समाचार

१५५ यात्रुलाई पानीमा अवतरण गराई सकुशल बचाउने 'हिरो पाइलट'को अनुभव

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ माघ ३ बुधबार | ०७:३६

१५५ यात्रुलाई पानीमा अवतरण गराई सकुशल बचाउने 'हिरो पाइलट'को अनुभव
एजेन्सी ३ माघ ।  यो हरेक यात्रुका लागि मृत्युलाई स्पर्श गरेको सपना जस्तो थियो। जतिबेला ककपिटबाट पाइलटको आवाज जहाजभरि गुन्जियो, ‘इन्जिन पावरमा आएको खराबीका कारण युएस एयरवेजको एयरबस ३२०ए विमान तल झर्दैछ। कृपया यसका लागि आफूलाई तयार बनाउनुहोस्।’ 
 
यो घटना आजभन्दा ९ वर्षअघि ठिक यही साता नै भएको थियो। जब अमेरिकाको न्युयोर्कस्थित लाग्वार्डिया विमानस्थलबाट उडेको युएस एयरवेजको फ्लाइट १५४९ को विमान सबै इन्जिन फेल भएपछि जमिनतिर खस्दै थियो। ककपिटमा थिए पाइलट चेस्ली ‘सुली’ सुलेनबर्गर जसले आफैलाई पनि विश्वास नहुने गरी एयरबस ३२०ए विमानलाई मिडटाउन म्यानहटनस्थित हड्सन नदीमा सुरक्षित अवतरण गराए। 
 
नदीमा पौडिरहेका क्यानडा गीज ९लामो चुच्चो हुने बकुल्लाजस्तै चरा० सँग ठक्कर खाँदै विमान अवतरण भएको त्यो घटना हड्सनमा भएको चमत्कारका रुपमा विश्व प्रसिद्ध बन्यो।
 
विमानमा सवार सबै १ सय ५५ यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको सो घटनालाई सन् २०१६ मा पर्दामा समेत उतारियो। क्लाइन्ट इस्टवुडले बनाएको सो फिल्मलाई
 
‘सुली स् मिराकल अन दि हर्डसन’ नाम दिइएको थियो। फिल्ममा ‘एयरबस ३२०ए’का बहादुर पाइलट सुलीको स्थान लिएका थिए कलाकार टम हंक्सले।
 
सुलीको बहादुरीपूर्ण कार्यले सबैको तारिफ त पायो तर योसँगसँगै एउटा गम्भीर प्रश्न भने सबैसामु खडा गरिदियो– के साँच्चै पानीमा विमान अवतरण गर्दा जीवन सुरक्षित हुन्छरु
 
सुलीले कुराकानीका क्रममा त्यसभन्दा अघि नदी तथा समुद्रमा विमान अवतरण गर्न सकिने बारेमा न्युनतम ज्ञान मात्र लिएको खुलासा गरे। उनले भने, ‘अध्ययनका क्रममा निर्देशन पुस्तिकामा पढेका केही हरफ र कक्षाकोठामा भएको छोटो छलफल नै पानीमा अवतरण गर्न सकिने विषयमा आफूले प्राप्त गरेको ज्ञानको स्रोत थियो।’
 
 
 
उनका अनुसार नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड ९एनटीएसबी० ले तोकेको सुरक्षाका ३५ मापदण्डमध्ये फेड्रल एभिएसन एडमिनिस्ट्रेसन ९एफएए० ले फ्लाइट १५४९ विमानमा मात्र ६ वटालाई पालना गरिएको पाइयो। आफूलाई सिकाइएको र स्वध्ययनबाट प्राप्त सबै सुरक्षाका उपाय चालकहरुले पूरा गर्ने गरेको भन्दै उनले त्यो समयदेखि आजसम्मको विकासलाई हेर्दा निकै कम मात्र परिवर्तन भएको बताए। विमानमा सवार रहँदा आउने अप्ठेरो स्थितिमा यात्रुहरु सुरक्षित रहन सक्छन्रु भन्ने प्रश्न गर्दा ढुक्क भएर जवाफ दिन सकिने अवस्था नरहेको उनी बताउँछन्।
 
‘म यो मानेमा निकै खुसी छु किनकि कुनै विशिष्ट तालिमका बाबजुद खतरा तथा तनावपूर्ण अवस्थामा पनि हामी ९पाइलट० हरु कैयौँ यात्रुको जीवन बचाउन सफल भएका छौँ,’ उनले भने।
 
सिभिल एभिएसन अथोरिटीका अनुसार पानीमा विमान अवतरण गर्दा चालकले निम्न उपायहरु अपनाउन सक्नेछन्–
१० विमानले उडान भर्नुअघि सुरक्षाका लागि प्रयोग गर्न सकिने साधन र त्यसको प्रयोग गर्ने विधिको बारेमा जानकारी दिने। 
२० मेडे ९आपतकालीन अवस्थाको बारेमा कन्ट्रोल रुममा पठाइने सूचना० तत्कालै पठाउने।
३० यात्रुहरुले सिट बेल्ट बाँधी आफ्नो शिरलाई पेटतिर झुकाएर दुवै हात शिरमाथि कसेर राख्ने। 
४० सम्भव भएसम्म निहुरिएर बस्ने तर नसुत्ने।
५० लाइफ ज्याकेटमा हावा भरी विमानको क्याबिनमा राख्ने।
६० जतिसक्दो चाँडो सबै यात्रुलाई लाइफ र्‍याफ्टमा सुरक्षित बेरेर राख्ने। 
७० मोबाइल, हाते रेडियो तथा पर्सनल लोकेटर बिकोन जस्ता सामग्री खोल्न लगाउने। 
८० पानीमा लाइफ र्‍याफ्टभित्र नरहने अवस्था आएमा शरीरको तापक्रमलाई सन्तुलित राख्न अर्थात हाइपोथिर्मिया हुनबाट बच्न सबै एक ठाउँमा भेला हुने कोसिस गर्ने। 
९० विमानको अवस्थाबारे जानकारी दिने अन्य उपकरणहरु ९जस्तैः पाइरोटेक्निक्स हेलिग्राफ० सुचारु गर्ने।
१०० कन्ट्रोल रुममा खतरा र विमान उडिरहेको सम्भावित स्थानको बारेमा समयमै जानकारी दिने तथा उद्धारकर्ताहरुलाई तयारी अवस्थामा रहन लगाउने।
 
 
 
एनटीएसबीले उक्त आकस्मिक विमान अवतरणको घटनालाई इतिहासकै सफल अवतरणको रुपमा घोषणा गर्यो। यस्ता दुर्लभ घटनाबाहेक अन्य घटनाको अवस्थालाई हेर्दा सन्तोष गर्न सक्ने अवस्था भने छैन। तर पनि केही व्यावसायिक उडान कम्पनीहरुले भने सम्भव भएसम्म आकस्मिक अवस्थामा पानी मै अवतरण गर्न दबाब दिने गरेको बताइन्छ।
 
पानीमा भएका अन्य आकस्मिक अवतरण प्रयास
सन् १९७० मा न्युयोर्कबाट आइसल्यान्डको लागि उडेको एएलएम विमानको उडानका क्रममा इन्धन सकिएपछि खराब मौसमका कारण ३ पटकसम्मको अवतरण प्रयास विफल भयो। त्यसपछि कन्ट्रोल रुमबाट क्यारेबियन समुद्रमा अवतरण गर्न निर्देशन जारी भयो। आकस्मिक अवतरणका क्रममा यात्रुहरुलाई आफ्नो सिट बेल्ट बाँध्न जानकारी नदिएकै कारण विमानमा सवार ५७ यात्रुमध्ये २० जनाको मृत्यु भयो। 
 
सन् १९९६ मा अपहरणमा परेको इथियोपियन एयरलाइन्सको विमानलाई पनि इन्धन सकिएको कारण आकस्मिक अवतरण गर्नुपर्ने अवस्था आयो। कोमोरस आइल्यान्ड नजिकै समुद्रमा चालकले अवतरण प्रयास गरे पनि अपहरणकारीसँगको नोकझोकका कारण समुद्रमा नपुग्दै विमान घुमेर किनारमा नै बज्रन पुग्यो। ३ वटा टुक्रामा विभाजित विमानमा सवार १ सय ७५ यात्रुमध्ये १ सय २५ जनाले मृत्युवरण गर्नुपर्‍यो।  
 
पानीमा अवतरण गर्नका लागि विमान निर्माण कम्पनीले कस्ता योजनाहरु बनाएका छन् तरु भन्ने सम्बन्धमा रोयल एरोनोटिकल सोसाइटीका सदस्य अनररी कम्पनी अफ एयर पाइलटका निर्देशक तथा उडानविज्ञ जोन टर्नरसँग गरिएको सवाल(जवाफ स् 
 
के पानीमा अवतरण गर्न सकिने विमानहरु निर्माण भएका छन्रु
अवश्य पनि छन्। विशेषगरी पानीमा अवतरण गर्न सकिने खालका केही विमान निर्माण भएका छन्। भ्यागुताको जस्तो आकारमा तयार भएका अल्वाट्रस तथा चीनले बनाएको एजी ६०० जिएन्ट एम्फबियनजस्ता विमान यसका उदाहरणहरु हुन्। अग्ला पखेटा हुने यस्ता विमानहरुको इन्जिन पानीमा पनि सहजैसँग चल्न सक्नेगरी निर्माण गरिएको हुन्छ। 
 
 
 
अन्य विमान कम्पनीहरुको स्थिति कस्तो छ निरु
पछिल्लो समय बनाइएका आधुनिक विमानहरुलाई पानीमा पनि अवतरण गर्न सकिने तरिकाले निर्माण गरिएको छैन तर आकस्मिक अवतरणलाई सुरक्षित बनाउन अधिकतम उपायहरुलाई भने अवलम्बन गर्न सकिने बनाइएको पाइन्छ। यसले जीवन सुरक्षित रहन सक्ने सम्भावनालाई धेरै हदसम्म बढाइदिएको छ।  
 
के एयरलाइन्सहरुले पानीमा विमानको अवतरणका लागि परीक्षण गर्नुपर्छरु
कम्पनीहरुले विमानको प्रमाणीकरण प्रमाणपत्र दिँदा यो पनि परीक्षण गर्नुपर्छ भनेर आवश्यक ठान्दैनन् तर पनि उनीहरुले सैद्धान्तिक मूल्यांकन भने गरेका हुन्छन्। यस्तो अवस्था अपवादका रुपमा मात्रै आउने भएकाले पनि कम्पनीहरुले त्यो नचाहेका हुन सक्छन्। त्यसको सट्टामा चालकका लागि उपलब्ध गराइने निर्देशिका पुस्तिकामा आपतकालीन अवस्थामा प्रयोगमा ल्याउनुपर्ने विधि, प्रक्रिया तथा सामग्रीको राम्रोसँग उल्लेख गरिएको हुन्छ। जसले गर्दा अवतरण सुरक्षित गराउन सहयोग मिल्छ। 
 
पानीमा अवतरण गर्दा विमान चालकका लागि सुरक्षित बाटो के हुन सक्छरु
धेरै उपायहरुमध्ये विमानलाई समुद्री छाल तथा तरंगहरुसँग वारपार हुनेगरी भन्दा समानन्तर तरिकाबाट अवतरण गर्दा बढी सुरक्षित हुने मानिएको छ। पानीको बहाव शान्त रहेको अवस्थामा अवतरण गर्दा बढी सुरक्षित तथा चालकका लागि पनि सहज हुने गर्दछ। साथै रातको समयमा भन्दा दिनको उज्यालोमा गरिने अवतरण हितकर मानिन्छ। 
 
पानीमा अकस्मात् अवतरण गर्नुपर्ने स्थिति आएमा यात्रुहरुले केके कुरामा ध्यान दिनुपर्छरु
विमानको निर्माण पानीमा तैरन सक्ने आकारमा तयार गरिएको हुन्छ। यदि विमान पानीमा अवतरण भयो भने पनि यात्रुका लागि विमानबाट निस्कन अधिकतम समय रहने गर्दछ। त्यसकारण हतार नगर्नु नै बेस हुन्छ। यदि हरेक यात्रुलाई लाइफ ज्याकेट उपलब्ध गराइएको छ भने अवतरणका क्रममा यात्रु बेहोस भए पनि सजिलै ऊ पानीमा तैरन सक्छ र जीवन सुरक्षित हुन्छ। 
 
व्यक्तिगत रुपमा कुनै पनि यात्रु जीवीत रहने सम्भावना अवतरणका क्रममा उसले अपनाएको आसनमा भर पर्छ। यात्रुहरुले सिट बेल्ट बाँधी आफ्नो शिरलाई पेटतिर झुकाएर दुवै हात शिरमाथि कसेर राख्ने आसन नै सो समयका लागि अति श्रेयस्कर मानिन्छ। यस्तो आसन गर्न अभ्यस्त हुने यात्रुले सही समयमा सिट बेल्ट खोलेर विमानबाहिर निस्कन सके जोखिम कम हुने गर्छ। 
 
पछिल्लो वर्षलाई हेर्दा हवाई सेवा धेरै सुरक्षित बन्दै गएको भान हुन्छ। यति हुँदाहुँदै पनि विमानमा सवार गर्ने यात्रुहरुले केही समय लिएर आकस्मिक रुपमा निम्तिन सक्ने खतरा तथा बच्ने उपायहरुको बारेमा अध्ययन गर्ने गरेमा समयको सही सदुपयोग तथा खतराको समयबाट पार पाउन सहज हुने देखिन्छ। अर्को कुरा पानीमा विमान अवतरण गर्दा सुरक्षित रहन सकिन्छ तर तपाईंको सुरक्षामा आफूले आफूलाई कतिको सहयोग गर्न सक्नुहुन्छ भन्नेमा निर्भर रहन्छ। 
 
९दि टेलिग्राफका लागि सोसल मिडिया कन्टेन्ट इडिटर ग्रेग डिकिन्सनले तयार पारेको आलेख। अनुवाद स् विमर्श कँडेल०

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...