समाचार

कांग्रेस पराजय पछि को भूमिका के हुने ?

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ पौष १४ शुक्रबार | १६:१२

- मनोज कुमार कर्ण

कांग्रेस पराजय पछि को भूमिका के हुने ?
नेपाली कांग्रेसले ईतिहासमा पञ्चायतको कालो छायांमा भन्दा कहिल्यै यस्तो पराजय कोहीपनि सभापतिको कार्यकालमा नभोगेको ईतिहास छ जबकि वर्तमान सभापति नै सबै कुराको जिम्मेवार छैनन् । एकातिर अधिकार खोज्ने समूह मधेशी, आदिवासी, जनजाती, महिलाहरूले कांग्रेससमेतबाट उपेक्षित भएको महशुस गरेका छन् भने कांग्रेसको सहमतिविना कुनैपनि समूहको माग सम्बोधनपनि भएको छैन । उपेन्द्र यादव र महन्त ठाकुरसँग गिरिजाबाबुले गरेका सम्झौताहरू २०६६ सालमा प्रचण्डको पछि पुनः प्रम बन्न भारतले नसघाएकोमा उनले मधेशीको माग र भारतले बोल्नेको ठिक उल्टो बोल्नेलाई कांग्रेसले मधेशनीति बनाएको छ, जसले हार भएको छ ।
 
अर्काेतिर चीन र युरोपियन युनियनले वाम अलायन्स गराएका र निर्वाचन जित्न हामीसंग रूपैयांको कमी छैन भनी काठमाडौंमा ईश्वर पोखरेलहरू स्वयंले गोप्य भेला गरि पछि नेपालबाट धर्मलाई नाश पर्ने भनेकोमा दाङ्गलगायतका ठाउंहरूबाट लगातार गाई काटिरहेको समाचार आईरहेका छन् । यी चुनौतिमाझ वामहरूद्वारा तैनाथ प्रहरी, कर्मचारीको भरमा केवल काठमाडौंमा बसेर निर्वाचन जित्न सकिन्छ भन्ने निष्कर्शको साथ कांग्रेसले सधैंभरी एउटै पुराना अनुहारलाई निर्वाचनमा उतारेको थियो । एक समयको हिरो सधैं हिरो नै रहंदैन भन्ने कांग्रेसले बुझेन । वामहरूको जीतले शेयरबजारको मूल्य झरेको छ भने विदेशी लगानीमा हात झिक्ने क्रम बढ्न थालेको छ । उता देशबाहिर कथित्, जनयुद्धको नाममा मान्छे मारेका प्रचण्ड बाहिर निस्कने वातावरण छैन अनि विदेशी लगानी भित्र्याउने गफ दिएर चुनाव जितेका छन् ।
 
पराजयका केही कारण
कांग्रेसको पराजयका विभिन्न कारणहरूमा आम पब्लिकको बुझाईमा अन्तर्घात, वाम एकता, क्षेत्रमा उम्मेदवार जनतासंग नभिज्नु, बिपिको विचार भनी संवैधानिक राजतन्त्र र हिन्दूत्वको मुद्दा त्याग्नु जस्तालाई लिन्छन् । तर म अलिकति फरक ढंगले बुझ्छु किनकि हिन्दूत्व र राजा पुनर्बहाली वा संवैधानिक राजा बोकेर कांग्रेसले जित्ने भए कांग्रेससंग कमल थापा र उनको पार्टी राप्रपा थियो भने यस अघि स्थानीय निकायको निर्वाचनमा उनै थापाले यस्तै एजेण्डा एमालेसंग बोकेर चुनावमा होमिएपनि एमाले एक नम्बर पोजिसनमा उभ्यो भने कमल थापाहरूको लज्जास्पद स्थिती रह्यो । त्यस्तै, यही एजेंडा लिएर नै कांग्रेस बीपीवादी पुच्छर (करूवा छाप) राखेर मीडीया र हरेक दृष्टिकोणले देशको केन्द्र काठमाडौंमा उम्मेदवारी दिएपनि साढे दुई सय÷तीनसय भोटमा चित बुझाएको छ । अतः प्रकाशमान सिंहलाई हराउने प्रपंच थियो भने नेपालमा हिन्दूत्व होस् तर राजाको कुनैपनि किसिमको वापसीको सम्भावना नहोस् भनेर देशैभरिका नतिजालाई बुझ्दा मूर्खलेपनि यहि निष्कर्श निकाल्नेछ । हो, प्रम शेरबहादुर देउवा वा कांग्रेसले भयंकर गल्ति गरेको चाहिं वामदेव गौतम एमालेको सेट प्रहरी र गुप्तचर निकायको रिपोर्टिङ्गमा भर प¥यो कि कांग्रेसको यस्तो पोजिसन नरहला ! निर्वाचनको बेला मैंले स्वयंले यस कुरोलाई कांग्रेसी कहलिने अनलाईनहरूलाई पनि कमेन्टहरू पटक–पटक लेखेर झस्काएकै हो तर मान्ने कस्ले ? गृहमंत्रालय पूरै वामपन्थिको सेवामा तल्लिन रहेको देखियो । जस्तैः गृहसचिव यतिसम्म गद्दारी गरे कांग्रेससंग कि प्रम देउवाको हातबाट नियुक्तिलिएर पनि गृहको सत्य अवस्थाबारे स्वयं गृहमन्त्री देउवालाई अवगत गराएन ।
 
गृहको निष्पक्ष भूमिकापनि निर्वाह गरेन भने गृहमन्त्रीको जीउज्यानको पनि सुरक्षाको ख्याल गरेन, मतदाताको झन के गर्नु ? यिनले गृहसचिव सम्हालेकै दिन मन्त्रालयको आधिकारीक सूचनामा मैंले सईसम्मको प्रहरीको प्रमोसन एक नम्बरमा राख्न गृहमन्त्रीलाई सुझाउंदै तपाईंपनि सफल सचिव बन्न उनीहरूको पीडालाई बुझ्नै पर्छ भनी कमेंट गरेको थिएं । उनै जुनियर प्रहरीहरूले सिरहामा स्वयं प्रम तथा गृहमन्त्री देउवाले सम्बोधन गरिरहंदा ‘हामी पर बसौं, उडाई देवोस् यसलाई, हामीलाई के ? हाम्रो प्रमोसन यसैले रोकेकोले कांग्रेसलाई हराऔं’ भन्दै नवराज सिलवालको भाषा बोलेको प्रहरीकै अनुगमनको मान्छेले हामीसंग शेयर गर्छन् ! गृहसचिवलाई यति सम्बेदनशील कुरा थाहा नभएको उनले गंगाजीमा पसेरपनि कसम खान्छन् भने बेवकूफले पत्याउलान्, हामी पत्याउंदैनौं । त्यस्तै, यतिसम्म गृहसचिवले वामपन्थीसंग डराए वा कांग्रेससंग गद्दारी गरे कि बम विस्फोटका घट्नाहरू एमाले र माओवादीको आग्रहमा विप्लवले गराईरहेको तथा स्वयं वाम अलायन्सको संलग्नता छ भनेर कहिल्यै बोलेनन् किनकि विप्लवले अन्त्यमा स्वयंले जिम्मा लिए भने सो अघि नै रोल्पामा झक्कु सुवेदीको छोरा र यता नविना लामाको बुवालाई प्रहरीले कथित् विप्लवसमूह भनी समातिसकेको थियो ।
 
कांग्रेस पार्टीको ‘विशेषता’ मधेशीलाई धोकादिने र ठग्ने यसपालीपनि रह्यो । चुनावको करिब आठ दिन अगाडी हामी केही मधेशी प्राध्यापकलाई बोलाएर ‘मधेश सांच्चिकै सबभन्दा उपेक्षित नै छ किनकि सबै प्रदेशभन्दा मधेशको मानवविकास सूचकांक तल्लोस्त्तरमा छ । अब के अजेण्डालिएर जांदा हुन्छ वा नेताले बोल्दा हुन्छ ?’ भनी सोद्धदा मौखिक र लिखित सबै दिईयो तर केहीपनि अमल गरिएन । सिरहामा प्रदिप गिरिजीले मसंग सम्पर्क नहुंदापनि अन्य मार्फत् मेरा केही सुझावमाथि कम समयमा जति नै भ्याएपनि अमल गरे, मज्जाले चुनावपनि जिते ।
 
केही कथित् कांग्रेसी मीडीया (घट्ना र विचारलगायत)ले विमलेन्द्र निधि, देउवा दम्पत्ति, कृष्ण सिटौलालगायतलाई लगातार हार्ने आशयका समाचार र लेख निर्वाचन अघि देखि पस्किंदै आयो । विमलेन्द्र निधिलाई त उनले सौताकै छोरा बनाएको थियो । उनको पत्रिकामा राजावादी र हिन्दूको अजेण्डा रहेपनि त्यहीं गणतन्त्रवादी प्रचण्डलगायत कांग्रेसकै कतिले जितेका छन् जसको विपक्षमा कहिल्यै नेगेटिभ कुरा गरिएन भने मधेशीको हकहीतको जहिलेपनि विरूद्धमा विषवमन गरेको त्यसमा पढ्न पाईन्छ । 
 
यसपछि कांग्रेसले मधेशको मानव विकास सूचकांक देशकै सबभन्दा तल छ भनी निर्वाचनको आठ दिन अगाडी हामीलाई सुनाउंछ । पहिलादेखि हामीले मीडीयामा दिंदा पत्याएन । क्षेत्रमा पुग्दा उम्मेदवारको अतोपतो थिएन, हामी स्वयंले खट्नु प¥यो । यहांसम्म कि हाम्रो महोत्तरी ४ का वाम उम्मेदवार मो. रजी हैदरले पाकिस्तानी झंडा लिएरै कार्यकर्ता मोटरसाईकलमा कुदाएर वामहरूको राष्ट्रियता देखाए भने पैसाको खोलो नै बगाए । 
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

कर्णाली राजमार्ग : दहीखोलाको पहिरोले यात्रुको सातो उडाउँछ

कर्णाली राजमार्ग  :  दहीखोलाको पहिरोले यात्रुको सातो उडाउँछ

जुम्ला, ११ असोज  ।  घरिघरि हुने बन्द र साँघुरो सडकका कारण कर्णाली राजमार्गमा हिँड्ने यात्रुलाई निकै सास्ती हुनेगर्दछ । यात्रामा सास्ती मात्र नभइ ज्यान जाने डरले उनीहरुलाई निकै सताउने गर्दछ । कालिकोटस्थित दहीखोलाको पहिरो आतंकले ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...