समाचार

ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ माघ २४ बुधबार | १४:०२

ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने
काठमाडौँ, २४ माघ । न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी । राजधानीसहित देशका अधिकांश शहरमा अहिले खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम, पानी, धुवाँ धुलो नभनी ट्राफिक व्यवस्थापनमै बितेको छ । थानकोटमा कार्यरत एक प्रहरी जवान राजधानी भित्रिने प्रमुख नाका कलंकी–थानकोट बाटो मर्मतले गर्दा हुने धुलो धुवाँले गर्दा काम गर्न समस्या परेको बताउनुहुन्छ । “धुवाँ र धुलोले गर्दा एकजोर कपडा एक दिनभन्दा दुईदिन लगाउन मिल्दैन,”– उहाँ भन्नुहुन्छ । 
 
दरबारमार्गमा कार्यरत अर्का जवान हप्ताको तीनजोर कपडा फेर्ने गरेको बताउनुहुन्छ । “तलबको पैसाले कपडा धुने की, परिवार पाल्ने की औषधोपचार गर्ने ? – उहाँ भन्नुहुन्छ ।  यी केवल घटनाका पात्रमात्र हुन्, अधिकांश तल्लो तहका कर्मचारी भने तलब थोरै र काम धेरैले गर्दा मर्कामा परेका हुन् । मुलुकको जनसंख्यासँगै बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्ने जिम्मा पाएको ट्राफिक प्रहरीले तोकेको समयभन्दा धेरै समय काम गर्दै आएका छन् । 
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनी अहिले उपत्यकाका ट्राफिकले दैनिक न्यूनतम १० घण्टादेखि अधिकतम १६ घण्टासम्म काम गर्दै आएको बताउनुहुन्छ । “ट्राफिक दरबन्दी थोरै र सवारी संख्या धेरै हुँदा ट्राफिक खटिनुपरेको छ,”– उहाँ भन्नुहुन्छ । 
 
एउटा ट्राफिक प्रहरी जवानले मासिक तलब रु १७ हजार २३०का साथै रू एक हजार भत्ता पाउँदै आएका छन् । विसं २०६९ मा ट्राफिक प्रहरीले उठाएको राजश्वको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई दिने निर्णय गरिएको थियो । आर्थिक वर्ष २०७०÷०७१ मा १५ प्रतिशत कमिशन पाएका ट्राफिकले त्यसपछि भने पाएका छैनन् ।  ट्राफिक प्रहरीले भत्ताका लागि नै जथाभावी रुपमा पैसा लियो भन्ने चालकको ब्यापक गुनासो आएपछि गृहमन्त्रालयले विसं २०७४ जेठमा १५ प्रतिशत कमिशन लिने प्रक्रिया हटाएर अतिरिक्त भत्ता दिने निर्णय गरेको थियो । 
गृहले तल्लो तहका ट्राफिक प्रहरीलाई तलबको ४५ प्रतिशत र माथिल्लो तहका कर्मचारीलाई तलबको २५ प्रतिशत अतिरिक्त भत्ता माग गर्दै अर्थ मन्त्रालयमा पठाएकामा अहिलेसम्म अर्थ मन्त्रालयले यसबारे केही जवाफ दिएको छैन । 
अर्थमन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेल ट्राफिक प्रहरीलाई अतिरिक्त भत्ता दिने विषयमा कुनै निर्णय भइनसकेको बताउनुहुन्छ । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार हाल मुलुकमा झण्डै २८ लाख साना, ठूला सवारीसाधन भएकामा काठमाडौँ उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन ओहोरदोहोर गर्दछन् । 
 
काठमाडौँ उपत्यकामा एक हजार ५९४ किलोमिटर सडक भए पनि सवारी साधन गुड्ने व्यस्त सडक ४७२ किलोमिटर छ । उपत्यकामा हाल ३८ एकाइबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ । 
 
ती सवारीसाधन व्यवस्थापनका लागि अहिले मुलुकभर तीन हजारको हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपाने ट्राफिक प्रहरीको दरबन्दी दुई हजार ३६४ मात्र भएकाले खटाइको मात्रा बढेको बताउनुहुन्छ । “ट्राफिकको काम सवारी साधन व्यवस्थापनमात्र भए पनि सबै काम गर्नुपरेको छ,”– उहाँ भन्नुहुन्छ । 
 
काममा खटिने ट्राफिकलाई एकछिन थकाइ लागेको बेलामा बस्ने ठाउँदेखि तिर्खा लागेको बेला पिउने पानीसमेतको व्यवस्था नभएको उहाँको भनाइ छ । उपत्यकामा एक हजार ८५, पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय २९०, मध्यमाञ्चल ट्राफिक कार्यालय पथलैयामा ४०२, पश्चिमाञ्चल ट्राफिक प्रहरी कार्यालय बुटवलमा २७९, मध्यपश्चिमाञ्चल ट्राफिक कार्यालय कोहलपुरमा १९२ र सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियामा १३३ ट्राफिक प्रहरीको दरबन्दी छ । 
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...