समाचार

तरलता चापः एक सातामै राष्ट्र बैंकबाट ३५ अर्ब प्रवाह

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ पौष २१ शुक्रबार | १५:००

तरलता चापः एक सातामै राष्ट्र बैंकबाट ३५ अर्ब प्रवाह
काठमाडौ  २१ पुस ।   लगानीयोग्य रकमको अभावपछि नेपाल राष्ट्र बैंकले एक साताको अवधिमा ३५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ। योमध्ये २५ अर्ब रुपैयाँ प्रवाह भइसकेको छ भने बाँकी १० अर्ब आगामी आइतबार पठाउँदैछ।
 
बैंक तथा वित्तीय संस्थाहरुसँग भएको ऋणपत्र खरिद गरी सोवापतको रकम राष्ट्र बैंकले दिने गर्दछ। यसरी दिएको रकम बैंकहरुले  उपयोग गर्न सक्छन्।
 
यसअघि पुस १६, १९ र २० गते ऋणपत्र खरिदका लागि आवेदन मागिएकोमा तीनै पटक बैंक तथा वित्तीय संस्थाहरुले बढी रकमको माग गरेका थिए।
 
राष्ट्र बैंकका अनुसार १६ गते ५ अर्बको लागि १९ अर्ब ३६ करोड, १९ गते १० अर्बको लागि २२ अर्ब ६८ करोड तथा २० गते १० अर्बको लागि १४ अर्ब १४ करोड रुपैयाँको आवेदन परेको थियो।
 
नेपाल राष्ट्र बैंकका सहायक निर्देशक पुश्कर रिजालका अनुसार यसअघि खरिद गरिएको ऋणपत्रमा मागभन्दा बढी रकमको आवेदन परेपछि पुनः चौथो चरणमा १० अर्ब रकम पठाउन लागिएको हो।
 
आइतबार १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र खरिद गरी सो बराबरको रकम बैंकिङ प्रणालीमा पठाउने तयारी गरिएको उनले जानकारी दिए।
‘मागिएभन्दा बढी आवेदन परिरहेकाले एक सातामै ३५ अर्बको ऋणपत्र खरिद हुने भएको हो, यसबाट तरलतामा सहजता हुने विश्वास छ’ रिजालले भने।
 
बैंकर्सले भने ऋणपत्र खरिद गरेर मात्रै नभई खर्च हुन नसकेको रकम समेत वाणिज्य बैंकहरुमा जम्मा गर्नुपर्ने माग गरेका छन्। नेपाल बैंकर्स एसोसिएसनका नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले सरकारी खातामा थन्किएको केही रकम वाणिज्य बैंकहरुमा प्रवाह गर्नुपर्ने बताउँछन्।
 
‘सरकारी खातामा रकम थन्किरहने, अर्कोतर्फ बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव भइरहने हुन त भएन नि’ उनले भने। कर्जा दिन नसक्ने स्थिति हुँदा त्यसले समग्र आर्थिक विकासको सरकारी लक्ष्यमा अवरोध हुने उनले बताए। राज्यको पैसा निश्चित विधि तथा प्रक्रियाबाट विकासमा असर नपर्नेगरी लिन खोजिएकाले यसप्रति कसैले आपत्ति जनाउन नपर्ने उनले बताए।
 
सरकारी खाताको रकम वाणिज्य बैंकहरुमा राख्नुपर्ने बैंकर्सको मागप्रति राष्ट्र बैंकले भने आपत्ति जनाएको छ। ‘अब विकास खर्च बढ्दै जान्छ रकम त्यतातिर परिचालन हुन्छ, केही बैंकहरुलाई समस्या पर्यो भन्दैमा नियम नै परिवर्तन गर्न वा तोड्नु त मिलेन नि’ एक उच्च अधिकारीले भने।
 
विकास बैंक र फाइनान्सलाई लगानीयोग्य रकमको अभाव नभएको र केही वाणिज्य बैंकहरु मात्रै समस्यामा देखिएको उनले बताए। ‘जसले निक्षेपभन्दा बढी कर्जा प्रवाह गरे, तिनैलाई समस्या भएको हो आफ्नो हैसियतअनुसारको व्यवसाय गर्नुपर्छ, राष्ट्र बैंकले अरुको व्यवसाय गरिदिने होइन’ उनले भने।
 
विभिन्न पक्षले तरलताको समस्या समाधान गर्न सुझाव दिएपछि अर्थमन्त्रालयले यसअघि एक समिति समेत गठन गरेको छ। सहसचिव रामशरण पुडासैनीको संयोजकत्वमा गठित समितिले तरलता समस्या समाधानका लागि पहल गर्ने बताइएको छ। समितिमा राष्ट्र बैंकका अधिकारीहरु पनि छन्।

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

सार्वजनिक विदाका दिन पनि बैंक खुल्ला राख्न राष्ट्रबैंकको निर्देशन

 सार्वजनिक विदाका दिन पनि बैंक खुल्ला राख्न राष्ट्रबैंकको निर्देशन

काठमाडौँ, २७ पुस  ।    नेपाल राष्ट्र बैंकले पुस १९ गते राजश्व संकलनका लागि सम्पूर्ण बैंकहरुलाई खुल्ला राख्न निर्देशन दिएको छ।  असोज, पुस, चैत र असार महिनाको २५ गतेपछि शनिबार वा अन्य जुनसुकै सार्वजनिक विदा ...

जानकारी

ट्वीटर

English News

Dhurmus-Suntali foundation distributes blankets in Saptari

Dhurmus-Suntali foundation distributes blankets in Saptari

Rajbiraj, Saptari, Jan 11  : The Dhurmus-Suntali Foundation has distributed blankets to the poor people of Saptari district.  A total of 155 poor families of Topa and Koiladi received the warm clothing each amid a ...

Government has no authority to fix province capitals: Law Minister

Government has no authority to fix province capitals: Law Minister

Pokhara, Jan 11  : Minister for Law, Justice and Parliamentary Affairs, Yagya Bahadur Thapa has said that the government does not have the right to determine the province capitals.    He said this while inaugurating the Safal ...

Country has entered into new era of economic prosperity: VP Pun

 Country has entered into new era of economic prosperity: VP Pun

Ratnanagar, Chitwan, Jan 11 : Vice-President Nanda Bahadur Pun has said that the country has entered into a new era of economic prosperity.  Inaugurating the Ratnanagar Festival at the proposed regional stadium at Ratnanagar today, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

प्राचीन कपिलवस्तु राजदरबार क्षेत्र (तिलौराकोट) मा पुनः उत्खनन शुरु

प्राचीन कपिलवस्तु राजदरबार क्षेत्र (तिलौराकोट) मा पुनः उत्खनन शुरु

कपिलवस्तु, ३० पुस ।  प्राचीन कपिलवस्तु दरबार क्षेत्र (तिलौराकोट) मा यस वर्ष पुनःउत्खनन शुरु गरिएको छ ।  बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले प्राचीन कपिलवस्तु दरबार क्षेत्र हालको ...

इलाममा जन्म र मृत्युमा नगद दिने निर्णयले नगरवासी हर्षित

 इलाममा जन्म र मृत्युमा नगद दिने निर्णयले नगरवासी हर्षित

इलाम, ३० पुस ।  जन्मँदा र मृत्यु हुँदा नगद रु पाँच हजार दिने निर्णयले इलाम देउमाइवासीमा खुसियाली छाएको छ ।  देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पु¥याउने र मृत्युपछि दाहसंस्कारमा सहयोगस्वरुप नगद उपलब्ध गराउने ...

भक्तपुरमा तीव्र्र शहरी विकाससँगै यहाँका उद्योगधन्दा धराशायी बन्दै

भक्तपुरमा तीव्र्र शहरी विकाससँगै यहाँका उद्योगधन्दा धराशायी बन्दै

भक्तपुर, ३० पुस ।  तीव्र्र शहरी विकाससँगै यहाँका उद्योगधन्दा धराशायी बन्दै गएको उद्योगी व्यवसायीले बताएका छन् ।  रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको विस्तार र व्यवसायको पाटो ...

अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुपै्र अछामीको जीवन नै बर्बाद

अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुपै्र अछामीको जीवन नै बर्बाद

अछाम, ३० पुस । अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुपै्र अछामीको जीवन नै बर्बाद हुन थालेको छ ।  दुर्गम गाउँसम्म सहजै उपलब्ध हुने मदिरा सेवनको कारणले कलिलै उमेरमा थुप्रैको जीवन बर्बाद हुने स्थितिमा पुगी ...

सप्तरीको औरहीमा विद्युत् नहुँदा जनता अँध्यारोमा दिन बिताउँदै

सप्तरीको औरहीमा विद्युत् नहुँदा  जनता अँध्यारोमा दिन बिताउँदै

राजविराज, ३० पुस । सप्तरीको अति विकट मानिएको डाकनेश्वरी नगरपालिका–३,  औरही गाउँमा बिजुली नहुँदा जनता अँध्यारोमा दिन बिताउँदैछन् ।  भारतीय सीमा नाकासँग जोडिएको सो गाउँमा अहिलेसम्म बिजुली नपुगेको स्थानीयवासी देवकुमार यादवले बताउनुभयो । सदरमुकाम राजविराजदेखि ...