समाचार

मुखर्जीको भ्रमणसँगै नेपाल भारत सम्बन्ध नयाँ युगमा

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७३ कार्तिक १२ शुक्रबार | १५:०२

मुखर्जीको भ्रमणसँगै नेपाल भारत सम्बन्ध नयाँ युगमा
भारतका राष्ट्रपति केआर नारायणनको २०५५ साल जेठ १४ पछि हुन लागेको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको छिट्टै हुने भ्रमणले नेपाल–भारतबीचको युगौँदेखिको मित्रता र जनस्तरको सुसम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास लिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणका लागि यही कात्तिक १७ गते आउँदै हुनुहुन्छ । भौगोलिक तथा संस्कृतिक निकटता भएका नेपाल–भारतबीचको सम्बन्धको आफ्नै खाले विशेषता छन् ।
 
एक हजार सात सय किमीभन्दा बढी खुला सिमाना भएका दुई मुलुकबीच जनस्तरमा अत्यन्तै सौहार्द र घनिष्ठ सम्बन्ध रहिआएको छ । विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भारत र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था अँगालेको नेपालबीच हुने यस प्रकारका भ्रमणबाट लोकतान्त्रिक पद्धतिको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्नेछ ।  तत्कालीन राष्ट्रपति नारायणनले नेपाल आगमनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्नुभएको थियो, “यो मेरो सद्भावना भ्रमण हो र सद्भावना भ्रमणमा हाम्रो मित्रताका सबै पक्ष समेटिएको हुन्छ ।” 
 
संयुक्त राष्ट्र सङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्त अनुरुप अन्तर्राष्ट्रिय मञ्च अधिकांश विषयमा साझा अवधारणा राख्दै आएका दुई देशबीचको भाषा, धर्म, संस्कृति र रहनसहन तथा सभ्यताले समेत एकार्कालाई निकट तुल्याएको छ । राष्ट्रपति मुखर्जीबाट नेपाल भ्रमणमा रहँदा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग औपचारिक भेटवार्ता हुनेछ । राष्ट्रपति मुखर्जीको सम्मानमा काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन हुनेछ ।
 
राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका अवसरमा द्विपक्षीय समझदारीपत्रमा हस्तारक्षर समेत हुनेछ । मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले रात्रिभोजको आयोजना गर्नुहुनेछ । नेपालको पूर्वपश्चिम र दक्षिणमा सिमाना जोडिएको भारतसँगको सम्बन्ध संसारमै उदाहरणीय रहेको छ । एकार्काका देशमा बिनाप्रवेशाज्ञा आवतजावत गर्न सकिनेसम्मको सुविधाको उपभोग दुवै देशका नागरिकले निर्वाधरुपमा गर्दै आएका छन् ।
 
भ्रमणका अवसरमा राष्ट्रपति मुखर्जीले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग द्विपक्षीय हित र आपसी चासोका विषयमा केन्द्रित रहेर भेटवार्ता गर्नुहुनेछ । राष्ट्रपति मुखर्जी काठमाडौँ विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ । उहाँले काठमाडौँमा रहँदा पशुपतिनाथको पूजाअर्चना गर्नुहुनेछ । साथै राष्ट्रपति मुखर्जीले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्नुहुनेछ । 
राष्ट्रपति मुखर्जीको स्वागतका लागि नेपाली जनता र सरकार आतुर छन् । सरकारी र जनस्तरमा समेत उहाँको भ्रमणका लागि विशेष तयारी भइरहेको छ । सुरक्षा व्यवस्थालाई समेत कडा तुल्याइएको छ । 
 
 नेपालको पशुपतिनाथ र भारतका विभिन्न धार्मिक तीर्थस्थलले नागरिक र संस्कृतिबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ । दुई मुलुकबीचको व्यापारिक तथा सामरिक सम्बन्ध अन्य मुलुकको तुलनामा महत्वपूर्ण छ । नेपालको कुल व्यापारको करिब दुई तिहाइ कारोबार भारतसँग नै हुँदै आएको छ । भारत नेपालको विकासमा योगदान पु¥याउने प्रमुख साझेदार मुलुक पनि हो । भ्रमणकै अवसरमा नेपाल उद्योग परिसङ्घले आयोजना गर्ने व्यापारिक कार्यक्रममा राष्ट्रपति मुखर्जीले विशेष आतिथ्यता ग्रहण गर्नुहुनेछ ।
 
राष्ट्रपति मुखर्जीले नीति अनुसन्धान प्रतिष्ठान नेपाल र इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्नुहुनेछ । नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय सेनाबाट अवकाशप्राप्त सैनिकको भेलालाई राष्ट्रपति मुखर्जीले सम्बोधन गर्ने प्रारम्भिक कार्यक्रम तय भएको बुझिएको छ ।
 
 भारतीय सेनामा नेपाली युवाबाट ठूलो योगदान हुँदै आएको हुँदा त्यसबाट नेपाल भारतबीचको सम्बन्ध थप बलियो बनेको छ । भारतले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, ऊर्जा एवम् कृषि र पर्यटनलगायत विकासमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको छ । नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा भारतको नैतिक समर्थन रहनाका साथै भारतको स्वतन्त्रता सङ्ग्राममा पनि नेपाली नेताले महत्वपूर्ण योगदान गर्नुभएको थियो । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपाल–भारतबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको थियो । 
 
भारतको राष्ट्र प्रमुखबाट लामो समयपछि नेपालको भ्रमण भए पनि त्यहाँका प्रधानमन्त्री आइके गुजराल, अटलविहारी वाजपेयी र नरेन्द्र मोदीबाट यसबीचमा भ्रमण भइसकेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य राष्ट्रका रुपमा रहेका नेपाल र भारतका नेताको भ्रमणको आदानप्रदानको निरन्तरताले यस क्षेत्रको विकास र समृद्धिमा समेत योगदान पुग्दै आएको छ । 
भारतीय राष्ट्रपति मुखर्जी नेपालको भ्रमण सकेर यही कात्तिक १९ गते स्वदेश फर्कने कार्यक्रम छ । उहाँको यस भ्रमणबाट दुई देशबीच रहँदै आएको सम्बन्धमा थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएकोे छ । 
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

काँग्रेसलाई नै मत किन ?

काँग्रेसलाई नै मत किन ?

गौतमवुद्ध पछि सबैभन्दा बढि अक्षरहरुद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दुरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली कांगे्रसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रता लगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरु निष्कर्षमा टुंगिएका छन् । नेपालको आधुनिक इतिहास ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...