समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण एक वर्षभित्र पूरा हुने

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार | १०:१७

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण एक वर्षभित्र पूरा हुने
लुम्बिनी, ३० पुस । पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकामा आयोजनाले नेपाली ठेकेदारलाई विदाइ गरिसकेको छ । अब चिनिया कम्पनी आफैंले पर्याप्त जनशक्ति थपेर कामलाई तीव्रता दिएपछि विमानस्थल निर्माण समयमै सम्पन्न हुनेमा आशा पलाएको हो । 
 
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व. सुशील कोइरालाले शिलान्यास गर्नुभएको थियो । तीन वर्ष अर्थात २०७४ पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने गरी आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भएपनि विभिन्न अवरोधका कारण अहिलेसम्म समग्रमा ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख इन्जिनियर ओम शर्माले जानकारी दिनुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले अहिले सन्तोषजनक रुपमा गति लिएका कारण आगामी एक वर्षभित्र आयोजनाको सम्पूर्ण काम सकिने दावी गर्नुभयो । उहाँले भन्नुभयो – “निर्माणाधीन विमानस्थलभित्रको सबैजसो अप्ठेरा कामहरू सकिएको छ ।
 
त्यसैले अबको एक वर्षभित्र विमानस्थलको काम सकिनेमा सबै ढुक्क हुन सकिन्छ ।” उहाँका अनुसार निर्माण कार्यअन्र्तगत अहिलेसम्म प्रशासनिक भवन, इलेक्ट्रिक सवस्टेशन, सुरक्षा भवनको ‘फिनिसिङ’ बाहेकको निर्माण कार्य सकिएको छ भने अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लाको काम लगभग सकिनै लागेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लाको ढलान एक महिनाभित्र सकिने आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो । अहिले ३ किलोमिटर लम्बाइ रहेको धावन मार्गको निर्माण कार्यअन्तर्गत सव बेस लेयर हाल्ने काम शुरु भएको छ । धावन मार्गको ३५ प्रतिशतभन्दा बढी काम सकिएको छ भने माटो फिलिङसहित दुई फुट बाक्लो प्रि–सव बेसको काम सम्पन्न भएको छ । अब वेस र पीचको काम मात्रै बाँकी रहेको छ । त्यसैगरी, अग्नि नियन्त्रण कक्षको पहिलो तल्लाको काम पनि भइरहेको छ । आठ तल्ला अग्लो कन्ट्रोल टावरको काम पनि तीव्र गतिका साथ भइरहेको र वैशाखभित्र यी सबै भौतिक संरचनाको काम ५० प्रतिशतभन्दा बढी सकिसक्ने इन्जिनियर विजय शाक्यले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार विमानस्थल निर्माणमा अहिले १५० देखि २०० जना दक्ष जनशक्तिले काम गरिरहेका छन् । विमानस्थल निर्माण कार्यअन्र्तगत अहिले निर्माण भइरहेको धावन मार्ग १ दशमलव २५ मिटर उचाइ, ३ हजार मिटर लम्बाइ तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइतर्फ दुबै किनारमा १५÷१५ मिटर छाडिने छ । तीन हजार मिटर लामो धावन मार्गको दुवैतिर ३००÷३०० मिटर विमान सुरक्षाका लागि रन वे एण्ड सेफ्टी एरिया (रेसा) निर्माणको पनि काम भइरहेको छ जुन काठमाडौँमा अहिले आएर मात्रै बनाइँदै छ । स्तरोन्नतिपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बलियो विकल्पको रुपमा प्रयोग गरिने आयोजनाको दावी छ । अहिलेको विमानस्थलको धावन मार्ग १ हजार ५ सय २४ मिटर लामो र ३० मिटर चौडा छ । आयोजना निर्देशक शर्माका अनुसार अहिलेको गौतमबुद्ध विमानस्थलमा एटिआर, बीचक्राफ्ट जस्ता साना हवाईजहाजहरूका लागि हो भने स्तरोन्नति पछि बोइङ्ग, एयरबस जस्ता ठूला विमानहरूलाई पनि काठमाडौँको विकल्पको रुपमा भैरहवा उतार्न सकिने छ ।
 
दक्षिण एशियाकै पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार आयोजनाअन्तर्गत एशियाली विकास बैंकको अनुदान तथा कर्जामा गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गर्न नेपाल सरकारले चिनिया कम्पनी नर्थवेस्ट सिभिल एभिएशन विमानस्थल निर्माण समूहलाई ग्लोबल टेण्डरमार्फत ठेक्का दिएको हो । मूल्य अभिवृद्धि करसहित कूल करार मूल्य ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २८ रुपैयाँ रहेकामा एशियाली विकास बैंकको १८ प्रतिशत अनुदान तथा ४० दशमलव ५ प्रतिशत कर्जा रहेको छ । यसैगरी, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोषबाट प्राप्त ३० दशमलव ५ प्रतिशत कर्जा र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानीबाट विमानस्थल निर्माण हँुदैछ ।
 
करिब ११ हजार रोपनीमा निर्माण भइरहेको यो विमानस्थलको सम्पूर्ण निर्माण कार्य आगामी एक वर्षभित्र पूरा गर्ने तदारुकताका साथ आयोजना प्रमुख लागिरहनु भएको छ । उहाँका अनुसार विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएका जग्गाका जग्गाधनीहरूलाई मुआब्जा दिने काम भइरहेको छ । अधिग्रहण गरिएका ७ हजार कित्ता जग्गामध्ये एक हजारभन्दा बढी कित्ताको मुआब्जा वितरण गरिइसकिएको छ । कूल तेइस अर्ब रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा अहिलेसम्म ४ अर्ब भन्दा बढी वितरण भइसकेको र वितरण कार्यलाई थप तीव्रता दिइएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभएको छ । 
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयरमा २५ वटा युनिभर्सिटी तथा कलेजहरुउपस्थिति रहनेछन्’

‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयरमा २५ वटा युनिभर्सिटी तथा कलेजहरुउपस्थिति रहनेछन्’

(सन् २००५ मा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्ष दिँदै आएको छ । काठमाण्डौं स्थित डिल्लिबजारमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टको चितवन, बुटवल, पोखरा र अष्ट्रेलिया स्थित सिड्नीमा शाखा ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे

प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ दिलाउनु हुनेछ  राष्ट्रपति निवासमा आज अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिनु हुने राष्ट्रपति ...

महोत्तरी जिल्लाको बर्दिवासमा न्यानो लुगाफाटाको अभावमा वृद्धाको मृत्यु

महोत्तरी जिल्लाको बर्दिवासमा न्यानो लुगाफाटाको अभावमा वृद्धाको मृत्यु

गौशाला, ५ माघ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ मा बिहीबार न्यानो लुगाफाटाको अभावमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका–९, पशुपतिनगर बस्ने ६० वर्षीया रामपरी देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको ...

कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

इनरुवा, ५ माघ । सुनसरीको धरान उपमहानगरपालिका–८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।    कोशी ...

सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द

सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द

धनगढी, ५ माघ । धनगढी क्षेत्रमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै आज धनगढी बन्द गरिएको छ ।  युवा दबाब समूहको अगुवाइमा भएको बन्दका कारण व्यापार व्यवसाय शिक्षण संस्था ठप्प भएका छन् ...

सांसद डा यादवले गरे मधेश आन्दोलनका शहीद परिवारसँग भेटघाट

सांसद डा यादवले गरे मधेश आन्दोलनका शहीद परिवारसँग भेटघाट

महोत्तरी, ५ माघ । प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवले दोस्रो मधेश आन्दोलनाका शहीद परिवारसँग भेट गरी सिरक प्रदान गर्नुभएको छ ।  मधेस आन्दोलन ११ औं वर्ष पुगेको अवसरमा उहाँले शहीद रामविवेक यादव, अमित कापर, वीरेन्द्र ...