानसभा सदस्य निर्वाचनमा पनि सिंहले स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका थिए।
 
सिन्धुलीमा गणेश पहाडीविरुद्ध एमालेकै कुमारबहादुर कार्की र माओवादीका हरिबोल गजुरेलविरुद्ध माओवादी केन्द्रकै रामकुमार पौडेलले उम्मेदवारी दिएका छन्।
 
एमालेको ओतमा हृदयेश
 
एमालेको चुनाव चिह्नमा चुनाव लड्नेगरी सहकार्य गरेका राजपा नेता हृदयेश त्रिपाठी नवलपरासी १ मा उम्मेदवार बनेका छन्। वाम राजनीति हुँदै मधेसी राजनीतिमा सक्रिय त्रिपाठी एमालेको चुनाव चिह्नमा चुनाव लड्न लागेका हुन्। तत्कालीन तमलोपाका संसदीय दलका नेता वृजेश गुप्ता पनि एमालेकै चुनाव चिह्नमा उम्मेदवार बनेका छन्। गुप्ता कपिलवस्तु २ बाट उम्मेदवार बनेका हुन्।
 
विजुक्छेको ब्रेक
 
२०४८ सालदेखि भक्तपुरमा नियमित रूपमा चुनाव लड्दै आएका नारायणमान विजुक्छेको प्रत्यक्ष चुनावी यात्रामा यस पटक ब्रेक लागेको छ।  ५ पटकसम्म भक्तपुरमा जनप्रतिनिधि बनेका बिजुक्छेले यस पटक प्रत्यक्ष चुनावमा मनोनयन नगरेका हुन्। भक्तपुर १ बाट बिजुक्छेको स्थानमा निवर्तमान सांसद प्रेम सुवालले मनोनयन गरेका छन्।
 
दुई दशकपछि सक्रिय राजनीति
 
दुई दशकपछि सक्रिय राजनीतिमा ‘कमब्याक’ गर्दै पूर्वसभामुख दमननाथ ढुङ्गाना भक्तपुर २ बाट उम्मेदवार बनेका छन्। काठमाडौँका स्थायी ढुङ्गाना २०४८ को निर्वाचनपछिका सभामुख थिए। कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा आएका वरिष्ठ अधिवक्ता ढुङ्गानासँग एमालेका युवा नेता महेश बस्नेत प्रतिस्पर्धामा छन्।  पूर्वउद्योगमन्त्री रहेका बस्नेत यसअघि भक्तपुर २ बाटै पराजित भएका थिए।
 
उदय भर्सेस नवराज
 
नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवाल वाम गठबन्धनका तर्फबाट ललितपुर १ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका बनेका छन्। सरकारले प्रहरी महानिरीक्षक नबनाएपछि मुद्दा मामिलाका कारण सिलवाल चर्चामा आएका थिए। आइजीपीका प्रत्याशी सिलवालले एआईजी बढुवामा समेत पर्न नसकेपछि प्रहरी सेवाबाट राजीनामा दिएका थिए। सिलवालसँगको प्रतिस्पर्धामा लोकतानित्रक गठबन्धनबाट उदयशमशेर राणा छन्।

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

मधेश आन्दोलनमा शहीद भएका लाई ५० लाख दिने राजपाको घोषणा

मधेश आन्दोलनमा शहीद भएका लाई ५० लाख दिने राजपाको घोषणा

मंसीर ८ जलेश्वर । राष्ट्रिय जनता पार्टी नेपालले मधेश आन्दोलनमा शहादत दिएका परिवारलाई ५०–५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । महोत्तरीको जलेश्वरमा पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा राजपाले मधेश आन्दोलनक सम्पूर्ण शहिदलाई प्रति परिवार ५०–५० ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...