समाचार

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७५ श्रावण १७ बिहिबार | १४:३६

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण
काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 
 
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । 
 
बैठकमा सांसद पार्वत गुरुङले सांसद निरुदेवी पालमाथि भएको हमलाप्रति दुःख व्यक्त गर्दै त्यसविरुद्ध सत्ता पक्ष र प्रतिपक्षका सबै सांसद एकजुट हुनुपर्ने बताउनुभयो । 
 
सांसद सुजाता परियारले दलित समुदायका उच्च शिक्षाको निम्ति छात्रवृत्ति प्रदान गर्नाका साथै आयमूलक काम सिकाउँदै आएको उत्पीडित समुदाय उत्थान विकास समिति बजेट र नीतिमा समेटिन नसकेको भन्दै गुनासो गर्नुभयो । साथै उहाँले सांसद निरुदेवी पालमाथि हमला गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गर्नुभयो । 
 
सांसद आशाकुमारी विकले पछिल्लो समयमा ७ नं प्रदेशमा महिला माथिका जघन्य अपराधका घटना बढेको तथ्यांक प्रस्तुत गर्दै सुरक्षित रुपमा बाच्न पाउने वतावरण बनाउन सरकारसँग माग गर्नुभयो । 
 
सांसद विमला विश्वकर्माले दलित विकास समितिलाई निष्क्रिय बनाउँदा दलित विद्यार्थीका लागि छात्रवृत्ति कटौती भएको भन्दै दलित विद्यार्थीको उच्च शिक्षाका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । 
 
सांसद पवित्रा निरौला खरेलले सरकारले औलो उन्मूलनका लागि वर्षौंदेखि ठूलो धनराशि खर्च गरे पनि औलो उन्मूलन हुन नसकेकाले बर्सातका समयमा थप होसियार हुन सरोकारवाला सरकारी निकायको ध्यानाकर्षण गराउनुभयो । 
 
सांसद पार्वती बिशंखेले जुम्लाको विरोध गाउँपालिका जनप्रतिनिधिले नै अर्को जनप्रतिनिधिले छोएको चिया नखाएको घटनाका सम्बन्धमा जानकारी गराउँदै छुवाछूत व्यवहार गर्नेलाई कानूनअनुसार कारवाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । 
 
सांसद दुर्गाकुमारी विश्वकर्माले मणिपाल अस्पतालले सरकारलाई बुझाउनुपर्ने रु नौ करोड राजश्व हालसम्म पनि बुझाउन आनाकानी गरेको र स्वास्थ्य बीमा अन्तर्गतको औषधिको व्यवस्था पनि नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 
 
सांसद टेकबहादुर बस्नेतले संविधान जारी भएको तीन वर्ष पुग्न लाग्दा पनि अझै कतिपय मौलिक हकसम्बन्धी कानून बनाउने काम बाँकी नै रहेको भन्दै यस सम्बनधमा सरकारको तयारी के छ सदनलाई जानकारी गराउनुपर्ने बताउनुभयो । 
 
सांसद अञ्जना विशंखेले कलंकी थानकोट बाटोको तत्काल सुधार गरी यातायातमा सहजता बनाउन र महिला माथिका हिंसाका घटना बढेकामा सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 
 
सांसद पालमाथि भएको आक्रमणबारे सदनलाई जानकारी 
 
बैठकमा सत्तारूढ दल नेकपाकी सांसद निरुदेवी पालले यही साउन १५ गते राति ८ः१५ बजे आफूमाथि मध्य बानेश्वरमा आक्रमणको प्रयास भएको जानकारी दिनुभयो । 
 
उहाँले दूध लिने क्रममा कोठाबाट पसल गएर फर्कंदै गर्दा छेडो बाटोमा रहेको एक व्यक्तिले छेकेर पेस्तोल देखाई तर्साउन खोजिए पनि दुर्घटना हुनबाट आफू जोगिएको बताउनुभयो । 
 
उहाँले भन्नुभयो, “रेनकोट लगाएको उक्त व्यक्तिले सुनुवाइ समितिको भोलिको बैठकमा भाग लिइस् भने प्रधानमन्त्रीले पनि बचाउन सक्दैन भनेर धम्की दिएको र आफूले यस घटनालाई पृथक ढंगबाट हेरेको छु ।” 
 
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद डिला संग्रौलाले सांसद निरुदेवी पालमाथि भएको घटनाको निन्दा र भत्र्सना गर्नुभयो । 
 
उहाँले भन्नुभयो, “यो घटनाको छानबिनका लागि समिति गठन गरियोस्, हामी सबै सांसद असुरक्षाको घेरामा छौँ, सांसदको सुरक्षा दिन नसक्ने सरकारले आम जनताको सुरक्षा दिन सक्दैन भन्ने कुरा पुष्टि भएको छ । सरकारले जनतालाई मूल्य वृद्धिको उपहारबाहेक अरूलाई केही दिन सकेको छैन ।” 
 
सांसद अतहर कमाल मुसलमानले राजधानीमा सांसद नै सुरक्षित भएको महशुस गर्न सक्दैन भने जनता कसरी सुरक्षित होलान भन्दै यसबारे गृहमन्त्रीको जवाफ आउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले सबै सांसदलाई सुरक्षाकर्मी उपलब्ध गराउन सक्छ कि सक्दैन, सक्दैन भने एक दुई जनालाई उपलब्ध गराउनुको के अर्थ रहन्छ, सरकारले आम जनतालाई सुरक्षाको उचित प्रबन्ध गर्न सकोस् ।” 
 
सांसद हृृदयेश त्रिपाठीले सांसद निरुदेवी पालमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...