समाचार

भैरहवालाई १ रनले पराजित गर्दै विराटनगरले जित्यो इपीएलको उपाधि

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ पौष १५ शनिबार | ११:३६

भैरहवालाई १ रनले पराजित गर्दै विराटनगरले जित्यो इपीएलको उपाधि
काठमाडौ १५ पुस ।   भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले १४९ रन डिफेण्ड गर्दै उपाधि जितेको हो। १५० रनको लक्ष्य पछ्याएको भैरहवाले १४८ रन मात्र बनाउन सक्यो।
 
अन्तिम ओभरमा भैरहवालाई जितका लागि ९ रन आवश्यक थियो र उसको हातमा ४ विकेट पनि थियो। तर विरा६नगरका अनिल शाहले बलिङ गरेको उक्त ओभरमा भैरहवाले थप ३ विकेट गुमाएर ७ रन मात्र जोड्न सक्यो।
 
१ रनको रोमाञ्चक जितपछि च्याम्पियन टिमका कप्तान पारसले सबै खेलाडीले राम्रो खेलेकाले उपाधि जितेको बताए। 'क्रेडिट गोज टु द टिम। निकै बिरलै मात्र यस्तो म्याच खेलिन्छ। १ रनको जित भएपनि यो जित हो। हामी जित्न सफल भयौँ।' पारसले खेलपछि भने। 'हामीले टुर्नामेन्टभरी नै राम्रो क्रिकेट खेल्यौँ र राम्रो क्रिकेट खेलेरै हामी विजयी भयौँ।'
 
उपाधिसँगै विराटनगरले नगद २१ लाख पुरस्कार हात पारेको छ।
 
प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर भैरहवाका रोहित कुमार पौडेल घो‍षित भए। यस्तै म्यान अफ दी सिरिज विराटनगरका बाबर हायत चुनिए।
 
उता पराजित टिमका कप्तान श्दले फाइनल सोचेजस्तै भएको प्रतिक्रिया दिए। 'फाइनल फाइनल जस्तै भयो। एकदमै इन्ट्रेस्टिङ म्याच भयो सबैले भनेजस्तै। दुवै टिमको लागि १ रन भनेको ठूलो मार्जिन होइन। सबैले राम्रो इफोर्ट लगाए। बट अन्फर्चुनेटली हामी लास्टमा आत्तियौँ।' शरदले भने। 'लास्टमा हाम्रो कन्जुसकेटिभ विकेट हरु गए। ५/६ विकेट नै गयो। योङ खेलाडीहरु छन् उनीहरु अली प्यानिक भएजस्तो लाग्यो।' तर सबैले राम्रो खेलेकोमा शरखले सन्तुष्टी व्यक्त गरे।
 
'जुन तरिकाले यसअगाडीका म्याचहरुमा हाम्रा खेलाडीहरुले खेल म एकदमै प्राउड छु। विशेषगरी आरिफ  रोहित योङ खेलाडीले राम्रो खेले।'
 
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको हो। विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ४१ रन बनाए।
 
यस्तै कप्तान पारस खड्काले २७ रन योगदान गरे। अनिल कुमार शाहले २२ तथा प्रनित थापा मगरले १४ रन जोडे। यसअघिका खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका विराटनगरका विदेशी खेलाडी बाबर हायत ११ रन बनाएर आउट भए। बलिङमा भैरहवाका हरीशंकर शाह र कृष्ण कार्कीले २-२ विकेट लिए।
 
जवाफले भैरहवाले पूरै २० ओभरमा ९ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो। भैरहवालाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक थियो। तर भैरहवाले अन्तिम ओभरमा २ विकेट गुमायो भने ७ रन मात्र बनाउन सक्यो।
 
भैरहवाका लागि कप्तान शरद भेषावकरले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन। उनले सर्वाधिक ५२ रनको योगदान गरे। यस्तै प्रथम सालुन्केले ३० रन बनाए।
 
ओपनर राहुल यादव चौथो ओभरमा ६ रन बनाएर आउट भएपछि सालुन्के र शरदले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। विराटनगरका अंशुमन रथले बलिङ गरेको आठौँ ओभरमा भैरहवाले ३६ रन जोडेको थियो।
 
उक्त ओभरमा शरदले रथलाई चार छक्का र एक चौका प्रहार गरे। एउटा छक्का नोल बलमा प्रहार गरेका थिए। रथले उक्त ओभरमा ३ वाइड बल फ्याँकेका थिए। यस्तै आरिफ शेखले २७ रन जोडे। बलिङमा विराटनगरका करण केसी र कप्तान पारसले १-१ विकेट लिए।

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल हुने

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल हुने

काठमाडौँ, १७ साउन  ।  नेपाल भलिबल संघले पहिलो पटक सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  संघले भारतीय गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसँग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्तरुपमा आगामी असोजको ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...