समाचार
मेरो जितका लागि सकारात्मक भूमिका खेल्नु भएकोमा सबै पत्रकारलाई धन्यवादः महतो
राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ मङ्सिर २९ शुक्रबार | ०९:२३

जनकपुर, २९ मंसिर । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा धनुषा ३ क्षेत्रका नव निर्वाचित सांसद चर्चित नेता राजेन्द्र महतोले आफुलाई जिताउन सहयोग गरेका सम्पूर्ण पत्रकारहरलाई धन्यवाद दिनु भएको छ । महतोले आजै विहान जनकपुरको आफनो निवासमा बोलाएर आफनो जितका लागि पत्रकारहरुले खेल्नु भएको सकारात्मक भुमिको प्रशंसा गर्दै धन्यवाद दिनु भएको हो ।
उहाँले भन्नु भयो जनकपुरको पत्रकारहरुको सकारात्मक साथ नभएको भए सायद यो जित सम्भव थिएन, तपाईहरुले गर्नु भएको सहयोगका लागि धेरै धेरै धन्यवाद । अगामी दिनमा मधेशका हक अधिकारको लडाई पनि यसै गरी साथ र सहयोगको लागि समेत आव्हान गर्नु भयो । उहाँले आफुलाई समय समयमा सही सल्लाह सुझाव पनि दिन पत्रकाहरुलाई आग्रह समेत गर्नुभयो ।