समाचार

काँग्रेस अब नयाँ ढंगले अगाडि बढ्छ : डा प्रकाशशरण महत

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७५ जेठ १७ बिहिबार | १५:२२

काठमाडौँ, १७ जेठ  । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आफ्नो पार्टी अब संगठन सुदृढीकरणमा नयाँ रणनीतिका साथ अघि बढ्ने बताउनुभएको छ ।  आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “काँग्रेसले मुलुक र जनताका लागि अन्य राजनीतिक दलको तुलनामा राम्रो काम गरेको भए पनि त्यसलाई जनतामाझ बुझाउन नसक्दा निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन नसकेको हो ।” 
 
सहमहामन्त्री डा महतले छिट्टै पार्टीका विभाग गठन, संविधानको संरचनाअनुसारको पार्टीको संयन्त्र विस्तार र भ्रातृसंस्थाको प्रभावकारी परिचालन तथा व्यवस्थापन गरिने बताउँदै “अब आन्तरिक आरोप प्रत्यारोपभन्दा पनि संगठन निर्माणमा लाग्ने बेला आएको छ,” भन्नुभयो । 
 
काँग्रेस अब पार्टी सुदुढीकरणका साथै लोकतन्त्रमाथि विश्वास गर्ने वर्गलाई विश्वस्त तुल्याएर अघि बढ्नेछ, उहाँले भन्नुभयो, “काँग्रेसले आफूले गरेका काम र योगदानका बारेमा मात्र राम्रोसँग विज्ञापन गरे पुग्छ, बढाइचढाइ गर्न आवश्यक छैन ।” 
 
फरक प्रसंगमा उहाँले भौतिक पूर्वाधार निर्माणमा प्रतिष्पर्धा र गुणस्तर हुनुपर्छ भन्ने काँग्रेसको पनि भनाइ रहेको उल्लेख गर्दै हाल सरकारले निर्माण व्यवसायीलाई विद्यमान कानूनभन्दा फरक शैलीमा काम गरेर नियन्त्रणमा ल्याउने मनसाय राखेकोमा आशंका व्यक्त गर्नुभयो । 
 
सहमहामन्त्री डा महतले पूर्वाधार निर्माणको कामका बारेमा भौतिक मन्त्रालय र त्यसअन्तर्गतका संयन्त्रबाट जानकारी लिनुपर्नेमा जिल्ला प्रशासन कार्यालयबाट सूचना लिनु उपयुक्त नभएको टिप्पणी गर्नुभयो । 
 
प्रधानमन्त्री कार्यालयअन्तर्गत राखिने थिङ्क ट्याङ्कका बारेमा उहाँले थिङ्क ट्याङ्कमा पार्टीका मान्छे राखेपछि त्यसबाट आउने सल्लाह सुझाव र कार्यसम्पादन हुने काममा पक्षपात नहोला भन्न सकिन्न भन्नुभयो । 
 
सहमहामन्त्री डा महतले सामाजिक सुरक्षाका सम्बन्धमा यसअघिको काँग्रेस नेतृत्वको सरकारले गरेको कामलाई हालको बजेटमा उल्लेख नगर्नु दुःखद भएको चर्चा गर्दै प्रदेश सरकार र स्थानीय सरकार हुँदाहँुदै निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा संघीय संसद्लाई रकम दिनु गलत भएको आरोप लगाउनुभयो । 
 

 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

सुन तस्करीको अभियोगमा वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्री पुर्पक्षका लागि कारागार चलान

विराटनगर, १७ जेठ । सुन तस्करीको अभियोगमा वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलाई आज जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।  जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा आज खत्रीसँग १२ पृष्ठको बयान लिइएपछि थुनछेकको बहस भएको थियो । त्यसपछि न्यायाधीश शर्माले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गर्नुभएको थियो ।  गत वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत मोरङमा खत्रीलगायतमाथि रु १७ अर्ब एक करोड ८० लाख ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...