समाचार

सुष्मा स्वराजको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ कडीमा : लक्ष्मणलाल कर्ण

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ माघ १९ शुक्रबार | १०:११

सुष्मा स्वराजको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ कडीमा   : लक्ष्मणलाल कर्ण
काठमाडौं, १९ माघ । राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ कडीमा पुर्याएको विश्वास दिलाए । उनले भने,‘सुष्माजी आउनुभयो, आज जाँदैहुनुुहन्छ, यसलेपनि नेपाल–भारत सम्बन्धको कडीको काम गर्छ, दुई देशको सम्बन्ध प्रगाढ बनाउँछ।’
 
कर्णले नेपाल–भारत सम्बन्ध कुनै सरकारले बनाएको सम्बन्ध नभएको उल्लेख गर्दै भने,‘ यो त नेपाल र भारतका जनताले कायम गरेको सम्बन्ध हो, हामीवीच धार्मिक, समाजिक, साँस्कृतिक र रोटीबेटीको सम्बन्ध छ, सयकडौं चेलीवेटीको विवाह भएको छ, प्रगाढ सम्बन्ध कायम गर्नुपर्छ, तर कहिलेकाहीँ चिसोपना आएको देखिएको छ, खुल्ला बोर्डर भएकोले होला, तर हामीवीचको सुमधुर सम्बन्धलाई कायम राख्नुपर्छ, चीनसँग पनि हामीले उतिकै राम्रो सम्बन्ध बनाउनुपर्छ, भारतसँग विशेषसँग कायम गर्नुपर्छ ।’
 
यो वीचमा द्धिपक्षीय सम्बन्धमा केही चिसोपना देखिएको प्रसँग उल्लेख गर्दै उनले भने,‘तर त्यो सम्बन्ध अहिलेको जनमतलाई हेर्दा अब वाम गठबन्धनको सरकार बन्दैछ, उहाँ सुष्माजीको यात्राको मुल उद्दश्ेय वाम ठबन्धनसँगपनि प्रगाढ सम्बन्ध बनाउने नै हो।’ उनले विदेशमन्त्री स्वराजको नेपालका सबै नेताहरुसँग भेटघाट भएको बताए । 
 
उनले अघि थपे,‘अरु पार्टीका नेताहरुसँगजस्तै हाम्रो पार्टीका अध्यक्षहरुसँग पनि भेटघाट भएको हो, हामीपनि चौथो र पाँचौ नम्बरका मधेशवादी पार्टीहरु छन् । यही कारणले हाम्रो अध्यक्षहरुसँग भेटघाट भयो, यो स्वभाविक हो । त्यो भेटघाटमा खासगरी म त्यहाँ उपस्थिति नभएपनि मैले सुनेअनुसार सम्बन्ध अगाडि बढाउनुपर्छ भन्नेबारे कुराकानी भयो।’ 
 
स्वराजको भ्रमणले निश्चित रुपमा एउटा पर्दा खोलिदिएको कर्णको दाबी थियो । उनले भने,‘ आउने सरकार र भारत सरकारवीच यो सम्बन्ध कायम रहन्छ, यो सम्बन्ध र सहयोगलाई, भारतको नेपालको विकासमा धेरै सहयोग छ, नेपालको शिक्षा, स्वस्थ्यमा धेरै सहयोग छ, अझ कायम राख्छुपर्छ, बढाउनुपर्छ, नेताहरुसँगको भेटवार्ताले अझ मजबुद बनाउन मद्दत पुगेको छ।’
 
उनले अहिले आफूहरु ओली नेतृत्वको सरकारमा जाने भनेर भएको बहसप्रति टिप्पणी गर्दै भने,‘सुष्माजी आएपछी हामी सरकारमा जान्छौं भन्ने अनुमान विल्कुल गलत हो, सुष्माजी आएपनि वा नआएपनि हाम्रो एकमात्रै जुन विषयलाई लिएर विगतमा हामी ६/ ६ महिना आन्दोलन गर्यौं, जुन आन्दोलनलाई मधेशी, थारु, जनजातिले पत्याए, जसको प्रतफलबाट आज हामी राष्ट्रिय पार्टी बन्यौं।’
 
कर्णले संविधान संशोधन गर्नुपर्ने धारणा राख्दै भने,‘यो निर्वाचनलाई पनि हामीले आन्दोलनको रुपमा अघि बढाएका थियौंं, जबसम्म हाम्रो संविधान संशोधन हुँदैन, के–के विषयमा हुन्छ ? अधिकार खोसिएका छन्, ती विषयमा कुरा गरेर, चाहे जुनसुकै सरकार होस् ।’ 
 
संविधान संशोधन एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नभएको उनको आरोप थियो । उनले भने,‘विगतको ईतिहाँस हेर्दा हुन्छ, केपी ओलीको कारणले संशोधन नभएको हो, संसदीय ईतिहाँसले यही बताउँछ, ओली संविधान संशोधन गर्न तयार हुन्छन् र त्योपनि हामीले राखेका कुरामा आधारित भएर, हामीवीचको दुरी कम हुन्छ, एमाले र मधेशवीच खाल्डो देखियो, यदि एमालेले स्विकार गर्छ भने हाम्रो दुरी घट्छ, हामी त्यसबेलामा विचार गछौं, हामी सरकारमा जान पनि सक्छौं ।’
 
यद्धपी उनले अहिले आफूहरुले ओलीको सरकारमा जाने कुनै मन बनाई नहालेका स्पष्ट पारे । उनले भने,‘वाम गठबन्धनले जनमत पाएको छ, सरकार बनाउने हैसियत पाएको छ, हामी प्रतिपक्षमा बसेर पनि मद्दत गछौं, सहयोग गर्छौं, अब हाम्रो आन्दोलन संसदमा सुरु हुन्छ। हामी सडक आन्दोलन छोडेर संसद आन्दोलन प्रारम्भ गर्छौ । हामीसँग सरकारले कस्तो व्यवहार गर्छ त्यो त आउने सरकारमा भरपर्छ । उसले कस्तो कदम चाल्छ त्यो हेर्न बाँकी छ ।’
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

अर्थले रोके पनि जबरजस्ती १५ करोड बाँड्ने खेलमा शिक्षामन्त्री

अर्थले रोके पनि जबरजस्ती १५ करोड बाँड्ने खेलमा शिक्षामन्त्री

काठमाडौ २८ माघ । संविधानतः स्थानीय तहमा विद्यालयको अधिकार हस्तान्तरण भइसकेको अवस्थामा केन्द्रीय सरकारले हचुवाको भरमा बजेट उपलब्ध गराउन नहुने भन्दै अर्थ मन्त्रालयले फाइल फिर्ता गरे पनि उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आफू र आफ्ना ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...