समाचार

प्रदेश नं.२ को निर्वाचन सम्पूर्ण तयारी पुरा, यस्ता छन प्रदेश नं. २ मा हैवीवेट उम्मेदवारहरु

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार | १५:०३

- गोविन्द महतो

प्रदेश नं.२ को निर्वाचन सम्पूर्ण तयारी पुरा, यस्ता छन प्रदेश नं. २ मा हैवीवेट उम्मेदवारहरु
जनकपुरधाम, २० मंसिर  । २ नं. प्रदेश सहित दोश्रो चरण अन्तर्गत भोली हुन लागेको निर्वाचनको सम्पुर्ण तयारी पुरा पूरा भएको छ । २ नं. प्रदेशका अतिरिक्त प्रहरी महानिरिक्षक विजयलाल कायस्थले सरकारले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेको जनाउँदै मतदाताहरुको सुरक्षाको लागि आवश्यक सुरक्षाको प्रबन्ध गरिएको पनि स्पष्ट पारेका हुन् ।
 
उनले भने, ‘आम मतदाताहरुको सुरक्षाको लागि सरकारले आवश्यक सुरक्षाको प्रबन्ध गरिसकेको छ, सुरक्षाकर्मीहरुलाई परिचालन गरिसकेको छ, म यहीबाट जनताहरुमा अपिल गर्न चाहन्छु कि ढुक्क भएर आफ्नो मत हाल्नुहोस् ।’ कायस्थले २ नम्बर प्रदेशका आम मतदाताहरु मत हाल्नको लागि उत्साहित रहेको बताउँदै भने, ‘मतदाताहरु स्वयम्ले मोहोर लगाउन हामी आँतुर छौं भने, सरकारले सबै मतदान केन्द्रहरुमा शान्ति, निश्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरेको छ, यही अनुसार मतदान सम्पन्न हुन्छ ।’ उनले निर्वाचन सुरक्षाको पहिलो आधार नै जनताहरुको उत्साह भएको स्पष्ट पारे ।
 
गृहमन्त्रालयले निर्वाचन सुरक्षाको लागि केन्द्रीय सुरक्षा नीतिअनुसार नै प्रदेश नं. २ को जिल्ला स्तरमा सुरक्षा योजना कार्यान्वयन गरिसकेको र सोहीअनुसार पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा नेपाली सेना र राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरीलाई घटाईएको महानिरिक्षक कायस्थले जानकारी दिए ।
 
यो वर्ष निर्वाचन वर्ष भएकोले प्रदेश र प्रतिनिधिसभा पहिलो चरणको निर्वाचन सम्पन्नले भोली प्रदेश र प्रतिनिधि सभाको दुई वटा निर्वाचनको सफल रुपमा सम्पन्नताको सुनिश्चित गर्ने विश्वास गर्दै आयस्थले भने, ‘त्यसैले यो निर्वाचनको मतदान प्रक्रियालाई सम्पन्न गर्नको लागि आम मतदाताहरुको उल्लेखनीय सहभागिता होस् र सबै दलहरुको पनि जिम्मेवारी हो ।’
 
आज हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि जनकपुरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने र पूर्वाधार विकास गर्ने कुरा मूख्य एजेण्डाको रुपमा अगाडि सारिएको छ । संविधान कार्यान्वयनका लागि मुलुकमा पहिलो पटक भइरहेको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा मतदान गर्न मतदाता आतुर देखिन्छन् । आजको निर्वाचनले मुलुकको स्थायित्व र समृद्धिको बाटो खुल्नेमा स्थानीयको विश्वास छ । धनुषामा प्रतिनिधिसभामा ४ र प्रदेशमा ८ निर्वाचन क्षेत्र रहेका छन् । स्वतन्त्र सहित ८३ जना उम्मेदवारहरु प्रतिनिधि र १ सय २० जना प्रदेशसभा सदस्यका लागि प्रतिष्पर्धामा छन् । धनुषामा ४ लाख ४ हजार ६ सय ७६ मतदाता रहेको निर्वाचन कार्यालयको तथ्यांक छ । आजको निर्वाचनका लागि धनुषामा ५ सय ४८ मतदान केन्द्र रहेको छ भने, ४ हजार ३ सय ८४ जना कर्मचारी परिचालन गरिएको छ । मतदातालाई निर्धक्कका साथ मतदानमा सहभागी हुन जिल्ला निर्वाचन कार्यालय धनुषाले अनुरोध गरेको छ । 
 
भोली हुन लागेको ३२ प्रदेशसभा र ६४ प्रतिनिधिसभा निर्वाचनकाका लागि प्रदेश नं. २ मा ८ सय ५४ प्रतिनिधिसभा र १ हजार ४ सय १२ प्रदेशसभा उम्मेदवारले उम्मेदवारी दिएका छन् । प्रदेश नं. २ को सप्तरीमा ३ लाख ४६ हजार २ सय १४ मतदाताका लागि ४ सय ७९ मतदान केन्द्र तोकिएको छ । यसैगरी सिरहामा ३ लाख ४४ हजार ३ सय ७१ मतादाताको लागि ४ सय ३६ मतदान केन्द्र, धनुषामा ४ लाख ४ हजार ६ सय ७६ मतदाताका लागि ५ सय ४८ मतदान केन्द्र, महोत्तरीमा ३ लाख १७ हजार ६ सय ९२ मतदाताका लागि ४ सय २६ मतदान केन्द्र तोकिएको छ । 
 
यसैगरी सर्लाहीमा ३ लाख ८५ हजार ५ सय ९१ मतदाताका लागि ५ सय १६ मतदान केन्द्र, रौतहटमा ३ लाख २९ हजार ९ सय ६१ मतदाताका लागि ४ सय ४९ मतदान केन्द्र, बारामा ३ लाख ४९ हजार ९ सय ४६ मतदाताका लागि ४ सय ७५ मतदान केन्द्र र पर्सा जिल्लामा २ लाख ८९ हजार ५४ मतदानका लागि ३ सय ५१ मतदान केन्द्रको निर्धारण गरिएको छ । 
 
तराईको प्रदेश नं. २ मा मुख्यतया ठुला हैवीवेट नेताहरुको उम्मेदवारी परेको छ । सप्तरीको क्षेत्र नं. ३ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनको तर्फबाट उमेश यादवको प्रतिस्पर्धा हुने भएको छ । यसैगरी सिरहाको क्षेत्र नं. ३ राजपा नेपालका अध्यक्ष मण्डलका एक सदस्य राजकिशोर यादव र वाम गठबन्धनका तर्फबाट अजयशंकर नायक दुई हैवीवेट बीच प्रतिस्पर्धा हुदैछ । 
 
यसैगरी धनुषाको क्षेत्र नं. ३ मा राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट राजेन्द्र महतो र नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिबीच प्रतिस्पर्धा हुदैछ । महोत्तरीबाट राजपा नेपालका अध्यक्ष मण्डलका दुई जना चुनावी मैदानमा ओर्लिएका छन् । महोत्तरीको क्षेत्र नं. ३ बाट राजपाका महन्थ ठाकुर र स्वतन्त्र उम्मेदवार चन्देश्वर झा बीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
 
यसैगरी महोत्तरीकै प्रदेश नं. २ मा शरत सिंह भण्डारी र नेपाली काँग्रेसका नेत्री किरण यादवबीच प्रतिस्पर्धा हुदैछ । यसैगरी महोत्तरीकै क्षेत्र नं. १ मा वाम गठबन्धनको तर्फबाट गिरिराजमणि पोखरेल र सघंीय समाजवादी फोरम नेपालका लक्ष्मी महतोबीच प्रतिस्पर्धा हुदैछ । 
 
यसैगरी सर्लाहीमा राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव, रौतहटमा अनिल झा, बारामा माओवादी केन्द्रका प्रभु साह र पर्सामा राजपाका उपाध्यक्ष लक्ष्मण लालकर्ण चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । 
 
 
 
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

प्रदेश २ मा सरकारको नेतृत्व आलोपालो गर्ने राजपाको प्रस्ताव, फोरमले गर्‍यो अस्वीकार

प्रदेश २ मा सरकारको नेतृत्व आलोपालो गर्ने राजपाको प्रस्ताव, फोरमले गर्‍यो अस्वीकार

काठमाडौँ, २३ माघ ।  राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०ले २ नम्बरको प्रादेशिक सरकारमा आलोपालो गर्ने प्रस्ताव संघीय समाजवादी फोरम नेपाल समक्ष राखेको छ।  सरकार गठनका विषयमा मंगलबारबाट औपचारिक छलफल सुरु गरेका दुई मधेसकेन्द्रित दलको बैठकमा ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...