समाचार

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७५ श्रावण १७ बिहिबार | १४:०३

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?
 काठमाडौ  १७ साउन . पाकिस्तानले नयाँ प्रधानमन्त्री इमरान खानको शपथग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरुलाई निम्तो दिने तयारी गरेको छ।
 
पाकिस्तान र भारतका सञ्चार माध्यमहरुले अगस्ट ११ मा हुने भनिएको शपथग्रहणमा छिमेकीसहित सार्कका सरकार प्रमुखलार्इ निम्ता गर्न लागिएको जनाएका हुन्।
 
जुलाई २५ मा भएको संसदीय चुनावमा पाकिस्तान ताहरिक ए इन्फास (पिटिआइ) सबैभन्दा ठूलो दल बनेको थियो। उक्त दलका नेता खान सरकार प्रमुख हुने लगभग निश्चित छ। खानले साना र क्षेत्रीय राजनीतिक दलहरुसँग गठबन्धन गरेर सरकार बनाउने तयारी गरेका छन्।
 
पाकिस्तानको निमन्त्रणालाई स्वीकार गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सपथग्रहण समारोहमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने बहस भारतमा सुरू भएको छ। चुनावको औपचारिक परिणाम आइ नसकेको भए पनि साना र क्षेत्रीय दलहरुलाई मिलाएर खान नै प्रधानमन्त्री बन्ने निश्चित भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन्।
 
पूर्व क्रिकेटर खानले आफ्नो सपथग्रहण समारोहमा भारतीय प्रधानमन्त्री मोदीसहित दक्षिण एशिया क्षेत्रका देश, चीन र टर्कीका नेताहरु सहभागीता होस् भन्ने चाहेको उल्लेख गरेका छन्। पाकिस्तानको डनन्युज टिभीले यस विषयमा पिटिआइ नेताहरुले पाकिस्तानी विदेश मन्त्रालयका अधिकारीहरुसँग छोटो समयमा निमन्त्रणा गर्दा विदेशी सरकार प्रमुख आउने संभावना कति हुन्छ भनेर छलफल गरेका बताएको छ।
 
सन् २०१४ मा भारतको प्रधानमन्त्री बन्दा मोदीले पनि पाकिस्तानी प्रधानमन्त्रीसहित दक्षिण एशियाली देशका प्रमुखहरुलाई सपथग्रहण समारोहमा बोलाएका थिए। मोदीको शपथग्रण समारोमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए।
 
सन् २०१५ मा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको जन्मदिनको शुभकामना दिन मोदी अकस्मात लाहोर पुगेका थिए। दुवै देशले सम्बन्ध सुधारको प्रयास गरे पनि सन् २०१६ मा भारत प्रशासित जम्मु कस्मिरको उरीस्थित एक सैनिक क्याम्पमा इस्लामिक लडाकुको आक्रमणपछि दुवै देशबीच सम्बन्ध चिसिएको छ। त्यसयता नयाँ दिल्लीले आफूविरुद्ध अतिवादी शक्तिको प्रयोग गर्न नरोकेसम्म इस्लामावादसँग संवाद नहुने अडान राख्दै आएको छ।
 
भारतले पाकिस्तानमाथि आतंकवाद निर्यात गर्ने गरेको आरोप लगाउँदै दक्षिण एशियाली क्षेत्रमा एक्ल्याउने प्रयास गर्दै आएको छ। भारत-पाकिस्तान द्वन्द्वको पहिलो शिकार सन् २०१६ नोभेम्बरमा हुने सार्क शिखर सम्मेलन भएको थियो। भारतले पाकिस्तानले आतंकवादलाई निर्यात गर्न नरोके सम्बन्ध सामान्यीकरणतर्फ नजाने जनाएको छ। त्यतिबेला भारतको नेतृत्वमा अफगानिस्तान, बंगलादेशसहितका देशहरुले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा सहभागी नहुने बताएका थिए।
 
पछिल्ले समय पाकिस्तान सदस्य नरहेको विमस्टेकलार्इ माथि उठाउन भारतले प्रयास गरिरहेको छ। भारतीय सञ्चार माध्यमहरुले मोदीसहितका दक्षिण एशियाका नेताहरुलाई सपथग्रहण समारोममा बोलाए के गर्ने भनेर अन्यौल रहेको बताएका छन्।
 
कम कुटनीतिक बढी राजनीतिक यस प्रकारको निम्तोले अर्को वर्षको शुरुमा हुने चुनावमा मोदीलाई असर गर्नसक्ने विश्लेषण गर्दै जान नहुने धारणा राखेका छन्। भारतले सार्क सम्मेलन रोक्दाका बखत उठाएका मुद्दा सम्बोधन नभएको अवस्थामा जान नहुने धारणा उनीहरूको छ।
 
केहीले भने भारत सहभागी नभएर सार्कका सबै देश सहभागी भए नयाँ दिल्ली एक्लिनेतर्फ सचेत गराएका छन्।
 
प्रधानमन्त्री बन्न लागेका इमरान खान १९९२ मा क्रिकेट कप्तान हुँदा पाकिस्तान विश्वकप विजेता बनेको थियो।  खानले भारतीय क्रिकेटहरु सुनिल गवास्कर, कपिलदेव, नबोजितसिंह सिद्दु, बलिउड स्टार आमिर खानलाई सपथग्रहण समारोहमा सहभागी हुन निम्तो पठाएका छन्।

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...