समाचार

राजेन्द्र महतोले : भन्यो निर्धक्क भएर राजपाको पक्षमा मतदान गर्नुस

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ मङ्सिर १७ आइतबार | १४:५३

राजेन्द्र महतोले : भन्यो निर्धक्क भएर राजपाको पक्षमा मतदान गर्नुस
जनकपुर १७ मंसीर । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफू विमलेन्द्र निधिसंग होइन उहाँको मालिकसंगै लडिरहेको बताउनु भएको छ । जनकपुर उपमहानगरापालिका वडा नम्बर १६ कपिलेश्वरमा आइतबार चुनावीसभलाई सम्बोधन गर्दै महतोले निर्धक्क भएर राजपाको पक्षमा मतदान गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो डर धम्कीको परवाह नगर्नुस म निधिको मालिकसंगै लडिरहेको छु । आफूलाई बहरिया भनेर खिल्लडी उडाइदैछ म बहरिया भन्दैमा चुनावपछि भाग्ने बाला छैन मधेशी जनताको अधिकारको हत्या गर्ने हत्यारालाई भगाएर देखाउँछु उहाँले अगाडी थप्नुभयो ।
 
उहाँले मधेशी जनताको हत्या गर्ने हतियारालाई यस पटकको निर्वाचनमा राम्रै इनाम प्राप्त हुने बताउँदै अब उनीहरुलाई बाई बाई गर्ने बेला आईसकेको टिप्पणी गर्नुभयो ।
 
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनु भएका महतोले जनकपुरधाम लाई मधेश प्रदेशको राजधानी बन्नबाट कसैले रोक्न नसक्ने दावी गर्नुभयो । उहाँले प्रदेश नम्बर २को राजधानी जनकपुर मात्रै होइन मधेश सरकार पनि बन्ने दावी गर्नुभयो । मधेश सरकार गठन भए लगत्तै जनकपुरधाम प्रदेश नम्बर २ को राजधानी बन्ने दावी गर्नुभयो ।
 
जनकपुरमा अपराधीकरणलाई टिक्न नदिने दावी गर्दै महतोले आफू यस क्षेत्रबाट उम्मेदवारी दिएकोले यो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी पनि आफ्नो काँधमा आएको स्पष्ट पार्नुभयो । सभामा महतोले सम्पूर्ण मधेश आन्दोलन र मधेशको पक्षमा लाग्न आग्रह गर्नुभयो । मधेश आन्दोलनको पक्षमा साथ दिइए मात्रै मधेशी जनताको जीत हुने उहाँको भनाई थियो ।  
 
सभामा राजपाबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ख प्रदेश सभा उम्मेदवार परमेश्वर साह, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायतका वक्ताहरुले बोल्नु भएको थियो । सो कार्यक्रममा नेपाली कांग्रेस पार्टी परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ता राजपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई नेता महतोले अबिर माला लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।
 
महतोल आइतबार नै जनकपुर उपमहानगरपालिका अन्तरगत रामपुर, मुखियापटी मुसहरनिया गाउँपालिकामा समेत चुनावी सभालाई सम्बोधन गर्नु भएको छ ।
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती : प्रधानमन्त्री

भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती  :  प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर ।  प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती भएकाले सबै मुलुक मिलेर यसको सामना गर्नुपर्ने बताउनुभएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार ...

जानकारी

ट्वीटर

English News

Nepal wins federal election in Kathmandu constituency -2

Nepal wins federal election in Kathmandu constituency -2

Kathmandu, Dec 9 : Madhav Kumar Nepal, the common candidate of the leftist alliance has become victoriousin the House of Representatives election from Kathmandu constituency-2 by securing 27, 366 votes.    His closest competitor, Deepak Kuinkel of ...

Upendra secures seat in federal parliament from Saptari-2

Upendra secures seat in federal parliament from Saptari-2

Saptari, Dec 9 : Upendra Yadav, chairman of Federal Socialist Forum Nepal, has won the election from the Saptari constituency-2 with a huge margin of votes. The District Election Office, Saptari has confirmed his landslide ...

Elections happening in difficult time is achievement: EU

Elections happening in difficult time is achievement: EU

Kathmandu, Dec 9  . The European Union (EU) election observation team has said the election taking place in a peaceful manner within a difficult deadline is an achievement.  The EU team stated this while releasing its ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ३५०० मतले पछाडि

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल   ३५०० मतले पछाडि

तनहुँ, २३, मंसिर ।  नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल वाम गठबन्धनका उम्मेदवारभन्दा तीन हजार ५७० मतले पछाडि पर्नुभएको छ ।  पछिल्लो मत गणना अनुसार कँंग्रेसका ...

चितवन ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै

चितवन ३ मा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै

चितवन, २३ मंसिर । चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ ।  आज साँझ ५ बजेसम्म १० हजार ३९४ मत गणना गर्दा दाहालले छ हजार १२५ मत ...

काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अघि बढ्छौँः नेता नेपाल

काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अघि बढ्छौँः नेता नेपाल

काठमाडौँ, २३ मंसिर । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा संक्रमणकालीन समयको चाँडो अन्त्य भई अब देश नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।  काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि ...

गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी धेरै

 गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी धेरै

काठमाडौँ, २२ मंसिर  । सीमा राना   अहिले २० वर्षकी भइन् । उनी काठमाडौँकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । थापाथलीस्थित प्रसुति गृहमा भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन् । अविवाहित उनले ...

शनिबारदेखि काठमाडौँमा मानव अधिकार राष्ट्रियको महाभेला

शनिबारदेखि काठमाडौँमा  मानव अधिकार राष्ट्रियको महाभेला

काठमाडौँ, २२ मंसिर । नवौँ मानव अधिकार राष्ट्रिय महाभेला शनिबारदेखि काठमाडौँमा शुरु हुने भएको छ । यही मंसिर २५ गतेसम्म डिल्लीबजारको नेपाल सांस्कृतिक संघमा हुने उक्त महाभेलाको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । आगामी सोमबार ...