समाचार

समृद्धिको सपना कांग्रेसले मात्र पूरा गर्न सक्छ : अर्बपति उद्योगी विनोद चौधरी

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ मङ्सिर १८ सोमबार | १०:२५

समृद्धिको सपना कांग्रेसले मात्र पूरा गर्न सक्छ : अर्बपति उद्योगी विनोद चौधरी
परासी, १७ मंसिर । उद्योगपति विनोद चौधरीलाई यस पटकको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन दुवै सदनको सदस्यको लागि प्रत्यक्षतर्फका उठेका उम्मेद्वारहरुलाईभन्दा पनि बढी लागेको छ । नेपाली कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिको संयोजकको जिम्मेवारी सम्हालेदेखि नै कहिले प्रधानमन्त्री शेरबहादुर देउवासंगै नेपाली कांग्रेसको राष्ट्रब्यापी चुनावी प्रचार अभियानमा संलग्न हुनुभएको छ त कहिले नेपाली कांग्रेस कै महामन्त्री सशांक कोइरालाको साथमा जिल्ला जिल्ला पुग्नु भएको छ, कहिले नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणको साथमा उहाँ देखिनुहुन्छ त कहिले आफ्नो उद्योगी र व्यापारी समुदायकाबीच यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र नेपाली कांग्रेसलाई विजयी बनाउनु पर्ने एजेण्डा सहित देखा पर्नुहुन्छ ।
 
उद्योगपति तथा नेपाली कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिका संयोजक चौधरी आइतबार एकै दिन परासीको बुद्धचोक तथा नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा सहभागी हुनुभयो । उहाँ  नवलपुरकै दलदलेमा घरदैलो अभियानमा पनि जुट्नुभयो । कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभाका लागि त्यस क्षेत्रका उम्मेद्वार डा. सशांक कोइरालासँगै उहाँ घरदैलो अभियानमा सहभागी हुनुभएको हो । 
 
निर्वाचनको मौन अवधिमा चुनाव प्रचारमा सहभागी हुन नपाइने भएकाले भ्याइ–नभ्याइ गरी कार्यक्रममा सहभागी हुनु परेको चौधरीले बताउनुभयो । धेरै स्थानमा पुग्ने चाहना र आवश्यकता दुवै भएपनि समयको पावन्दीले सम्भव नभएको चौधरीले बताउनुभएको छ । 
 
परासीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आर्थिक समृद्धि र विकासको अभियानमा नेपाली कांग्रेस अगाडि बढिसकेको भन्दै आफ्नो अमूल्य मत दिएर नेपाली कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गर्नुभयो । 
 
उहाँले आर्थिक समृद्धिको सपना लोकतन्त्रमा मात्र साकार पार्न सकिने र त्यसको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्ने बताउनुभयो । 
 
२०४८ सालमा नेपाली कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले २०५१ सालसम्मको अवधिमा नेपालमा उल्लेख्य ढंगले विकास भएको उदाहरण प्रस्तुत गर्दै राजनीतिक आन्दोलन सफल पारी संविधान निर्माण गरेर प्राप्त उपलब्धिलाई संस्थागत गर्ने काममा नेपाली कांग्रेस २००७ सालदेखि नै सफल प्रमाणित भएकोले आर्थिक समृद्धिको नेतृत्व पनि कांग्रेसले सफल ढंगले गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 
 
उद्योगपति चौधरीले लोकतन्त्रको पुनरोदयपछि बनेको नेपाली कांग्रेसको सरकारले ल्याएको आर्थिक नीतिले समग्र देश र जनताको जीवनपद्धतिमा ल्याएको परिवर्तनको उल्लेख गर्दै भन्नुभयो,‘त्यसपछिको अवधिमा भएको सरकार परिवर्तन र राजनीतिक अस्थिरताका बाबजुद पनि आर्थिक एवं सामाजिक क्षेत्रमा नेपालले गर्दै गएको सुधार कांग्रेसले लिएको सोही नीतिको परिणाम  हो ।’
 
कावासोतीमा आयोजित कार्यक्रममा उहाँले नेपाली कांग्रेसले हालै सार्वजनिक गरेको सामाजिक र आर्थिक विकासको मार्गचित्रले भविष्यको समृद्ध नेपालको खाका कोरेको भन्दै यसको सफल कार्यान्वयनका लागि कांग्रेसको विकल्प खोज्न नहुने दाबी गर्नुभयो । 
 
चौधरी संयोजक रहेको नेपाली कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिले सामाजिक एवं आर्थिक मार्गचित्र तयार गरी सार्वजनिक गरिसकेको छ । सोमबार उहाँ रुपन्देही, तनहुँ र सुनसरीका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम रहेको छ ।
 
उद्योगपति चौधरीको यो सक्रियता राजनीतिक स्वतन्त्रता  र आर्थिक उदारीकरणको खुला वातावरणमा मौलाउदै गरेको नेपालको आर्थिक विकास र हुर्कदै गरेको निजी क्षेत्र कम्युनिष्ट अधिनायकवाद र तानाशाही राजनीतिक व्यवस्थाको बन्द आर्थिक व्यवस्थातिर नजाओस् भन्ने राजनीतिक र आर्थिक स्वतन्त्रताका पक्षधर सम्पूर्ण नेपालीको अधिकार रक्षाका लागि गरिएको एक स्वस्थ र प्रजातान्त्रिक पहल पनि हो ।

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दै

राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दै

काठमाडौ २२ माघ ।   नेपाल राष्ट्र बैंकले आज ५ अर्ब १६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।  यसका लागि दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ। बिक्री गरिने कुुल ट्रेजरीमध्ये २८ दिने अवधिको ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...