समाचार

प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ : मन्त्री यादव

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ मङ्सिर २८ बिहिबार | १३:११

प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ  : मन्त्री यादव
 काठमाडौ २८ मंसिर ।  खानेपानी तथा सरसफाईमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले मुलुकलाई निकास दिन र संविधान कार्यान्वयनको अग्रगमन पथलाई सही ढंगले डोर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्रै सक्ने भएकोले दाहाललाई प्रधानमन्त्री स्विकार्न आफूहरु तयार रहेको स्पष्ट पारेका छन् । 
 
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले मुलुक अग्रगमनको बाटोमा अघि बढिसकेकोले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने परिवर्तनका उपलब्धिहरु सबै गुम्नसक्ने आरोप लगाए । 
 
उनले थपे,‘निर्वाचन भएर मुलुक संविधानको पूर्ण कार्यान्वयनको चरणमा छ, यो अग्रगमनको बाटो अब अघि बढिसक्यो, अब पछि हट्ने कुनै संभावना छैन, उत्ताउलो भएर केही चल्दैन, परिवर्तनका एजेण्डाहरुलाई संस्थागत रुपमा कार्यान्वयन गर्न पनि माओवादी केन्द्रले अब ‘गार्जियन’ को भूमिका निर्वाह गर्नुपर्छ, उहाँहरुकै कारणले संघीयता, गणतन्त्र, समावेवशीजस्ता परिवर्तनका मुद्दाहरु स्थापित भएका छन्, माओवादी एमालेको पीछलग्गु हुनुहुँदैन, किनकी एमाले त यी सबै उपलब्धिहरु गुमाउने तरखरमा छ।’
 
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री यादवले एमालेले उपलब्धिलाई गुमाउन सक्ने आरोप लगाउँदै त्यसबाट बचाउनको लागि पनि देशको अभिभावकको भूमिकामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउनुपर्ने धारणा राखे । ‘प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो भने सबैलाई समेटेर लैजान सक्नुहुन्छ, परिवर्तनकारी उपलब्धिहरु संस्थागत हुन्छन्, उहाँबाट मात्रै यी उपलब्धिहरु रक्षा हुन सक्छन्, उहाँ आँफै प्रधानमन्त्रीको रुपमा अघि बढ्नुपर्छ, हाम्रो पूर्ण समर्थन रहन्छ।’
 
उनले एमाले अध्यक्ष ओलीलाई भड्काउ नेताको रुपमा चित्रण समेत गरे । यादवले थपे,‘ओलीजी अतिवादी कुरा गर्ने नेता हो, उहाँ दुई वटा कुरा गर्नुहुन्छ, देशलाई त अहिले सबैलाई मिलाएर लैजान सक्ने नेता चाहिएको छ, त्यो भनेको प्रचण्ड हो, उहाँलेमात्रै सबैलाई मिलाएर लैजान सक्नुहुन्छ भन्ने हाम्रो विश्वास हो।’
 
उनले विगतमा प्रचण्डको भूमिकाले पनि सबैलाई समेटेर लैजान सक्ने विश्वास पैदा गरिसकेकोले अब पनि मुलुकलाई उनकै नेतृत्वमा वा अभिभावकीय भूमिकामा प्रचण्ड नै आउनुपर्ने जिकिर गरे । यादवले भने,‘प्रचण्डजी सहनशील, अनुभवी, स्थिर, नआँत्तिने र मुलुक र जनताप्रति अति नै संवेदनशी र जिम्मेवार नेता हुनुुहुन्छ, त्यसैले उहाँ गार्जियन बन्नुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ।’
 
यादवले निर्वाचनमा कांग्रेसले पराजय भोग्नुको प्रमुख कारण नै आफूहरुले हिमाल, पहाड र तराईलाई मिलाएर लैजान खोज्नुले भएको उल्लेख गर्दै भने,‘कांग्रेस हार्नुको प्रमुख कारण भनेको नै हामीले सबैलाई मिलाएकोले हो, हामीले कतैपनि अतिवादी कुरा गरेनौं, एमालेले पहाडको अतिवादी कुरा गर्यो, मधेशवादी दलहरुले मधेशको अतिवादी कुरा गरे, तर हामीले सबैलाई मिलायौं, यही कारणले पराजय भोग्यौं, सबैलाई मिलाउनुपर्छ भन्ने कांग्रेसको हार भयो, तर अतिवादीहरुको विजयी भयो, हामी आँत्तिएका छैनौं।’
 
नेता यादवले कांग्रेसभित्र अहिले बाहिर चर्चा भएजस्तो कुनै विवाद र मतभेद नरहेको समेत जिकिर गरे । ‘पार्टी सभापति शेरबहादुर देउवाजीको विकल्प छैन, त्यतिमात्रै होईन अहिले कुनै विशेष महाधिवेशनको पनि आवश्यक नै छैन’–उनले थपे।मन्त्री यादवले चुनावको समिक्षा र भावी रणनीति तय गर्नेबारे बरु छिट्टै महासमिति बैठक बस्ने र उक्त बैठकले पार्टीलाई कसरी सुधार गरेर लैजाने भन्नेबारे छलफल हुने जानकारी दिए । 
 
युवा नेता गगन थापाप्रति लक्षित गर्दै यादवले भने,‘युवा भनाउँदा कुनै पनि नेताहरुले भनेजस्तो अहिले नेतृत्व परिवर्तन हुँदैन, यो उनीहरुको व्यक्तिगत विचार हो, पार्टीमा अहिले देउवाको विकल्प नै छैन, म दाबाका साथ भन्छु, अर्को महाधिवेशन नहुँदासम्म देउवाजी नै सभापति हो, गगन थापाले एक्लै हटाउने हो र ? गगन थापामात्रै युवा होईन, म पनि त युवा नै हो नि।’
 
अहिलेको चुनावमा कुनैपनि दलको स्पष्ट बहुमत नआएको उल्लेख गर्दै यादवले भने,‘कुनैपनि दलको स्पष्ट बहुमत आएको छैन, एमालेको बहुमत आयो भनेर हल्ला फैलाईएको छ, बाम गठबन्धनको  वा कम्युनिष्टहरुको दुई तिहाई आएको भनिएको छ, समानुपातिक मतपरिणामको रुझान हेर्दा कांग्रेस नै दोस्रो ठूलो दल बन्छ।’
 
यादवले नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच बनेको बाम गठबन्धन धेरै लामो समयसम्म नटिक्ने समेत दाबी गरे । उनले थपे,‘अहिले नै हेर्नुभयो भने थाहा हुन्छ, अब बन्ने प्रधानमन्त्री केपी ओली कि प्रचण्ड भन्ने विवाद छ, त्यसैले उहाँहरुको गठबन्धन धेरै लामो जाँदैन।’
 
मन्त्री यादवले एक÷दुई दिनभित्रै गभर्नर र प्रदेश प्रमुख तोक्ने समेत जानकारी दिए । उनले भने,‘यो सरकारले अन्तिम दिनसम्म पनि काम गर्छ, निर्णयहरु गर्छ, यहाँ कसैले केही भन्दैमा र विरोध गर्दैमा काम रोकिँदैन्, हामीले गरेका निर्णयहरु कसैलाई मन परेन भने भोलि आउने सरकारले उल्टाउन सक्छ नि, उल्टाए भैगयो नि।’ उनले सरकार संविधान अनुसार नै नयाँ प्रधानमन्त्री बनेपछि ह्याण्डओभर हुने भन्दै कसैलाई पनि चिन्ता नलिन आग्रह गरे । उनले थपे,‘संविधान अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा कुल मिलाएर एक केन्द्रिय संसद बन्छ, यो पूर्ण हुनको लागि नै ४५ दिन लाग्छ, त्यतिका दिनसम्म के चुप लागेर बस्ने हो त?’ उनले कसैको विरोधका कारण गर्भनर नियुक्ती नरोकिने समेत स्पष्ट पारे ।
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

प्रदेश २ मा सरकारको नेतृत्व आलोपालो गर्ने राजपाको प्रस्ताव, फोरमले गर्‍यो अस्वीकार

प्रदेश २ मा सरकारको नेतृत्व आलोपालो गर्ने राजपाको प्रस्ताव, फोरमले गर्‍यो अस्वीकार

काठमाडौँ, २३ माघ ।  राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०ले २ नम्बरको प्रादेशिक सरकारमा आलोपालो गर्ने प्रस्ताव संघीय समाजवादी फोरम नेपाल समक्ष राखेको छ।  सरकार गठनका विषयमा मंगलबारबाट औपचारिक छलफल सुरु गरेका दुई मधेसकेन्द्रित दलको बैठकमा ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...