समाचार

मधेशवादी दलमा किन छैनन् थारू, दलित र मुसलमान ?

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७३ मङ्सिर २२ बुधबार | १०:४०

- जय प्रकाश गुप्ता

मधेशवादी दलमा किन छैनन् थारू, दलित र मुसलमान  ?
मधेसका सबै संसदीय पार्टीहरू ब्रम्हणवादी चिन्तन एवं संस्कृतिको छायाँ र प्रभावमा हुर्के बढेका हुन् । यसरी ब्रम्हण समुदायबाट अध्यक्ष भएका महन्थ ठाकुर हुन् वा यादव कूलबाट आएका उपेन्द्र र वनियाबकाल विरादरीबाट आएका राजेन्द्र महत्तो हुन्यी- सबै आधारभूत रूपमा मनुवादी नै हुन् ।
 
जब हामी राजनीतिक सन्दर्भमा ब्रम्हणवादी शब्दावलीको प्रयोग गर्दछौस यस्ले जातिगत अभिव्यक्ति दिदैन, अपितु राजनीतिमा कुलिनताका पृष्ठपोषण गर्ने, असमावेशी, आधिपत्ववादी, अलोकतान्त्रिक र धर्मभिरू चरित्रलाई मात्र बुझाउँछ । यही चरित्र मधेसका सबै पार्टीहरूले बोकेका छन् ।
 
उपेन्द्र यादव आफ्ना अनुचरहरूसंगको संवादमा महन्थ ठाकुरको तमलोपालाई प्रायसस् बाहुनहरूले बोक्ने गरेको तामाको लोटा तर्फ इंगित गर्दै ूतामालोटाू भन्दछन् । केही पटक त आमसभाहरू मै उनले यसरी बोले । राजेन्द्र महत्तोले पनि बहुधा यस्तै व्यवहार गरिरहेको हुन्छ । उपेन्द्र यादव र राजेन्द्र महत्तोले आफ्नो पार्टीका मुख्य धार भित्र ब्रम्हणवादी भनेर महन्थ ठाकुरहरूको धोर अराजनीतिक आलोचना गरेपनि स्वयं यी दुबैका पार्टीको संचालन विधी र मधेसी समाजमा वर्चस्व राख्ने सोच ब्रम्हणवादी मनोकांक्षासंग थोरै पनि फरक छैन । छिमेकी विहारको राजनीतिमा त्यहाँका मुख्यमंत्रीहरू श्रीकृष्ण सिंहा देखि जगन्नाथ मिश्रसम्मले यही राजनीतिलाई बढावा दियो । त्यहाँ आज नितिश कुमार र लालु यादवले थोरै पनि फरक नपारी उही कामको पुनरावृति गरिरहेका छन् । मधेसको राजनीतिमा आफुलाई स्थापित गराउन मधेसी पार्टीको ूरोल मोडेलू विहारी वा भारतको केन्द्रीय राजनीतिमा अंगिकार गरिएको चरित्र नै हुन् ।
 
मधेस शब्दले एक निश्चित भूभागलाई जनाउँछ । तर, यो भन्दा धेरै महत्वपूर्ण बिषय ूमधेसू भन्नाले बोध गराउने सामुदायिक सामुहिकताको एकिकृत अभिव्यक्ति हो । मधेस भित्र थारू, मुसलमान र दलित समुदाय मुख्य हुन् । यसरी नै अरू समुदायहरू छन् । यी सबैको भावनात्मक एकता नै मधेस हो । पर्वते समुदाय भनेको मधेसमा बसोबास गर्ने अर्को समुदाय हुन् ।
 
मधेसमा थारू, दलित र मुसलमानको जनसंख्या उल्लेख्य रूपमा बढी छ र सामाजिक(राजनीतिक परिवर्तनका लागि निर्णायक तवरमा महत्वपूर्ण छ । तर, मधेसी पार्टीहरूको अनेकन् आडम्बरी प्रयासका बावजूद पनि यी समुदायहरू कुनैपनि मधेसी पार्टीहरूमा जुट्न चाहेको छैन । किन रु यो नै सर्वाधिक खोजिको समाजशास्त्रिय बिषय हो ।
 
के व्यक्तिगत जीवनमा रूढीवादी जीवनचर्याबाट ओतप्रोत भएको कुनै व्यक्ति सार्वजनिक जीवनमा त्यसको प्रभावबाट मुक्त रहन सक्छ रु भारतको संबिधान निर्माणका बखत बाबा साहेब भीमराव अम्वेडकर जवाहरलाल नेहरूका अत्यन्त निजी मनोनयनमा परेका थिए । नेहरूले उनलाई त्यस बखतको सर्वाधिक महत्वका कानून मंत्री बनाएका थिए । तर, अम्वेडकर त्यसपछि थोरै दिनसम्म पनि नेहरूसंग रहन सकेन । नेहरूलाई मात्र हैन, हिन्दू धर्मलाई नै परित्याग गरे । नेहरू र अम्वेडकरको मिहिन र गंभीर अध्ययन गर्नेहरूको निष्कर्ष छ किस व्यक्तिगत जीवनको सोचबाट मुक्त हुन नसकेरै दुबैले एक अर्कोसंग सहकार्य राख्न सकेन । वास्तवमा रूढीवादी जीवनचर्याबाट ओतप्रोत भएको कुनै पनि व्यक्ति सार्वजनिक जीवनमा त्यसको प्रभावबाट मुक्त रहन सक्दैन ।
 
मधेसी दलका अध्यक्षहरू बिहेवारीको निमन्त्रणा पुर्न जादाँ दूधले खुट्टा धोआएको तस्वीर चर्चामा थियो । अर्का एक अध्यक्षले थर, गोत्र र कठोर कुलिनताको कर्मकाण्डी जीवनबाट मुक्त हुन नसकेर आलोचना खप्नु परिरहेको छ । अर्कोले भने आफ्ना एक्लो छोराको बिहेमा अब आफु अभिजात्य भैसकेको देखाउन छानी छानी उच्च जातकालाई निम्तो बाडे । के यस्ता वंशानुगत प्रकारका जीवन सोचमा कस्सिएका अलचकदार मानिसहरू समग्र रूपान्तरणको चाहना राखेको समाजलाई हाक्न सक्छ रु
 
मधेसी नेताहरू बहुरूपिया जस्ता छन् । उपेन्द्र यादवस यिनी एकै पटक गोरखपुरका योगी आदित्यनाथका अगाडी घुटना टेकेर आफुलाई दशनामी समुदायका जोगी भन्न हिचकिचाउदैनन् भने उही बेला सुनसरीको कुनै मस्जिदका मौलानाका अगाडी पुगेर आफ्नो शरीरको पछाडी भाग मुसलमानको भएको बताउन पट्क्कै हिच्किचाउदैनन् । मौका आए यिनी आफुलाई दलित, महादलित सबै भन्छन् । जबकि, उपेन्द्र ब्रम्हणवादी राजनीतिक संस्कारका यादव अवतार हुन् । तमलोपा र सदभावना पार्टीमा रहेका धेरै नेताहरू भारतका भारतीय जनता पार्टी र राष्ट्रिय स्वयं सेवक संघका दीक्षित कार्यकर्ता रहेका छन् । यिनीहरू जीवन चिन्तनको सन्दर्भमा सवर्ण ब्रम्हणवादी संस्कृतिबाट प्रभावित छन् । यस्ता मधेसी पार्टीहरूले आफ्नो आधार नै मधेसका उच्च जात, शहरी व्यापारीहरू र संघीहरूलाई बनाएका छन् । उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महत्तोका कयौं जिल्ला अध्यक्षहरू भारतीय स्वयं सेवक संघका प्रचारकहरू, ब्रम्हणवादी झंण्डा वाहकहरू नै हुन् ।
 
चर्चित प्रवासी व्यापारी उपेन्द्र महत्तो एक कट्टर हिन्दूवादी पनि हुन् । काठमांडूमा उनको निवासको नाम ूयज्ञालयू राखिएको छ । भारतका पतंजलीघिश स्वामी रामदेवसंग उपेन्द्र महत्तोको हिमचिम र व्यापार साझेदारी सबैलाई ज्ञात छ । रामदेव काठमांडू आउँदा महत्तोकोमा बस्छन् । महत्तोका साख्य भाई बीरेन्द्र महत्तो उपेन्द्र यादवका पार्टीका समानुपातिक सांसद हुन् । शंकर केडियाका भतिज बिमल केडिया पहिलो संविधान सभामा सद्भावना पार्टीका समानुपातिक सभासद थिए, अहिले दोस्रो संविधान सभामा तमलोपाबाट समानुपातिक सांसद छन् । शंकर केडिया कट्टर हिन्दूवादी थिए । विश्व हिन्दू महासंघका नेपाल तर्फका अध्यक्ष थिए । यिनी गजेन्द्र नारायण सिंहका सबभन्दा ठूलो चन्दादाता थिए । बिमल केडिया अहिले भारतका धर्मगुरू रवि शंकरका नेपाल स्थित मुख्य कर्ताधर्ता हुन् । यस्ता अनेकन उदाहरण छन् । यस्ता मानिसहरूले यी मधेसी दलहरूलाई डोर्याएको छ । यस्तै प्रतिनिधी मूलक पात्रहरूको माध्समबाट यी मधेसी पार्टीहरूले भारतबाट ठूलो राशीको चन्दा र आर्थिक संरक्षतत्व पाई रहेको हुन्छ ।
 
नेपालका मधेसी पार्टीहरूमा थारू, दलित र मुसलमानहरू सरिक हुन चाहदैनन् । तर, वेदबाट निस्कने देवी देवतालाई आराधना गर्नेरपुजा गर्ने पिछडावर्ग मध्येका यादव तथा बनियाबकाल समुदायका मानिसहरू हिन्दु प्रभावका पार्टीहरूलाई अनुकूल ठान्दछन् । भारतका उत्तर प्रदेश राज्यको प्रभावशाली दलित नेता विगत २० बर्ष देखि दलित एकताका लागि सवर्ण(वैश्य समुदायलाई तारो बनाएकी छिन । ूटिका, तराजु और तलवार(यिनको मारो जुता चारू(यो मायावतीले दिएको नारा हो । यहाँ टिका, तराजु र तलवार भन्नाले क्रमशस् ब्रम्हण, वनिया र राजपूतलाई संकेत गरिएको हो । मायावतीको यो नारा र ब्रम्हण, वनिया र राजपूत विरोधी अभिव्यक्ति पछि मूलतस् यी तीनवटै समुदाय भारतीय जनता पार्टी तर्फ झुकाव बढाए । नेपालको पश्चिमी मधेस यसबाट तत्काल ध्रुविकृत भयो । पूर्वी मधेस पनि । यसको प्रभाव स्वरूप नै मधेसका थारू, दलित र मुसलमान वाहेकका हिन्दू कर्मकाण्डी समुदायको केही झुकाव हिन्दूमुखी मधेसी पार्टीहरू तिर गएको हो । यहाँ उल्लेख गरिएको यादव, बनियाबकाल र अन्य पिछडावर्गका मधेसी समुदायहरू ब्रम्हण, राजपूत, कायस्थ, भूमिहार आदि सवर्णसंग दूरी राखेपनि झैझगडा गर्न चाहदैनन् । हिन्दुत्वको रक्षाका नारामा मुसलमान र तल्लो भनिएका जातलाई थिचेर राख्न सवर्णसंग मिलेर रहन चाहन्छ । मधेसी पार्टीहरूले पनि यसै आधारमा यी समुदायहरूलाई आफुसंग जोड्न अनुकूल ठानेको छ । तर, मुसलमान र दलितलाई भने मधेसी पार्टीसंग हिमछिम बढाउन कठिन छ । यिनीहरूको जीवनका आवश्यक्ताहरू, जीवनशैली, आराधना पद्धति र दृष्टिकोणको ठूलो भिन्नता छ(सवर्णसंग । यादव, बनियाबकाल, हिन्दूमतालम्वि मधेसी समुदाय गाई(भैसीको मासु खान सक्दैनन् । मुर्गी र मदिराको भोग दिएर देवता रिझाउन सक्दैनन् । वेदको भन्दा बाहिरबाट देवता निकालेर पुज्न सक्दैन । यहाँ ठूलो समस्या छ ।
 
यसले गर्दा मधेसी भनिने उच्च जातकासंग दलित, मुसलमानको समभावको निर्माण कठिन छ । हालै मधेसका केही अभियानकर्ता सुधारवादीहरूले दलित लक्षित ूक्षमा अभियानू चलाएका थिए । यो एक राम्रो काम भएपनि प्रचारात्मक स्तरलाई उक्लिन सकेन ।
 
हिन्दू मधेसीहरू भारतका बिजेपीबाट प्रभावित भएर अभिवादनमा ूजय श्री रामू भन्न थालेका छन् । ूजय श्री रामू सुन्ने बितिक्कै दलित चिन्तकहरूलाई ूशंबूकू को संझना हुन्छ । ूशंबूकू रामायणकालका एक शूद्र पात्र थिए । हुनत् ूशंबूकू ऋषि थिए, तर भगवान रामको आदेशले उनले जीवन परित्याग गर्नु पर्यो । भनिन्छ, उनि शूद्र भएकै कारणले भगवान रामले पनि उनिसंग धूर्तता गरें । आज भोलीका दलित अभियन्ताहरूले यस्ता कथाहरूलाई बिर्सन नसक्ने भएका छन् ।
 
थारूहरू बिभिन्न तथ्यहरूको आधारमा आफुलाई हिन्दू भन्दा पृथक नै मान्दैछन् । पृथक पहिचान संस्थापनको अभियानमा थारूहरू धर्मको महलमा आफुलाई ूप्रकृति पूजकू र गौतम बुद्धको वंशज मान्न थालेका छन् । सत्य जे होस, तर उनिहरूले यसो भन्नुको आशय नै गैर हिन्दू पहिचानमा बाँच्न चाहनु हो । मधेसी राजनीतिबाट बिजय गच्छदारको पलायनको प्रमुख कारण उस्को सत्ता लिप्सा र अवसरवादीता होला । तर, बिजयले फोरम नेपालमा प्रवेश गरेकै दिन देखि भोग्नु परेको अलगावको राजनीतिले उस्लाई नयाँ बाटो खोज्न बाध्य गराएको पनि तथ्य हो । आज अपवादका वाहेक थारूहरू मधेसी पार्टीमा छैनन् ।
 
हाल मुलुकमा गरिएको प्रादेशिक विभाजनमा सुनसरी, मोरंग र झापालाई मूल मधेसी भागसंग अलग पारिएको छ । यी तीनवटै जिल्लामा थारूहरूको जनसंख्या राम्रो छ । जबकि, यस भागमा मधेसी पार्टीको पकड एकदमै कमजोर छ । सप्तरी देखि पर्सासम्ममा थारू जनसंख्या राम्रो छ । यस क्षेत्रका प्रायसस् सबै नाम चलेका थारूहरू मधेसी दलहरू भन्दा बाहिर छन् । थारूहरू पश्चिम मधेसका महत्वपूर्ण समुदाय हुन्(संख्यात्मक रूपमा । तर, यहाँ मधेसी दलमा थारू नेतृत्व भेटिदैन । मधेस भरी नै यही अवस्था दलित र मुसलमानको छ । यसलाई यौटा संयोग नमान्ने हो भने यथार्थमा यो हिन्दू मनुवादी मधेसीको थारू, दलित र मुसलमानसंगको प्रकट्य अन्तर्विरोध त हुदै हो । यही अन्तर्विरोधले गर्दा मधेसी दलहरूमा थारू, दलित र मुसलमानको स्थान बन्न सकिरहेको छैन । मधेसी दलहरूको समावेशीकरणको अर्धमनको अभियान निरर्थक भएको छ । 
साभार : जयप्रकाश आनन्दको फेसबुकबाट 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

काँग्रेसलाई नै मत किन ?

काँग्रेसलाई नै मत किन ?

गौतमवुद्ध पछि सबैभन्दा बढि अक्षरहरुद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दुरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली कांगे्रसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रता लगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरु निष्कर्षमा टुंगिएका छन् । नेपालको आधुनिक इतिहास ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...