समाचार

प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’ बनाउन हौसिए चितवनवासी

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ माघ ८ सोमबार | ०९:४०

प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’ बनाउन हौसिए चितवनवासी
चितवन, ७ माघ । ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन ।’ गएको पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले यस्तो अभिव्यक्ति दिनुभएको थियो ।
 
आर्थिक राजधानी भएपछि अरु सबै राजधानी चितवनको तुलनामा पछि पर्ने दाहालको टिप्पणी थियो । केरुङ मार्ग, रेल मार्ग तथा विभिन्न महत्वपूर्ण विकासका योजनाहरू चितवन छोएरै जाने भएकाले पनि चितवन महत्वपूर्ण जिल्लामा दरिने विश्वास उहाँको थियो । दाहालको थप कथन थियो, ‘चितवन आर्थिक विकासको हब बन्नेवाला छ ।’ 
 
अहिले चितवन प्रदेश मुकाम तोकिएन । प्रदेश मुकाम नभएपनि चितवनलाई कुनै विस्मात छैन । चितवनका राजनीतिक दल, उद्योगी व्यवसायी तथा सर्वसधारण समेत यसमा सचेत छन् । 
 
जहाँ राजधानी भएपनि जनताको सेवा सर्वसुलभ हुनुपर्छ त्यही भए पुग्छ भन्ने चितवनवासीको धारणा छ । सिंहदरबारको अधिकार स्थानीय तहबाटै प्राप्त हुन्छ । त्यसका लागि मुकामको बाटो ताक्नु पर्दैन । चितवन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य तथा अधिवक्ता कृष्णभक्त पोखरेल चितवन प्रदेश राजधानी हुने अथाह सम्भावना भएको जिल्ला हो भन्नुहुन्छ । 
 
मुकाम बन्दैमा विकास हुन्छ भन्नु भ्रम हो । पोखरेल भन्नुहुन्छ, “अब चितवनलाई आर्थिक विकासको शहर भने बनाउन सकिन्छ, बनाइन्छ ।” विभिन्न जिल्लामा अहिले प्रदेश मुकाम नबनाइएको आक्रोशमा आन्दोलन चलिरहेको छ । कतिपय मुकाम भौगोलिक हिसाबले अमिल्दो पनि भएको होला । तर अहिलेको केन्द्र भने अस्थायी हो । स्थायी बनाउँदा फेरि मिलाउन सकिने आधार रहेको विज्ञहरू बताउँछन् । 
 
स्थायी तोक्दा हेटौँडाबाट सरेर भक्तपुर जाने पो हो कि भन्ने थप चिन्ता छ काँग्रेस चितवनका सचिव उत्तम जोशीको । त्यसैले कि चितवन सार्ने नभए हेटौँडा नै कायम गर्न पहल गर्नुपर्नेमा जोड दिंदै जोशी भन्नुहुन्छ, “चितवनलाई कृषि, औद्योगिक क्षेत्र र मेडिकल सिटीका रूपमा विकास गर्नुपर्छ ।”
 
मुकामको विषयमा अन्य जिल्ला आन्दोलित रहँदा अहिले चितवन भने शान्त छ । चितवनलाई लिएर विगतमा केन्द्रीय राजधानीको चर्चा पनि नचलेको होइन । प्रान्तीय राजधानी बन्न पूर्वाधार समेत चितवनमा पर्याप्त रहेको कतिपयको दाबी छ । भौगोलिक अवस्था पनि खोट लगाउन सकिने खालको छैन । 
 
सरकारले प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटौँडा कायम गरेको छ । झिनो आलोचना सुनिए पनि अब चितवनलाई आर्थिक राजधानी बनाउनुपर्नेमा अधिकाँशको मतैक्यता छ । 
उद्योग वाणिज्य संघ चितवनका नवनिवार्चित अध्यक्ष सहनलाल प्रधान भौगोलिक हिसाबले अमिल्दो भएको भए पनि हेटौँडा मुकामलाई विरोध जनाउनुभन्दा त्यसैबाट सेवा लिँदै चितवनलाई आर्थिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुहुन्छ । 
 
हुन त यहाँ आर्थिक गतिविधिले तीव्रता पाउन थालेको लामो समय भैसकेको छ । यहाँ अन्तर्रा्ष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण तीव्र छ । शक्तिखोर औद्योगिक क्षेत्र बन्ने क्रममा छ । 
नेपालको एक मात्रै आत्मनिर्भर व्यवसाय कुखुराको राजधानी चितवन नै भैसकेको छ । दूध, माछा, केरा, खाद्यान्न र पर्यटनका हिसाबले पनि अब्बल छ चितवन । चितवनमा उत्पादित खाद्यान्न तथा कृषिजन्य उत्पादन अधिक भएर अन्य जिल्लामा खपतका लागि पठाउनु परिरहेको छ । 
 
मेडिकल सिटीको रूपमा विकास भैरहेको चितवन राजधानीपछि कै महत्वपूर्ण मेडिकल सेवा दिनेमा पर्छ । नेपालको मध्यभागमा पर्ने भएकाले पनि चितवनको छुट्टै विशेषता छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनका हरेक क्षेत्र पर्यटकीय सम्भावनायुक्त भएकाले पर्यटन र कृषिको विकास गरी नमूना शहर बनाउन सकिने क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालको प्रतिक्रिया छ । 
चितवनलाई ७८औँ जिल्लाको रूपमा हेरिन्छ । हरेक क्षेत्रका मानिसहरूको यहाँ बसोबास छ । नारायणगढ व्यापारिक केन्द्रको रूपमा परिचित छ । 
 
शनिवार मात्रै राष्ट्रिय योजना आयोगको सार्वजनिक निजी साझेदारी सम्बन्धी एक गोष्ठीमा आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले चितवनमा आर्थिक विकासको अथाह सम्भावना भएको उल्लेख गर्दै गर्न सके १० वर्षमा यो उत्कृष्ट शहर बन्ने बताउनुभयो । उहाँको जोड विकासका लागि सार्वजनिक निजी साझेदारीमा थियो 
 
चितवनबाट हेटौँडा पनि धेरै टाढा छैन । विगतका अञ्चल र क्षेत्रीय कार्यालयहरू हेटौँडा मै छन् । चितवनबाट ७५ किलोमिटर दूरीमा रहेकाले जान करिब १ देखि १ः३० घण्टा मात्रै लाग्छ । त्यसैले पनि राजधानीको सेवा लिन चितवनवासीलाई गाह्रो छैन । 
 
विगतमै चितवन विकासको गुरुयोजनासमेत निर्माण भैसकेकाले पनि यसलाई ध्यान दिएर विकासका खाका तीव्रत्तर रूपमा अघि बढाउनु जरुरी भएको ठान्नुहुन्छ, तत्कालीन गुरुयोजना निर्माण समितिका संयोजक तथा हाल चितवन २ का प्रदेशसभा सदस्य विजय सुवेदी । 
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने

पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने

चितवन, २३ माघ । पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ ।  देवघाट क्षेत्र विकास समितिको अगुवाइमा सो गृह निर्माण गर्न लागिएको हो । चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २४ ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...