समाचार

निर्वाचनमा ज्येष्ठ नागरिकदेखि किशोरकिशोरीको उत्साहपूर्ण सहभागिता

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार | १०:२६

निर्वाचनमा ज्येष्ठ नागरिकदेखि किशोरकिशोरीको उत्साहपूर्ण सहभागिता
काठमाडौँ, २१ मंसिर . प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा किशोर÷किशोरीदेखि ज्येष्ठ नागरिकसम्मले उत्साहपूर्ण सहभागिता जनाई मतदान गरेका छन् । ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिका लागि लाममा नबसीकनै मतदान गर्ने व्यवस्था मिलाइएको हुँदा उनीको उत्साहपूर्ण सहभागिता देखिएको हो । 
 
काठमाडौँ रत्नराज्यलक्ष्मी माविमा रहेको केन्द्रमा मत हाल्न आउनुभएकी स्थानीय ९१ वर्षकी ज्येष्ठ नागरिक मुनादेवी भट्टराईलाई मत हाल्न पाउँदा निकै खुशी लागेको छ । “भोट हालें, खुशी लाग्यो, भताभुङ तरिकाले बन्ने भन्दा पाँच वर्षका लागि विकास गर्ने दिगो सरकार बनोस्” – मतदान गरेर फर्कनुभएकी भट्टराईले उत्साही भएर प्रतिक्रिया दिनुभयो । 
 
सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाइएकामा निकै खुशी देखिनुभएका उहाँले थप्नुभयो, “भोट हाल्न नजाऔँ जस्तो विचार आउने हामीजस्ता बूढाबुढी सबै भोट हाल्न गएनन् भने धेरै भोट कम हुन्छ, विकास गर्ने नेताले हार्लान् भनेर आएको ।” 
 
मत हाल्न आउनुभएका ८७ वर्षीय मणि सिंह ठकुरीले पनि भोट हाल्न पाएकामा खुशी प्रकट गर्नुभयो । “जनता र यो ठाउँको विकास गर्ने उम्मेदवारलाई भोट हालें” – आफूले जीवनमा धेरै पटक नेतालाई भोट हालेको तर यसपालि चाहिँ विकास गर्ने खालको उम्मेदवारलाई मत हालेको सुनाउँदै उहाँले भन्नुभयो । 
 
त्यस्तै, सोही मतदान केन्द्रमा मत हालेर फर्कनुभएका ७६ वर्षीय पञ्चनारायण महर्जनले जनप्रेमी र विकासप्रेमी उम्मेदवारलाई मत हालेको प्रतिक्रिया दिनुभयो । “मैले मत हालेर आएँ, जनताको दुःख, समस्या बुझ्ने र यो ठाउँको विकास गर्ने नेतालाई भोट दिएँ” – हँसिलो मुहारमा उहाँले सुनाउनुभयो । 
 
ज्येष्ठ नागरिक मात्र होइन, पहिलो पटक मतदान गर्ने अवसर पाएका किशोरकिशोरी पनि मतदान गर्न पाएर दङग देखिए । चाबहिल बहुमुखी क्याम्पस केन्द्रमा रहेको मतदान केन्द्रमा मतदान गर्ने लाममा बस्नुभएकी १७ वर्षीय मनिशा काफ्लेले भन्नुभयो – “खुशी लागेको छ मत हाल्न पाउँदा । आफैँले चुनेको उम्मेदवारलाई आफ्नै हातले भोट हाल्न पाउँदा छुट्टै आनन्द हुन्छ ।” 
 
मनिशाजस्तै पहिलो पटक मत हाल्नुभएका १८ वर्षीय रमेश श्रेष्ठलाई पनि पहिलो पटक मतदान गर्न पाएकामा खुशी लागेको छ । उहाँले भन्नुभयो – “भोट नहाल्दा कसरी हाल्ने होला जस्तो लागेको थियो, तर सजिलो नै हुँदो रहेछ । आफ्नो उम्मेदवारलाई भोट हालें । खुशी लाग्यो ।” 
 
मत हाल्ने आफ्नो नैसर्गिक अधिकारको सदुपयोग गर्दै ज्येष्ठ नागरिकदेखि किशोरकिशोरीले आज मतदानमा सक्रिय सहभागिता जनाए । नेपालको संविधानमा तीन तहको सरकारको व्यवस्था गरिएको छ र स्थानीय तहको निर्वाचनपछि आज दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ४५ जिल्लामा भइरहेको छ । 
 
प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि दुई हजार ८१९ गरी कूल चार हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार खडा भएका छन् । कूल एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताका लागि सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्र तोकिएका छन् । 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

स्थानीय तहमा नगए कर्मचारीले तलब नपाउने

स्थानीय तहमा नगए कर्मचारीले तलब नपाउने

बागलुङ, २८ माघ । स्थानीय तहमा नपुगी जिल्लामै बसेर काम गरेका आधारमा कर्मचारीले तलब नपाउने भएका छन् । स्थानीय तह गठन भएको महिनौँ बित्दा पनि कर्मचारी कार्यक्षेत्रमा नगएपछि यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिले जनाएको ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...