समाचार

जनकपुरमा सरसफाइमा जुटे स्वयंसेवीहातहरु

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७५ श्रावण २८ सोमबार | १६:४३

जनकपुरमा सरसफाइमा जुटे स्वयंसेवीहातहरु
धनुषा २८ साउन । जनकपुरमा अब सुस्तरी गर्र्मी कम लाग्न थालेको छ । त्यसैले सडक बढार्ने काम घाम नलाग्दै सुरु भइसक्छ । एकाविहानैदेखि मठमन्दिर प्रभातकालिन पुजाका  लागि घण्टी र  मस्जिदमा अजान बज्न थाल्छन् । पूर्ननिर्माणका कार्य भइरहेकाले पसलहरू भने बिस्तारै खुल्छन् । तर फोहर व्यवस्थापन नहुँदा प्रदेश २ का राजधानी जनकपुर दुर्गन्धित बनेको छ । र, त धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित जनकपुर सहर घुम्न आउने स्वदेशी तथा विदेशी आगन्तुकले फोहर मैला नै हेरेर अर्काेपटक यहाँ आउन विच्किन्छन् । पर्यटकहरुमा पर्न गएको यस्तो नाकारात्मक छापलाई चिर्दै जनकपुरधामलाई स्वच्छ, सफा र हाराभारा बनाउनका लागि अन्य व्यक्ति र संघ संस्थाझै यहाँका केहि स्वयंसेवी यूवाहरुले अग्रसरता देखाएका छन् । 
युएनडिपिको सहयोगमा सामुदायिक परिवार कल्याण संघ, जनकपुरले सञ्चालन गर्दै आइरहेको  सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तर्गत यूवाहरुमा स्वयंसेवा भावना जागृत गराएर सामुदायिक विकास सहभागिता र सामाजिक सद्भाव कायम गर्न उनीहरुले तत्परता देखाएका हुन् । यसैक्रमा १८ औं अन्तर्राष्ट्रिय यूवा दिवसको सन्दर्भमा जानकी मन्दिर भित्र र बाहिरी परिसरलाई उनीहरुले सरसफाई गरेका छन् ।सामुदायप्रतिको जिम्मेवारीवोध गर्दै यहीँबाट उनीहरुले आफ्नो अभियानको थालनी गरेका छन् ।  
 
जानकी मन्दिरको गर्भगृह देवालयजस्तो छ भने बाहिरी संरचना दरबार आकार–प्रकारको । उपयोग र संरचनाबीचको द्वन्दबाट मन्दिर परिसर मुक्त छैन। मन्दिरको वास्तुकला स्वर्गको जस्तो, तर सरसफाइ नर्कतुल्य भएकाले यसको सरसफाईमा जुट्नु नै पहिलो प्राथमिकता दिएको स्वयंसेवक संयोजक निरज साह बताउँछन् । 
 
जनकपुरधाम अझै हिन्दुहरुको  आस्थाको केन्द्र हो । र, त्यो नौलखा मन्दिरले गर्दा मात्र होइन। धामको भने हावा, पानी र माटो नै पवित्र हुन्छ। त्यहाँ खुट्टा टेके पुग्छ, मन्दिरमै दर्शन गर्न जानुपर्दैन। जनकपुर धाम हो, र नगरको त्यो परिचय पुर्नस्थापना गर्नका लागि सबै पक्ष र निकायको सहयोगको खाँचो रहेको उनीहरुले बताए । 
मन्दिरको सरसफाई सकिएपछि सरसफाई सम्बन्धि जनचेतना अभिवृद्धिका लागि आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै गंगा सागर सफाई अभियन्ता एवं प्रादेशिक साँसद राम अशिष यादवले महात्मा गान्धिको कथनलाई उधृत गर्दै भने सरसफाइ त स्वतन्त्रताभन्दा पनि महत्वपूर्ण कुरा हो । फोहोर एवं ढल व्यवस्थापन गर्न नसक्ने सहरले सभ्य भएको स्वाङ धेरैदिन धान्न सक्दैन। ढल निकासको व्यवस्था एवं स्थानीय पोखरीको जिर्णोद्धार गर्ने काम भने जटिल बन्दै गएको छ। जग्गाको भाउ अकासिँदा मोल एवं घडेरी टुक्रिने प्रवृतिले सेप्टिक ट््यांक मात्रमा भर पर्नसक्ने अवस्था रहेन। नजिकका नदी स–साना भएकाले प्रशोधन नगरी ढललाई सोझै खोलामा मिसाउनु जोखिमपूर्ण ठहरिन सक्ने उनले औल्याए । ढल निर्माण, व्यवस्थापन एवं प्रशोधन सुविधा सम्भवतः तत्कालका लागि सबभन्दा महँगो पूर्वाधार बन्न पुगेको छ । त्यो नगरेसम्म पोखरीको जिर्णोद्धार सम्भव छैन ।त्यसैले नालाहरू बाह्रैमास गन्हाइरहेका हुन्छन्। र, लामखुट्टे तथा झिँगा रमाइरहेका हुन्छन्। उनले अगाडि थपे । 
 
मन्दिर परिसरमा जनकपुरधामका  बासिन्दा र व्यवसायीले प्लास्टिक, कागजका टुक्रालगायत बजार, पसल, होटल, लज तथा निजी घरबाट उत्सर्जन हुने फोहर अधिकांश सडक किनारा, फुटपाथ, ढल, नालीमा फाल्ने गरेकाले ढल प्लास्टिकजन्य फोहोरले भरिएका छन्। ढलमा बग्नुपर्ने पानी सडकमा बग्न गरेको छ । 
फोहोर मैला व्यवस्थापनका निम्ति डम्पिङसाइट नहुनु, जनचेतनाको अभाव, स्थानीयवासीको असहयोग मुख्य चुनौतीका रूपमा रहेको परियोजना संयोजक मनोज दास बताउँछन्  ।
 
सार्वजानिक शौचालयको कमी, स्थानीयवासीको जत्तिबेला जहाँ पनि खुला स्थानमा दिसापिसाब गर्ने, जथाभावी फोहोर फाल्ने मानसिकताको कारण सहर तथा मन्दिर झनै दुर्गन्धित बनेको परियोजना संयोजक दासको कथन छ  । 
 
फोहोर फाल्ने डम्पिङसाइट, वन, जङगल नभएकाले बाध्य भएर जहाँ पायो, त्यहीं फाल्ने गर्छन् । फोहोर मैलाले मानव स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने गरेको बताउँदै पब्लिक यूथ क्याम्पस, विविएस दोस्रो वर्षमा अध्ययनरत् स्वयंसेवक समितिको सदस्य समेत रहेका सुमिन्त्रा यादव भन्छन् –उपमहानगरपालिकाले दैनिक नियमित रुपमा फोहर संकलन गरे पनि सडक किनारा, होटल, लज, धर्मशाला छेउ, विद्युत् पोल, ढल, नालीमा भएको फोहर सरसफाइ नगर्ने भएकाले राजधानी सहर दुर्गन्धित बनेको हो । 
राष्ट्रिय जनगणना २०६८ अनुसार जनकपुर उपमहानगरपालिकाको २५ वटा वडामा ३० हजार ५ सय ८९ घरपरिवार र एक लाख ६२ हजार २ सय ३२ जनसंख्या छ ।
 मिथिला नगरपालिका,जनकपुरधामउपमहानगरपालिकामा  सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम सञ्चालनमा रहेको कुरा सामुदायिक परिवार कल्याण संघका कार्यकारी निर्देशक मिथलेश गुप्ताले बताए । जनकपुरधाम नगरपालिकामा २५ जना यूवा स्वयंसेवकहरुलाई स्वयंसेवा सम्बन्धि प्रशिक्षण प्रदान गरेर अहिले उनी स्वयं सामुदायिक विकास तथा लोकतान्त्रिक सहभागितामा अग्रसरता देखाएको भने । 
 
जताततै फोहर मैला, खुला शौचालय, डम्पिङसाइट, लामखुट्टे, ध्वनि प्रदूषण, वातावरण प्रदूषणबाट अक्रान्त जनकपुर सहर सरसफाइ, ढल निकास र सहरको व्यवस्थापन गर्न सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने सफाईकर्मी यूवाहरुको कथन छ । 
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

न्यायापालिकालाई व्यवस्थापिकाको अण्डरमा राख्ने प्रयास भयो : अध्यक्ष अधिकारी

न्यायापालिकालाई व्यवस्थापिकाको अण्डरमा राख्ने प्रयास भयो : अध्यक्ष अधिकारी

काठमाडौं, १७ साउन । डेमोक्रेटिक लयर्स एशोसिएशनका नवनिर्वाचित अध्यक्ष योगेन्द्र बहादुर अधिकारीले संवैधानिक परिषदले आधार र कारण खुलाई प्रधानन्यायाधीशमा दिपकराज जोशीको नाम सिफारिश गरेकोले अहिले आएर शैक्षिक प्रमाणपत्रको विवाद झिक्नु गलत भएको टिप्पणी गरेका छन् ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...