समाचार

कहिले सम्म घोँडे क्रान्तीकारी बन्दै हिँडने ?

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७३ जेठ ६ बिहिबार | १५:०९

- ललित मल्लिक

 कहिले सम्म  घोँडे क्रान्तीकारी बन्दै हिँडने  ?

मधेश आन्दोलनमा अथक होमिएका आन्दोलनकारी मित्रहरु म एउटा सहयात्रीको नाताले तपाईहरुको मधेशमुक्तीको भावना र जुझारु स्वभावलाई हृदय देखी उच्च सम्मान गर्दै बिनम्रता पुर्वक आत्म मन्थनको लागी याहाँ सानो अनुरोध राख्दै छुँ । यस अनुरोध प्रती तपाई हरुको सहमती असहमती भावना र आक्रोष तपाई हरुको बुझाई, चिन्तन र मन्थनमा निहित छ । बस मेरो आग्रह छ मेरो अनुरोध प्रती सोचनुहोला ।

हामी अहिलेको मधेशवादी पुस्ता विगतमा भएको अन्तरीम संविधान घोषणा देखी संविधानसभा वाट संविधान घोषणा भए पश्चात अहिले सम्म पुगनपुग एक दशक देखी मधेश मुक्तीको खातिर अनवरत अथक संघर्षमा छौँ । म बडो गर्वका साथ भन्दै छुँ प्रथम मधेश आन्दोलन वाट यस संघर्षमा होमिएका म जस्ता जुगाँको धर्का नपलाएका किशोरहरु आजको दिनमा एउटा निशकलंक जुझारु युवाको रुपमा आ-आफ्नो ठाँउमा यस संघर्षको नेतृत्वदायी कमान समहाली रहेका छन । अथक, जुझारु र निशकलंक यस पुस्ताको सानै प्रतिनिधि पात्रको रुपमा भए पनी मलाई ठुलो गर्व छ । मधेश आन्दोलनको पुरानो पुस्ता यानी उमेरले पैंतिस काटेको पुस्ता अपवाद वाहेक कुनै नकुनै रुपमा मधेश आन्दोलनको जगमा व्यक्तिगत या परिवारीक लाभ लिएका छन । त्यो पुरानो पुस्ता या त्यो देखी पुरानो पुस्ता भन्दा हाम्रो यो पुस्ता जनताको नजरमा र यथार्थमा पनी निशकलंकित छ । यो हाम्रो लागी गर्वको विषय हो ।


तर मलाई लाग्छ हामी मधेश र मधेश आन्दोलन प्रती जवाफदेही हिन छौँ । मलाई लाग्छ जवाफदेही वेगरको संघर्ष परिणाममुखी हुन सक्दैन । जवाफदेही वेगरको संघर्षलाई एक अर्थमा युद्ध मान्न सकिन छ तर कुनै अर्थमा क्रान्ती मान्न सकिदैन । म रत्तिभर पनी यो मान्दीन की हाम्रो यो पुस्तामा मधेशमुक्तीको भावना छैन अथवा हामीमा बैमानी छ हामी मधेशमुक्तिको भावनाले ओतप्रोत छौँ इमान्दार पनी छौँ तर हामीमा क्रान्तीकारीता छैन हामी आफ्नो कार्यशैली प्रती जिम्मेबार र उत्तरदायी छैनौ मैले यो स्विकारेर लेखिरंहदा आवश्य पनी तपाई हरुझैँ मेरो पनी मन दुखेको छ । हामी जस्तो मधेशको गौरवशाली पुस्ता जस्को रगतको कतरा कतरामा क्रान्तीको लहर दौडदैँ थियो त्यो पुस्ता अहिले हाउसे हाउसेको जमात कसरी भयो । छेउ छाऊ नहेर्ने आँखाम पट्टा बाँधिएको टम टमको घोँडाझैँ टमटमिया घोँडे क्रान्तीकारी कसरी भयो कहिले सम्म हामी यस्तै भई अथवा बनिराख्ने मित्रहरु ? मधेश आन्दोलनको सबभन्दा कमजोर पक्षहरु मध्यको पक्ष पुरानो पुस्ता जवाफदेही हिन र जनता प्रती अनउत्तरदायी हुनु थियो र छ तर हामी नयाँ पुस्तावाला हरु पनी त् तिनीहरुकै अनउत्तरदायी जवाफदेही हिन क्रियाहरुमा सहयात्री बनेर होस्टेमा हाउसे गरेर मधेश आन्दोलनलाई लथालिंग बनाउदै छौँ ।

कृप्या केहीवेर हामी स्वतन्त्र भएर सोचौँ के मधेशी शक्तीहरुको स्विकारोक्ती वेगर त्यस्तो बईमानीपुर्ण प्रक्रियावाट दोस्रो संविधानसभाको निर्वाचन संभव थियो के त्यो वेला मधेशी शक्तिहरुले मुख खोलेको भए आज मधेशले यो दिन देखनु पर्थयो ? बइमानिपुर्ण निर्वाचान हुँदैछ बुझदा बुझदैँ हाम्रा दलपती हरुले हामीलाई निर्वाचनमा झोंकिदिदा हामीले आँखा चिम्लेर हाउसे हाउसे गर्न थाल्यो के यही क्रान्तीकारीको जिमेवारीपन ?
मधेश विरोधी मस्यौदा आउने बितिकै मधेशी शक्तीहरुले मस्यौदामा संसोधन नत्र संविधानसभा परित्यागको बटमलाईन लिएको भए के तिनदलले यस्तो संविधान ल्याउथेँ ? मधेशी शक्तीहरुले यस नयाँ संविधानको प्रक्रिया अर्न्तगत भएको प्रधानमन्त्रीको निर्वाचनमा भाग नलिएको भए के शासकहरु संविधान कार्यान्वेन शब्द जिब्रोमा पनी ल्याउन सक्थेँ ? म आज पनी भन्दै छुँ मधेशी शक्तीहरुले अगर इमान्दारी पुर्वक यस संविधान अन्तर्गत हुने सबै प्रक्रियालाई बहिस्कर गर्यो भने यो शासक त् के यस्को सात पुस्ताले पनी यस संविधानको कार्यान्वेन गराउन सक्दैन तर हाम्रो नेतृत्वले यत्रो ठुलो ठुलो गल्ती गल्ती माथी गम्भीर गल्तीहरु गरिरंहदा पनी हामी जस्तो अग्रगामी , न्यायप्रेमी र इमान्दार पुस्ताले गल्ती गर्नेहरु संगै सुरमा सुर मिलाएर हाउसे हाउसे गर्नु के यो जवाफदेही हिन्ता होइन ?

आफ्नै खुट्टामा बन्चरो हान्ने यो कस्तो अन्धभक्ती ? गंभिरता पुर्वक सोचनुस त् साथीहरु अहिले चलिरहेको राजधानी केन्द्रीत आन्दोलन जसमा तपाई हरुको ठुलो मेहनत छ । के यो आन्दोलन मधेशीहरुको प्रमुख माँग सिमांकन प्रति स्पष्ट छ ? जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणको माँगमा स्पष्ट छ ? केन्द्र मातहत रहने स्रोत साधनमा जनसंख्याको आधारमा बाँड फाँडमा स्पष्ट छ ? छैन तर तपाईहले राजधानी केन्द्रीत आन्दोलनको नाममा मधेशको पाँच करोड रुपैया भन्दा बढी बालुवामा पानी खन्याएझैँ खन्याई दिनु भएको छ काठमान्डौ उक्लेका दश हजार मात्रै आन्दोलनकारीको हिसाब गर्नेहो भने आवत जावत र छौ दिनको बसाई खबाईको नियुन्तम पाँच हजार मात्रै मान्ने हो भने हिसाब गर्नुस कति हुन जान्छ ।


त्यत्रो ठुलो रकमले मधेश आन्दोलनका लागी एउटा कोष खडा गरेको भए मधेश आन्दोलनलाई कति ठुलो बल मिल्ने थियो घाईते हरुको उपचार र शहिद परिवारहरुको राहतमा कत्रो योगदान पुग्ने थियो । तपाई हामी सबैलाई थाहा छ मुक्ति आन्दोलन आफ्नै भुमिवाट सफल भएको इतिहास छ । कुनै एक जना नेताले दर्जनौँ मधेशी शहिदहरुको बलिदानी वाट स्थापित पार्टिलाई जनजाती पार्टिमा बिलय गरायो र त्यसलाई मधेश वाट अनुमोदन गराउन राजधानी केन्द्रीत मधेशी जनजाती आन्दोलनको प्रपञ्च रच्यो र हामी आँखा चिम्लेर आफ्नो स्रोत साधन खर्चदै हाउसे मा हाउसे गर्न थाल्यौँ के यो गैरविषलेश्नात्मक अदुरदर्शी चरित्र क्रन्तिकारी चरित्र हो ? मित्रहरु कहिले सम्म हामी टमटमिया घोँडे क्रान्तीकारी बन्दै हिँडने के यसरी मधेश मुक्ती हुन्छ ?

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

काँग्रेसलाई नै मत किन ?

काँग्रेसलाई नै मत किन ?

गौतमवुद्ध पछि सबैभन्दा बढि अक्षरहरुद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दुरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली कांगे्रसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रता लगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरु निष्कर्षमा टुंगिएका छन् । नेपालको आधुनिक इतिहास ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...