समाचार

अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुपै्र अछामीको जीवन नै बर्बाद

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार | ०९:२४

अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुपै्र अछामीको जीवन नै बर्बाद
अछाम, ३० पुस । अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुपै्र अछामीको जीवन नै बर्बाद हुन थालेको छ ।  दुर्गम गाउँसम्म सहजै उपलब्ध हुने मदिरा सेवनको कारणले कलिलै उमेरमा थुप्रैको जीवन बर्बाद हुने स्थितिमा पुगी समाज नै आक्रान्त बन्न थालेको छ । करिब २४ वर्षपछि २०६८ चैतदेखि मदिराको खुला बिक्रीवितरण शुरु भएको अछाममा मदिराको सही व्यवस्थापन हुन नसक्दा त्यसबाट नकारात्मक असर देखिन थालेको छ । 
 
गाउँगाउँमा सहजैरुपमा उपलब्ध हुने कमसलखालको मदिरा सेवनकै कारणले थुपै्र मानिसको जीवन बर्बाद हुने स्थितिमा पुग्न थालेको छ । पचहत्तर युपीको न्यूनतम रु २५÷३० सम्ममा पनि मदिरा उपलब्ध हुन थालेपछि के युवा के वृद्धवृद्धा सबैमा यसको खपत बढेको छ । 
 
मदिरा सेवन अछामीका शरीरमा अर्बुदजस्तै बनेर जरा गाड्न थालेको छ । अत्यधिक मात्रामा मदिरा सेवनकै कारणले स्वयं व्यक्तिको स्वास्थ्य र ज्यानमा त प्रत्यक्ष असर परेको छ नै घरपरिवार र समाजमा झैझगडा बढेको छ । 
 
प्रहरीको अध्ययनअनुसार समाजमा हुने हत्या, आत्महत्या, कुटपिट, गालीगलोजलगायत अधिकांश घटनाका पछाडि मदिरा सेवन नै प्रमुख कारण रुपमा देखिएको छ । गत आवमा प्रहरीमा परेका निवेदन र उजुरीमध्ये ७० प्रतिशतभन्दा बढी घटना हुनाको पछाडि मदिरा सेवन नै प्रमुख कारणका रुपमा देखिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । “कुनै पिर पर्दा होस् या खुशीयाली मनाउँदा होस्,
अधिकांशले मदिरा नै सेवन गर्ने पाइएको छ ।” श्रीमान् मदिरा सेवन गरेर घर आएपछि श्रीमतीसँग झगडा हुने र त्यही कारणले महिला हिंसाका घटना बढ्नाका साथै स्वयं व्यक्ति तनावमा आएर आत्महत्या गर्नसम्म पुगेको न्यौपानेले बताउनुभयो ।  दुर्गम गाउँसम्म ७५ युपीसम्म मदिराको मात्रा भएको ‘कर्णाली सौफी’सहजै उपलब्ध भइरहेको छ । रु २५ देखि ३० सम्ममा पाइने उक्त मदिरा गाउँगाउँमा सहजै उपलब्धताकै कारणले न्यून आय भएका मानिसले सेवन गर्न सक्ने हुँदा यसबाट समाजमा भयावह अवस्था नै सिर्जना भएको मेल्लेख गाउँपालिका–५ का रेवन्त अधिकारीले बताउनुभयो । 
 
कर्णाली सौफीकै कारणले सिंगो गाउँ नै आक्रान्त बनेपछि गत वर्ष तत्कालीन गाउँ परिषद्ले  मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरेको थियो । “कर्णाली सौफी समयमै बिक्रीवितरणमा प्रतिबन्ध नलगाएमा थुपै्र कलिला जीवन यसले निल्ने छ”, अधिकारीले चिन्ता व्यक्त गर्नुभयो । 
गाउँगाउँमा मदिरा सेवनबाट हुने नकारात्मक असर बढ्ने थालेपछि दुई वर्षअघिदेखि नै न्यून गुणस्त
र भएको मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठ्न थालेको हो ।  कमसल खालको मादक पदार्थको प्रयोगले अर्बुद र क्षयरोग निम्त्याउने र त्यसबाट गरीबहरु थप समस्यामा पर्ने भएकाले जिल्लाका प्रायःजसो कार्यक्रममा आवाज उठ्न थालेपछि अछाम उद्योग वाणिज्य संघको अगुवाइमा सर्वदलीय बैठकले ५० युपीमाथिको न्यून गुणस्तरको मदिरा बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको थियो । 
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे

प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ दिलाउनु हुनेछ  राष्ट्रपति निवासमा आज अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिनु हुने राष्ट्रपति ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे

प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ दिलाउनु हुनेछ  राष्ट्रपति निवासमा आज अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिनु हुने राष्ट्रपति ...

महोत्तरी जिल्लाको बर्दिवासमा न्यानो लुगाफाटाको अभावमा वृद्धाको मृत्यु

महोत्तरी जिल्लाको बर्दिवासमा न्यानो लुगाफाटाको अभावमा वृद्धाको मृत्यु

गौशाला, ५ माघ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ मा बिहीबार न्यानो लुगाफाटाको अभावमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका–९, पशुपतिनगर बस्ने ६० वर्षीया रामपरी देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको ...

कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

इनरुवा, ५ माघ । सुनसरीको धरान उपमहानगरपालिका–८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।    कोशी ...

सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द

सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द

धनगढी, ५ माघ । धनगढी क्षेत्रमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै आज धनगढी बन्द गरिएको छ ।  युवा दबाब समूहको अगुवाइमा भएको बन्दका कारण व्यापार व्यवसाय शिक्षण संस्था ठप्प भएका छन् ...

सांसद डा यादवले गरे मधेश आन्दोलनका शहीद परिवारसँग भेटघाट

सांसद डा यादवले गरे मधेश आन्दोलनका शहीद परिवारसँग भेटघाट

महोत्तरी, ५ माघ । प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवले दोस्रो मधेश आन्दोलनाका शहीद परिवारसँग भेट गरी सिरक प्रदान गर्नुभएको छ ।  मधेस आन्दोलन ११ औं वर्ष पुगेको अवसरमा उहाँले शहीद रामविवेक यादव, अमित कापर, वीरेन्द्र ...