समाचार

‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयरमा २५ वटा युनिभर्सिटी तथा कलेजहरुउपस्थिति रहनेछन्’

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ माघ ३ बुधबार | ०७:५९

- शालिकराम भण्डारी

‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयरमा २५ वटा युनिभर्सिटी तथा कलेजहरुउपस्थिति रहनेछन्’
(सन् २००५ मा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्ष दिँदै आएको छ । काठमाण्डौं स्थित डिल्लिबजारमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टको चितवन, बुटवल, पोखरा र अष्ट्रेलिया स्थित सिड्नीमा शाखा कार्यालयहरु क्रियाशील छन् । हजारौं विद्यार्थीहरुलाई अध्ययनका लागि अस्ट्रेलिया पठाई सकेको नेक्स्टले यही माघ ६, ७ र ८ गते क्रमश काठमाण्डौं, वुटवल र चितवनमा ‘द नेक्स्ट अष्ट्र«ेलियन एजुकेसन फेयर—२०१८’ आयोजना गर्न गइरहेको छ । सन् २०१७ को जनवरीमा पहिलो अष्ट्रेलियन एजुकेसन फेयर सम्पन्न गरिसकेको नेक्स्टले दोस्रोपटक आयोजना गर्न गईरहेको फेयरको सन्दर्भमा आधारित रहेर द नेक्स्ट एजुकेसन कन्सलटेन्सिका कार्यकारी निर्देशक शालिकराम भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश) 
 
प्रश्नःएउटा विद्यार्थीलाई एजुकेसन फेयर हुनु र नहुनुमा तात्विक भिन्नता हुन्छ ?
 
हुन्छ । वर्तमान समयमा शिक्षा प्रणालीमा ब्यापक परिर्वतनहरु भइरहेका छन् । हरेक दिन जस्तो नयाँनयाँ एकेडेमिक कोर्षहरु प्रचलनमा आईरहेका छन् । समाजको आवश्यकता र माग अनुसार शैक्षिक क्षेत्रमा पनि निरन्तर सुधार र परिवर्तन भइरहेको छ । विगतको जस्तो एउटै कोर्ष र सेलेवसले बर्षाै धान्ने अवस्था छैन । समयक्रमसँगै विभिन्न कोर्षहरुसँग विद्यार्थीहरु अभ्यस्त बन्दै जानुपर्छ । यसका लागि उ निरन्तर अपडेट हुनु जरुरी छ । एजुकेसन फेयरहरुले एउटै थलोमा विद्यार्थीहरुलाई अनगिन्ती सुचना र परामर्श प्रदान गर्छ । अर्काेतर्फ विदेशी मुलकमा अध्ययन गर्न जाने विद्यार्थीका लागि त सहि सुचना र परामर्शको ठुलो आवश्यकता पर्दछ । यसका लागि फेयर उपयुक्त थलो हो । 
 
प्रश्नःविशेषगरी विदेशी मुलक वा विश्वविद्यालयहरुका अध्ययन गर्न जाने विद्यार्थीहरुलाई मध्यनजर गर्दै विभिन्न एजुकेसन फेयरहरु सञ्चालन भइरहेका हुन्छन् । सवै फेयरहरुको स्वरुप एउटै हुन्छ वा पृथक पनि हुन्छन् ?
 
मुलभूत रुपमा दुई किसिमका एजुकेसन फेयरहरु प्रचलनमा छन् । धेरै कन्सलटेन्सिहरु मिलेर र कुनै कन्सलटेन्सिएक्लैले युनिभर्सिटी तथा कलेजहरुलाई सहभागि गराएर फेयर गर्ने गरेका छन् । धेरै कन्सलटेन्सि मिलेर गरिने फेयरमा कन्सलटेन्सिले मात्रै विद्यार्थीहरुलाई सूचना र परामर्ष प्रदान गर्ने अभ्यास छ । एउटा कन्सलटेन्सिले गर्ने फेयरमा सम्वन्धित विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु पनि उपस्थित हुन्छन् । सम्वन्धित विश्वविद्यालयका प्रतिनिधिहरुसँग बिद्यार्थीहरुले विश्वविद्यालय र कलेजको विषयमा सोझो सोझो संवाद गर्न पाउनु भनेको‘फस्ट हेन्ड इन्फरमेसन’ प्राप्त गर्नु हो । यसले तथ्यपरक सूचना प्रदान गर्छ । विद्यार्थीहरुले सम्वन्धित कलेज, विश्वविद्यालय र विषयहरुको बारेमा स्पष्ट जानकारी प्राप्त गर्छन् । 
 
प्रश्नः यही माघ ६ गते शनिवार द नेक्स्ट एजुकेसन कन्सलटेन्सि मार्फत होटल अन्नपूर्ण काठमाण्डौंमा हुन गइरहेको ‘द नेक्स्ट अष्ट्र«ेलियन एजुकेसन फेयर—२०१८’ कुन प्रकारको फेयर हो ?
 
हामीले द नेक्स्ट अष्ट्र«ेलियन एजुकेसन फेयर—२०१८ काठमाण्डौंमा मात्र होइन वुटवल र चितवन पनि गर्न गइरहेको छौं । माघ ६ गते शनिवार काठमाण्डौ, ७ गते आईतबार बुटवल स्थित क्लव डेनेबो होटल र ८ गते सोमवार ंचितवन भरतपुर स्थित गार्डेन रिसोर्टमा यो फेयर सञ्चालन हुनेछ । 
यो फेयर, द नेक्ट एजुकेसन कन्सलटेन्सिको आयोजनामा हुन गइरहेको हो । हामीले यो फेयर आयोजना गर्नुको मुल उद्देश्यभनेको विद्यार्थीलाई सहजता होस् भन्ने नै हो । विद्यार्थीले सही इन्फरमेसन पाउन्, कुनै इस्कलरसीपको अवसर छ भने त्यसबाट विद्यार्थीहरु नछुटुन्, आफ्नो आर्थिक सामथ्र्य अनुसारको ट्यूसन फि र कलेजहरुको छनौट गरेर अष्ट्रेलिया जानसकुन् वा अष्ट्रेलिया जाँदा वा त्यहाँ पुगिसकेपछि पनि उनीहरुले कुनै पनि समस्या झेल्नु नपरोस् भनेर हामीले फेयरको आयोजना गरेका हौ । द नेक्स्ट अष्ट्र«ेलियन एजुकेसन फेयर—२०१८ मा अष्ट्रेलियाका २५ वटा युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ । प्रत्येक युनिभर्सिटी तथा कलेजहरुबाट प्रतिनिधिहरु आउनुहुने छ ।फेयरमा नेपाली विद्यार्थीहरुको प्रमुख गन्तब्य बनिरहेका अष्ट्रेलियाका अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, वलङघन युनिभर्सिटी, व्लू माउन्टेन होटल स्कुल, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, युनिभर्सिटी अफ न्यू इङल्याण्ड,  लगायत धेरै कलेज तथा युनिभर्सिटीहरुको उपस्थिती रहनेछ ।फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि हामीले प्रिभिलेज कार्डको ब्यवस्था गरेका छौं । जुन कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आई.एल.टि.एस अध्ययन प्रोसेसिङ्ग लगायतका अन्य सुविधाहरुमा भारी छुट प्राप्त गर्नेछन् । त्यसैगरी विद्यार्थीहरुलाई आकर्षक गिफ्टह्याम्परको पनि ब्यवस्था गरेका छौं । यसरी फेयरमा हरेक विद्यार्थीले आवश्यक सुचना र परामर्र्श सँगसँगै विविध सेवा र सुविधाहरु प्राप्त गर्न सक्नेछन् । 
 
प्रश्नः अष्ट्रेलियन एजुकेसनसँग सम्विन्धित परामर्श त तपाईहरुले द नेक्स्ट मार्फत हरेक दिन दिँदै आउनु भएको छ, फेयर नै किन गर्नु प¥यो ?
 
द नेक्स्टमा १०÷१२ जना काउन्सिलरहरु हुनुहुन्छ । उहाँहरुले हरेक दिन विद्यार्थीहरुलाई परामर्र्श दिँदै आउनु भएको पनि छ । तर, फेयरमा सम्वन्धित कलेज वा युनिभर्सिटीहरुको प्रतिनिधि आउने भएका कारण इन्फरमेसन थप प्रभावकारी हुन्छ । विद्यार्थीहरुले प्रत्यक्षरुपमा कलेज र युनिभर्सिटीका प्रतिनिधिसँग परामर्श लिन पाउँछन् । हामीले भन्नुभन्दा पनि सम्वन्धित प्रतिनिधले आफ्नो विषयमा भन्नुले कुनै पनि ‘कन्फ्यूजन’ रहँदैन । 
 
प्रश्नः अष्ट्रेलिया जाने विद्यार्थीहरुले कुन कुन कुरामा विशेष ख्याल पु¥याउनुपर्छ ?
 
अष्ट्रेलिया जानुभन्दा अगाडि कुन विषयको अध्ययने आफ्नो करिअर निर्माण हुन्छ भन्नेमा विद्यार्थी स्पष्ट हुनु जरुरी छ । करिअर अनुसारको विषय छनौट गर्न सकियो भने अष्ट्रेलिया गइसकेपछि कलेज र विषय परिवर्तन गर्नु पर्दैन । यसबाट आफूले गरेको लगानी गुमाउनु पर्दैन । आफ्नो शैक्षिक र आर्थिक सामथ्र्य अनुसारको विषय छनौट गर्न सक्नुपर्छ । आफूले छनौट गरेको विषयमा इस्कलरसीप छ कि छैन ? कुन कुन युनिभर्सिटी र कलेजहरुले इस्कलरसिप दिन्छन् ?यसबारेमा जानकारी लिनुपर्छ र सोही अनुसार प्रोसेस गर्नुपर्छ । 
 
प्रश्नः द नेक्स्टले विद्यार्थीहरुलाई विदेशमा अध्ययन सकेपछी स्वदेश फर्काउन के कस्तो पहल गरेको छ ?
 
द नेक्स्ट आफ्नो जिम्मेवारी प्रति सचेत छ, विद्याथीहरुलाई विदेशमा उच्च शिक्षा अध्ययन गरीसकेपछी स्वदेशमै फर्केर केहि गर्न उत्प्रेरीत गछौं र उनिहरुलाई भोलीका दिनमा नेपालमै धेरै स्कोप भएको विषयहरु अध्ययन गर्नका लागि पनि अभिप्रेरीत गछौं । 
 
प्रश्नः विदेशी कलेज र विश्वविद्यालयहरुमा पढ्न जाने विद्यार्थीहरुको उच्च मागका कारण धेरै शैक्षिक परामर्श दाता कन्सलटेन्सिहरु सञ्चालनमा छन्, अष्ट्रेलिया पढ्न जाने एउटा विद्यार्थीले द नेक्स्ट नै किन रोज्ने ?
 
द नेक्स्ट स्थापनाको पहिलो दिनबाटै हामीहरुले विद्यार्थीहरुलाई सही, गुणस्तरिय र उसको सामथ्र्य अनुसारको कलेज र विश्वविद्यालय छनौट ज्ञान प्रदान गर्दै आइरहेका छौं । हामीकहाँ आउने हरेक विद्यार्थीले सही गाईड पाउँछन् । सन् २००५ मा स्थापित द नेक्स्टले हालसम्म हजारौं विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाईसकेको छ । यसबाट पनि नेक्स्टको सेवा सुविधा स्पष्ट हुन्छ । अर्काेतर्फ अष्ट्रेलिया अध्ययनका लागि एकेडेमिक क्वालिफिकेसन र आई.एल.टि.एस.मात्र भएर पुग्दैन । अन्य धेरै प्रोसेसहरु पनि हुन्छन् । खासगरी विद्यार्थीको फाईनाईन्ससियल ब्याग्राउण्ड र उसको शैक्षिक सामथ्र्य अनुसारको कलेज र विषय छनौट गर्नुपर्छ । हामीहरु यस विषयमा पनि विद्यार्थीलाई उचित परामर्र्श दिन्छौं । हामी मार्फत अष्ट्रेलिया गएको विद्यार्थीले आफ्नो अध्ययनलाई निरन्तरता दिन सकोस् भन्नका लागि जे जे गर्नुपर्छ त्यो सबै गछौं ।
 
प्रश्नःद नेक्स्ट अष्ट्र«ेलियन एजुकेसन फेयर—२०१८’ सँग सम्वन्धित रहेर सम्पूर्ण विद्यार्थीहरुलाई के भन्न चाहानुहुन्छ ?
 
द नेक्स्टप्रति सम्पूर्ण अभिभावक र विद्यार्थीहरुले देखाउनु भएको विश्वास प्रति हामी आभारी छौं । आगामी दिनमा पनि यस्तै विश्वास कायम राख्न सफल हुन्छौं भनेर सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आश्वस्त बनाउन चाहान्छौं । द नेक्स्टले यही जनवरी २० तारिखमा काठमाण्डौंको होटल अन्नपूर्णमा र २१ र २२ मा क्रमश बुटवल र चितवनमा आयोजना गर्न गईरहेको द नेक्स्ट अष्ट्र«ेलियन एजुकेसन फेयर—२०१८’मा सहभागि भइदिनुहुन सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आह्वान गर्दछौं । यो फेयर अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुका लागि उत्कृष्ट अवसर हो । खासगरी अभिभावकहरुले आफ्ना सन्ततिको भविश्यसँग जोडिएको विषयमा सम्वन्धित कलेज र युनिभर्सिटीको प्रतिनिधिसँग प्रत्यक्ष संवाद गनुसर्् र वेष्ट कलेज र युनिवर्सिटी चुज गर्नुस् भन्न चाहान्छौं ।
 
 
 

 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

प्रतिनिधिसभामा स्थानीय करवृद्धि बारेमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभामा स्थानीय करवृद्धि बारेमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।    आजको बैठकमा शून्य समयमा भाग लिने सांसदहरुले वर्षायाममा ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...