समाचार

काँग्रेसलाई नै मत किन ?

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ मङ्सिर १० आइतबार | ०९:२०

- शोभाकर पराजुली

काँग्रेसलाई नै मत किन ?
गौतमवुद्ध पछि सबैभन्दा बढि अक्षरहरुद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दुरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली कांगे्रसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रता लगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरु निष्कर्षमा टुंगिएका छन् । नेपालको आधुनिक इतिहास यता आजसम्म हाम्रो देश संक्रमणकालबाट नै गुज्रिरहेको छ । विश्व नै चकित हुने खालका घटना परिघटनाहरुका संख्या दर्जनौँ छन् । 
 
नेपाली जनताको चाहना अनुसार सात दशकसम्मको अनेकौँ बलिदान, संघर्ष, आन्दोलनको परिणाम स्वरुप जनताले चुनेका प्रतिनिधिहरुले निर्माण गरेको संविधान प्राप्त भएको छ । केही त्रुटी, कमी, कमजोरीहरुका वावजुद यो संविधानका आधारमा संशोधनको मार्ग प्रशस्त रहेको अवस्था यसको सुन्दर पक्ष हो । 
 
देश अहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको छ । वास्तवमा यो निर्वाचन सबै नेपालीहरुको उत्सव होइन बरु “महाउत्सव” बनेको यस अवसरमा सबै मतदाताहरुमा कौतुहलता, उत्सुकता, क्रियाशीलता छ कि – कुन दल, कस्ता उमेद्वारलाई मतदान गर्ने ? प्रश्न चानचुने छैन । उत्तर विविध हुन सक्छन् । यो स्वभाविक हो । अहिलेको विषम परिस्थितिमा जनअपेक्षित क्रियाकलापहरु राज्यबाट हुन सकेको देखिँदैन । उत्तम, उत्कृष्ट कोही छैन । तर अंग्रेजीको एउटा भनाइ ूद्यभकत बmयलन तजभ धयचकत (खराबहरुमध्ये उत्तम)” लाई मध्यनजर राख्दै “कांग्रेसलाई नै मत किन ?” भन्ने सन्दर्भमा संक्षिप्त चर्चा गर्ने धृष्टता अघि बढेको छ । 
 
“कांग्रेसलाई नै मत किन ?” यो प्रश्न आम मतदातामा छ, पार्टीका कार्यकर्ताहरुमा छ, तटस्थ मत राख्नेहरुसँग छ । जसले आफ्नो आकांक्षा अनुरुप अवसर पाएनन्, टिकट पाएनन्, तिनीहरुसँग छ, निर्णयमा अन्याय भयो भनेर महसूस गर्नेहरुसँग छ । अर्थात् सबैसामू यो प्रश्न तेर्सिएको छ । यसबारे निर्णयमा पुग्नुपूर्व केही चिन्तन आवश्यक छ । 
 
अहिलको आम नेपालीको चाहना भनेको मानवतावादमा आधारित आर्थिक वृद्धि, स्थीर लोकतन्त्र, बलियो राष्ट्रियता, प्रगाढ सामाजिक सद्भाव नै हो । यो चाहनाका लागि अबको बाटो जन अभिमत अर्थात निष्पक्ष निर्वाचन नै हो, जो हाम्रो संघारमा छ । नेपालमा क्रियाशिल दलहरुमध्ये उपरोक्त उल्लेखित चाहनाको प्राप्तिका लागि नेपाली कांग्रेस नै प्राथमिकतामा पर्नुपर्दछ भन्ने कुरालाई पुष्टि गर्न केही उदाहरणहरु बारे चर्चा गर्नु उपयुक्त नै हुनेछ । 
 
विनोद चौधरी, जो नेपालका एक अन्तर्राष्ट्रिय उद्योगी हुन् । उनी अहिले नेपाली कांग्रेसमा आएका छन् । कांग्रेसमा उनको आवद्धता त्यसै भएको होइन । उनले सामान्य संकेत गरेका भए कुनै पनि दलले उनलाई रेड कार्पेट विछ्याउन सक्थ्यो । उनलाई विगतमा सांसद बनाइसकेको दल नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) नेतृत्वको वाम गठबन्धनले त झन दुई तिहाई बहुमत ल्याउने शंखनाद गर्दैछ । यस्तो अवस्थामा उनी त्यो दलसँग किन विरक्त भए होलान् ? किनभने अहिलेको समय कम्युनिष्ट राजको होइन । माओको चीन पनि उदार लोकतन्त्रतर्फ लम्किरहेको क्षण हो । 
 
नेपाली कांग्रेसले युवापुस्ताका चम्किला ताराहरु बजरंग नेपाली र सकलदेव सुतिहारलाई क्रमशः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष एवं गणतन्त्रवादी नेता महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष एवं संघीयतावादी नेता उपेन्द्र यादवको विजयलाई सुनिश्चित गर्न आफ्नो उमेद्वारी किन फिर्ता गरायो होला ? जवाफ सोझो छ – नेकपा (एमाले) ले देशमा सामुदायिक धु्रवीकरणलाई प्रश्रय दिएको छ । घृणा र निषेधको राजनीतिले आधुनिक समयमा मुलुकलाई ऐक्यवद्ध बनाएर राख्न सँकिदैन । नेपाली कांग्रेसले सामाजिक सद्भावलाई बल दिन चाहन्छ । सँगसँगै कांग्रेसले संसदमा अरु विचारधाराहरु पनि आउन् भन्ने चाहन्छ । भारतमा पनि त्यहाँका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले विपक्षका प्रभावशाली नेताहरुलाई संसदमा ल्याउन उदार दृष्टिकोण राखेका थिए । त्यसैगरी नेपाली कांग्रेसले नेपालको विविधता संसदमा देखियोस् भन्ने चाहेको हो । नेकपा (एमाले) को कारणले सी.के. राउतहरुले मलजल पाइराखेका छन् । नेपाली कांग्रेसले मधेशी राजनीतिका मध्यमार्गी धारलाई राष्ट्रिय, राजनीतिसँग जोड्न चाहन्छ । यस अघि पनि गिरिजाप्रसाद कोइरालाले गजेन्द्रनारायण सिंह प्रतिनिधिसभाको चुनावमा पराजित भएपछि उनलाई राष्ट्रियसभामा ल्याउनु भएको थियो । 
 
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले चुनाव सार्ने देशी विदेशी जालझेल भैरहेको भनेर आशंका छर्ने दुष्प्रयास गरिरहेको अवस्थामा कांग्रेस चाहिँ निर्वाचनका पक्षमा एकटकले अर्जुनदृष्टि राखिरहेको थियो र छ । यसको तात्पर्य भनेको नेपाली कांग्रेस संविधानसभाद्वारा निसृत संविधानको इमान्दार कार्यान्वयन चाहन्छ । तर बाम गठबन्धनले अनेक जालझेल गरेर यो संविधानलाई च्यात्न चाहन्छ । कम्युनिष्ट सत्ताले नेपालको एकता र अखण्डतालाई सुरक्षित राख्न सक्दैन ।
 
भारतको लोकतान्त्रिक संविधान अन्तर्गत चुनिएर आएका प्रतिनिधिहरुले त्यहाँको पश्चिम बंगाल राज्य (कम्युनिष्ट) मा शासन गर्दाका बखत त एउटा व्यक्तिले आफ्नो निजी घर बनाउन आवश्यक पर्ने निर्माण सामग्री छड, सिमेन्ट लगायत किन्न पनि पार्टीले अनुमति दिएको पसलबाट मात्र किन्नु पथ्र्यो ।
 
अहिलेको समाजवाद भनेको प्रत्येक नागरिकको पहिचान र सम्मान, समावेशी राज्य संरचना, सार्थक संघीयता, सामाजिक न्यायको प्रत्याभूति, सहिष्णुता, खुला समाज, वैयक्तिक सम्पत्तिको सुरक्षा, उदार लोकतन्त्र र सामाजिक सद्भाव हो । यसको सार्थक कार्यान्वयन एवं समय सापेक्षित परिस्कार गर्ने कार्य नेपाली कांग्रेसको नेतृत्वले मात्र गर्न सक्छ । तपाई अध्याँरो कोठामा बस्ने कि उज्यालो भएको कक्ष रोज्ने ? चम्किलो कोठामा एउटा सुइ खस्दा पनि तपाईंले बोल्ने र औँला उठाउने स्वतन्त्रता पाइराख्नुहुन्छ । त्यसैले जनमतले कांग्रेसलाई रोज्नुपर्छ ।
 
अहिले नव महेन्द्रपथ जन्मँदैछ । लोकतन्त्रलाई झ्याकझुक पार्ने तानाबाना बुन्दैछ । बाम गठबन्धनले संविधान संशोधन गरेर चिनिया मोडेलको पार्टीतन्त्र र शासनतन्त्र ल्याउने कुरा उजागर भइसकेको छ । यस्तो बेलामा टिकट पाइएन भनेर मौन बस्ने बेला होइन । काँग्रेसको पक्षमा प्रचारमा होमिने बेला हो । यो देश र लोकतन्त्रको लागि सक्रिय हुने अवसर हो । 
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

नेपालमा गरीबीको बहस

नेपालमा गरीबीको बहस

  नेपालको संविधान २०७२ ले कुनै पनि नेपाली जनता आर्थिक, सामाजिक, राजनीतिक तथा भौगोलिक कारणले विभेद, शोषण तथा अपहेलनामा नपरुन् भन्ने मर्मलाई आत्मसात गरेको छ । लोकतान्त्रिक प्रणाली र पद्दति सहितको समतामूलक, शान्त र समृद्ध समाज ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...